मनोरन्जन

काठमाडौंमा ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१’ हुने
मनोरन्जन, समाचार

काठमाडौंमा ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१’ हुने

काठमाडौंमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ । लामो समयदेखि ईभेन्ट क्षेत्रमा ख्याति कमाएको भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको ग्यालेक्सि अवार्डलाई गिता एभियसनले मुख्य प्रायोजन गरे पश्चात गिता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको नामबाट अवार्ड समारोह हुन लागेको आयोजक संस्थाका प्रमुख तथा संचारकर्मी सोनित राज ढुंगेलले जानकारी दिए । विगत एक दशक भन्दा लामो समय देखि आ -आफ्नो क्षेत्रमा तल्लिन भई सक्रिय रुपमा लागेर सफलता हासिल गरेर समाज र राष्ट्रका लागी अतुलनीय योगदान दिने     अग्रज,स्रष्टा,सर्जक,कलाकार,पत्रकार,शिक्षाविद,समाजसेवी,व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उहांहरुले पुर्याउनु भएको महत्वपूर्ण सेवाभाव प्रति समर्पण र सम्मान दर्शाउने उद्देश्य अनुरुप यो वर्षदेखि अवार्ड समारोह आयोजना गर्न लागिएको हो । कार्तिक १३ ...
युएईमा नेसनल हिरो अवार्ड कोभिड १९ र रमाइलो बक्स अफिस फुटबल सम्पन्न
मनोरन्जन, समाचार

युएईमा नेसनल हिरो अवार्ड कोभिड १९ र रमाइलो बक्स अफिस फुटबल सम्पन्न

युएई : नेपाल इभेन्ट अग्रनाइजेशन एसोसिएसनले कोभिड १९ कोरोनाको महामारी वेला आफ्नो ज्यानको बाजिमारेर विभिन्न तवरबाट सामाजिक कार्य गर्ने व्यक्तित्वलाई कोभिड १९ का योद्धाहरुको उच्च सम्मानमा आयोजित नेसनल हिरो अवार्ड २०७८ बाट भब्य सम्मान गरेको छ । मध्य रातमा दुवईमा भब्य आयोजित अवार्ड शोमा नेपालका वैज्ञानिक डा.महावीर पुनलाई नेसनल हिरो अवार्ड कोभिड १९ प्रदान गरिएको छ । उहाको उत्पादनको अक्सिजनले हजारौं नेपालीको जीवन रक्षा गरेकोले उहालाई गर्बसाथ अवार्डको टर्फीबाट उच्च सम्मान गरिएको हो । त्यसैगरी कोभिड १९ महामारीमा तन, मन, धनले निस्वार्थ आम नेपाली जनतालाई निस्वार्थ दिलो ज्यान सहयोग पुर्याउन महत्त्वपूर्ण सहयोग पुर्याउन्ने अन्य सामाजिक अभियान्ताहरूलाई अवार्ड र सम्मान पत्र प्रदान गरिएको थियो। यसै बिधा अन्तरगत नेसनल हिरो अवार्ड कोभिड १९ संस्करणमा सविता गुरुङ निर्माता तथा सामाजिक अभियन्ता, कादमबरी श्रेष...
निल पुन तथा मेलिना राईको ‘अच्छा लेकिन’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

निल पुन तथा मेलिना राईको ‘अच्छा लेकिन’को भिडियो सार्वजनिक(भिडियो)

गायक निल पुन तथा गायिका मेलिना राईको अच्छा लेकिनको भिडियो सार्वजनिक भएको छ । दाईको रेकर्डस नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोको गीतको शव्द तथा संगित पनि गायक पुनकै रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीतलाई सुरज शाही ठकुरीले मास्टरिङ्ग गरेका हुन ।गीतकार तथा गायक किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियो निर्माण चन्द्र प्रसाद गौचन तथा गीता गौचनले निर्माण गरेका हुन । https://youtu.be/lCaSAwVCZ9g अहिलेका चर्चित मोडलहरु सुधिर श्रेष्ठ तथा वर्षा राउतको अभिनय रहेको भिडियोमा कमेडियन खबपु तथा मानवी श्रेष्ठलाई समेत देख्न सकिन्छ । सुव्रत आचार्यको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका छन भने सम्पादन विकास दाहालले गरेका हुन भने जया शर्माले क्रियटिभ निर्देशन गरेकी छिन ।...
तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न

काठमाण्डौ, पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। शो समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो भने कार्यक्रमका सभापति चलचित्र निर्देशक मोहन निरनैलाले गरेका थिए । त्यस्तै चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० भन्दा माथी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रहे...
सुरेन्द्रको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्रको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक(भिडियो)

काठमाडौँ । सुरेन्द्र थापाको प्रस्तुतिमा बनेको लघु चलचित्र ‘छोरी’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले विदेशमा छोरी र नेपालमा बाबुको एक्लिएको कथा बोल्छ । लघु चलचित्र आजबाट नै नेपालमा नेट टिभी मार्फत र भिडियो पसल मार्फत विदेशमा रहेका दर्शकले हेर्न सक्ने प्रस्तुत कर्ता थापाले बताएका छन् । https://youtu.be/wyzhjgB1Dyc १५ मिनेटको चलचित्रमा सुवासप्रसाद पाण्डे र नमराज भण्डारीको निर्माण रहेको छ । चलचित्रमा वसन्त पोख्रेल मुख्य भूमिकामा देखिएका छन् भने अन्य कलाकारमा सरिता भुजेल, सुरेन्द्र थापा, अजय पन्त, आर के बिसी, सम्झना थापा र बाल कलाकार श्रीदा पाण्डे को अभिनय छ । चलचित्रमा वसन्त पोख्रेलको लेखन तथा निर्देशन रहेको छ । गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाङ्कन, मनोज राज बहाकको ध्वनि, सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको शृङ्गार लघु चलचित्रमा रहेको छ ।...
ग्रेस ईभेन्टको ५ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

