मनोरन्जन

रामबाबु र गीताको अभियनमा ‘बैगुनी’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

रामबाबु र गीताको अभियनमा ‘बैगुनी’सार्वजनिक (भिडियो)

अञ्जु पन्तको स्वरमा रहेको गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । सभैलोको शब्द, लालकुमार बरालको सङ्गीत, विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा रामबाबु र गीता ढुंगानाको अभिनय रहेको छ । https://youtu.be/kx4EVRgPoEY जितु तामाङको छायाँकन रहेको भिडियोमा विकास दुलालको सम्पादन छ । चलचित्रमा अभिनयबाट दर्शकको माया बटुल्न सफल रामबाबु पछिल्लो समय बाक्लै म्युजिक भिडियोमा देखिने गर्नुभएको छ । हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ आएको छ सबैले मन पराइदिनुहुने छ भन्नेमा आशावादी रहेको उहाँले बताउनुभयो ।...
बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
मनोरन्जन, समाचार

बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । चैतको दोस्रो सातामा सम्पन्न हुन गइरएको ‘साधना म्युजिक अवार्ड २०७७’ समारोहमा उहाँलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको हो । सामना क्रियशनको आयोजनामा हुन लागेको अवार्ड होटल ह्यायतमा एक विशोष समारोबीच आयोजना गरी सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने छ । अवार्डमा उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई केहीसमय अगाडि मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । यसपटकको अवार्डमा विभिन्न ३० विधामा अवार्ड प्रदान गरिने सामना क्रियशनका अध्यक्ष सामना शाहले बताउनुभयो ।...
‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक(भिडियो)

किशन अर्यालको निर्देशन रहेको गीत ‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक भएको छ । झुमा निरौलाको स्वर, घनश्याम पथिकको शब्द, हरि लम्सालको सङ्गीत, प्रविन खालिङको एरेञ्ज र मित्र लामाको मिक्सिङ तथा माष्टिरङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/e77zR81puMc किशनको नै सम्पादन रहेको गीतको भिडियोमा सविन भट्टराई, झुमा निरौला, रोजिना अर्याल, सरगमश्री भट्टराई र आर्याना अधिकारीको अभिनय रहेको छ । सरगमश्री र आलाप भट्टराईले निर्माण गरेको गीतको भिडियोमा देवेन्द्र गिरीको छायाँकन रहेको छ । आफूले अत्यधिक माया गरेको मान्छेले आफ्नो भरोसा तोडेको विषयलाई गीतको भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।...
कीर्तिमानी गीतकार डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’सार्वजनिक
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सामाजिक विभेद विरुद्धको गीत हेला नगर को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् । भिडिओ गीतकार उपाध्यायको आधिकारिक युट्युब च्यानल DR Music & Creations बाट २ घण्टा अघि मात्र रिलिज भएको हो। सन्तोष श्रेष्ठको सङ्गीत र अग्रज गायिका ज्ञानु राणाको स्वर रहेको यस गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ । https://www.youtube.com/watch?v=9nglpkZ44BE सङ्गीतका भिन्न भिन्न ३२ विधामा वर्ल्ड रेकर्ड राख्न सफल डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशक...
राधिका हमाल र राजु देवकोटाको स्वरमा रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

राधिका हमाल र राजु देवकोटाको स्वरमा रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक(भिडियो सहित)

राधिका हमाल र राजु देवकोटाको स्वरमा रहेको गीत ‘खोली तिरैमा…’ सार्वजनिक भएको छ । राजु र शशी विक्रम थापाको शब्द, शशीकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/OrXyBxrk4Qg टेक लामा (टिसिरिङ)को निर्देशन रहेको गीतको भिडियोमा सम्पदा बानियाँ, कृष्ण रसाल र शशीविक्रमको अभिनय तथा नृत्य रहेको छ । विजय बुढाको रेकर्डिङ, कृष्ण पुनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियोमा शिव न्यौपानेको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन छ ।...
मिस कर्पोरेट नेपाल आयोजना हुँदै
मनोरन्जन, समाचार

मिस कर्पोरेट नेपाल आयोजना हुँदै

नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन्। त्यस्तै भर्खरै स्नातक सकेका महिलाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। असारको १० गते फिनाले हुने बताइएको सौन्दर्य प्रतियोगिताका सहभागीले आकर्षक पुरस्कारसँगै कर्पोरेट क्षेत्रमा काम गर्न पाउने आयोजकले जनाएको छ। कार्यक्रममा उच्च अदालतका न्यायाधीश नवराज थपलियाले कर्पोरेट क्षेत्रमा महिला नेतृत्व कम भएको बताए। उनले सबैभन्दा धेरै महिलाले काम गर्ने भनिएको बैंकमा समेत उच्च ओहोदामा महिला पुग्न नसकेको उल्लेख गरे। यस्ता सौन्दर्य प्रतियोगिताले कर्पोरेट क्षेत्रमा महिलालाई ...
‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा
मनोरन्जन, समाचार

‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा

काठमाडौँ — २०७७। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘फेस अफ टिन,२०२१’ को उपाधि पूर्णिका सिजापति र सबल नकर्मीले जितेका छन् । सिल्भरस्टार ईन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसँगै विजेताले फ्लाईटेक ईन्टरनेशनलबाट एयरहोस्टेस स्टडीमा छात्रवृत्ती, एवरेस्ट फिल्म एकेडेमीमा रु १ लाख बराबरको छात्रवृत्ती प्राप्त गर्नुको साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर हात पार्न सफल रहे । पूर्णिकाले उपाधी संगै मस्ट ब्युटिफुल र बेस्ट पर्सनालिटी विधाको अवार्ड र सबलले मस्ट ट्यालेन्टेड विधाको अवार्ड समेत आफ्नो हातमा पार्न सफल भए। सनिश शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपिका पराजुली र साईस राज शाक्य ‘फस्ट रनर अप’ तथा अन्जली शाह र लायन जोशी सेकेण्ड रनर अप घोषित भए। साथै सिम्रिक श्रेष्ठ र साईस राज शाक्य मस्ट पपुलर घोषित हुँदा एन्जल श्रेष्ठ र सुजन थापा पब्लिक चोईस अवार्ड वीनर हुन सफल...
चर्चित गायक सपन श्रेष्ठ तथा स्मिताको गीत ‘हाम्रो माया ट्रेन्डिङ्ग नं.१’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक सपन श्रेष्ठ तथा स्मिताको गीत ‘हाम्रो माया ट्रेन्डिङ्ग नं.१’ सार्वजनिक (भिडियो)

गायक सपन श्रेष्ठ तथा गायिका स्मिता दाहालको नयाँ गीत हाम्रो माया ट्रेन्डिङ्ग नं.१ सार्वजनिक गरिएको छ । मुनाल शिशिर कोईरालाको शव्द रहेको गीतमा दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । बोलायो बोलाये पोखरेली मायाले,तिमी यसै लजायौ,लै बरी लै, बोली मिठो लगायत दर्जनौ चर्चित गीतका गायक सपन भन्छन, ‘गीत अनुसार भिडियो निर्माणमा न्याय गर्ने कोसिश गरेका छौं’ उनले भने । https://www.youtube.com/watch?v=O7MPYu1HIng मुनाल शिशिर कोईरालाकै निर्देशन रहेको गीतको भिडियोमा चर्चित गायक सपन सँगै चर्चित मोडल पल शाह,गायक तथा मोडल दुर्गेश थापा,सासङ्ग एमटिको साथमा पूण्य गौतमको समेत अभिनय रहेको छ । गीतमा अहिले चलेको युट्युब ट्रेन्डलाई मायासंग जोडिएर मायालाई ट्रेन्डिङ्ग सरह अमूल्य छ भन्ने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ । भिडियोमा अर्जुन तिवारी तथा टिम एमबिए फिल्म्सको छायाँक...
गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक  (भिडियो)
मनोरन्जन, समाचार

गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक (भिडियो)

गायिका सोना अमात्यको नयाँ गीत ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनयसमेत रहेको गीतको भिडियो सार्वजानिक भएको हो । राजधानीमा केहीदिन अघि उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको थियो । https://youtu.be/7W-J2tgdQVo दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओसमेत रहनुभएकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गर्नुभएकी हो । उहाँले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा सङ्ग्रहित गर्ने बताउनुभएको छ । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छु’ उहाँले भन्नुभयो । गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सोनासँगै सागर लम्साल ‘बले’ हुनुहुनछ । भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमू...
कुशल गुरुङको ‘भुल गरेछु’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

कुशल गुरुङको ‘भुल गरेछु’ सार्वजनिक (भिडियो)

कुशल गुरुङको स्वरमा रहेको गीत ‘भुल गरेछु’ सार्वजनिक भएको छ । कुशलकै शब्द, तुला पर्वतको सङ्गीत र महेश बिक्रम पाण्डेको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/-Sdd00abHrw भिडियोमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एकतर्फी मायामा डुबेका कुशलले आँफूलाई धोका भएको महशुस गर्दै विछोडको पिडामा छटपटाइरहेका दृश्यहरू भिडियोमा देख्न सकिन्छ । अभिनयमा कुशललाई शान्तीले साथ दिएकी छिन् । मकाउका बिभिन्न मनोरम स्थानमा छायाँकन भएको भिडियो छायाँकन, सम्पादन र निर्देशक सङ्गीतकार तुलाले नै गरेका हुन् । जसको निर्माता शान्ती राई हुन ।...