दशैं मनाउन गाउँ पुगेका अभिनेता श्रीदेव भट्टराईसँग सम्पर्क टुट्यो
नेपालका चर्चित अभिनेता तथा मोडल श्रीदेव भट्टराई २४ घण्टादेखि सम्पर्कविहिन भएको समाचार प्राप्त भएको छ। लामो समयदेखि कला, संस्कृति र चलचित्र क्षेत्रमा सक्रिय रहँदै आउनुभएका अभिनेता भट्टराईको मोबाइल फोन पनि अहिलेसम्म अफ रहेको पुष्टि भएको छ। दशैँको अवसरमा आफ्नै जन्मघर इलाम पुगेका उहाँ हालसम्म परिवार र मित्रहरूसँग कुनै सम्पर्कमा आउनुभएको छैन।
श्रीदेव भट्टराई नेपालका दुई दशकभन्दा बढी समयदेखि अभिनय क्षेत्रमा सक्रिय बहुआयामिक कलाकार हुन्। उहाँले अभिनय गरेको थुप्रै म्यूजिक भिडियो, विज्ञापन तथा चलचित्रहरू अत्यन्त लोकप्रिय बनेका छन्। भावनात्मक अभिनय, शालीन व्यक्तित्व र कलाप्रतिको समर्पणका कारण भट्टराईले दर्शक तथा चलचित्रकर्मीबीच विशेष पहिचान बनाउन सफल हुनुभएको छ।
कलाक्षेत्रका साथै उहाँले पछिल्ला वर्षहरूमा कार्यक्रम आयोजक र सांस्कृतिक संयोजकको भूमिकामा पनि उल्लेखनीय योगदान पुर्याउनुभएको छ। नेपा...