ग्रेस ईभेन्टको ५ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गायिका सिन्धु मल्ल, गायक सिताराम पोखरेल, ईभेन्ट व्यवस्थापक डेविल सिंह राजपुत, लब बहादुर कार्की, टेकराज पाण्डे, राज लुईटेल, सोनित राज ढुङ्गेल, शान्ता कुमारी लामा र देवराज घिमिरे एकसाथ सम्मानित भएका छन् । ग्रेस ईभेन्टले आफ्नो ५ औं बार्षिक उत्सवको अवसर पारेर शुक्रबार राजधानीको एस आर बैङ्क्वेट धुम्बाराहीमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो । ग्रेस ईभेन्टका अध्यक्ष शिशिर तण्डनले ५ वर्षको कार्यक्रम मनाउन पाउदा साहै खुसी लागेको बताए । उनले ५ बर्षको यात्रामा आफुलाई सहयोग गर्ने सल्लाह दिने सबैमा न्यानो माया समेत ब्यक्त गरे । साथै ‘कार्यक्रममा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा लामो समय देखि सेवा दिने तथा सौन्दर्य क्षेत्रको माध्यमबाट देशको नाम बिदेशसम्म पुर्याउनेलाई सम्मान गर्न पाउँदा खुसी लागेको वताए । चलचित्र विकास बोर्डका ...
विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो । भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई बरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, स्रष्टा डा. उपाध्यायलगातले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षा गर्नुभएको थियो भने प्रमुख अतिथि र अन्य अतिथिहरूले सरल र मिठासपूर्ण रहेको टिप्पणी गर्नुएभएको थियो । टिन एजलाई लक्षित गरि लेखिएको उपन्यासमा समाजिक विषय वस्तु र जातिय विभेदका कुरा उठान गरिएको उहाँहरूले बता...
गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित)
मनोरन्जन, समाचार

गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित)

गीतकार बालक गुरुङको नयाँ गीत ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजनिक भएको छ । लोकप्रिय गायकद्वय राजेश पायल राई र सुनिता थेगिम लिम्वुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन, पदम राजनको रेकर्डष्टि र मुस्कान मुकारुङको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/xkJmQUX-hi8 गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिव रमेश कोइराला, सचिव महेश आचार्य, कोषाध्यक्ष जे.बी. समयोगी, सदस्य शीतल कादम्बिनीलगायत एवम् सञ्चारकर्मीको उपस्थीतिमा शुक्रबार गीतकार सङ्घ नेपालको सभाकक्षमा गीतको भिडियो सार्वजानिक गरिएको हो । यस युगल गीतका स्रष्टा गीतकार बालक गुरुङले अघिल्ला गीतहरू भन्दा फरक र पृृथक शैलीमा प्रस्तुत गर्नुभएको छ । मौलिकपनको यो गीतमा एक सुन्दरीलाई सुशिल स्वभाव, मिठो बोलचालको सुुन्दर शव्दमा संयोजन गर्दै, आफूलाई मन प...
दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो
मनोरन्जन, समाचार

दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो

-डा.डिआर उपाध्याय, सरकारले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनु पर्छ । सरकारले यति लामो समय सम्म पनि पूर्णता पाउन सकिरहेको छैन । सबै तिरबाट आलोचना भइरहेको छ । विकास निर्माण र जनजीजिविकाको सवालमा कसैको चासो र ध्यान छैन । आज सम्पूर्णको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । अहिले विकास निर्माणका ठूला ठुला योजनाहरू अवरुद्ध छन् । दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो छ । महँगीले जनता मारमा परिरहेका छन् । यो सवालमा कसैले आवाज उठाउँदैन । जनता भोकले मर्ने डर छ । काम छैन , पैसा छैन उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिएको छ । अब त सोच्ने बेला हो नी । खै सोचेको ? सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । यो तरिकाले बिकास र समृद्धि गर्न सकिदैन । सबै भन्दा पहिला जनताका जनजीविकाका सवालमा गम्भिर बनौं । आमजनताका जनजीविकाक...
सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ सार्वजनिक(भिडियो)

सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडल पल शाहको अभिनय रहेको छ भने उनलाई मोडल उषा उप्रेतीले साथ दिएकी छिन् । https://youtu.be/KbqDPL8ywhI सन्दिप भट्टराईको शब्द तथा संगीत रहेको गीतलाई प्रमोद परियारले एरेन्ज गरेका हुन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका हुन भने छायांकन उत्सव दाहालको छ । गीतकार समेत रहेका किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियोलाई विकास दाहालको सम्पादन गरेका छन । जया शर्माले क्रियटिभ निर्देशन गरेकि छिन् ।...