मनोरन्जन

‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु
मनोरन्जन, समाचार

‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु

काठमाडौं । ‘यु क्यान फ्लाई’ को आयोजनामा राजधानीमा संचालित ‘द फेस’का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन । ‘द फेस’ मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए । नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संम्शाद शाहले जनाए । ‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’का संचालक देवेन्द्र लोहनीसंगको सहकार्यमा र...
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण काठमाण्डौमा भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण काठमाण्डौमा भव्य रुपमा सम्पन्न

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिस्पर्धाका लागिसहभागीता जनाएका थिए ।नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गते सम्म तीन दिन नेपाल पर्यटन विकास वोर्ड र चलचित्र विकास बोर्डमा संचालन भएको कार्यक्रममा सहभागीता जनाएका विभिन्न चलचित्रहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदीले वताएका थिए ।महोत्सवको पहिलो दिन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा संस्थाका संरक्षक नेपाल आर्मीका पूर्व सेनापत...
नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ निर्वाचित
मनोरन्जन, समाचार

नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ निर्वाचित

नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ पून निर्वाचित हुनुभएको छ ।नृत्य निर्देशक संघ नेपालको हिजो सम्पन्न पांचौं साधारण सभा तथा दोस्रो केन्द्रीय अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्षमा प्रदिपमान श्रेष्ठ,उपाध्यक्षमा शम्भु शाही,महिला उपाध्यक्षमा भावना कार्की,महासचिवमा नृपध्वज खत्री (निरिप),सचिवमा ऋषिकेश श्रेष्ठ,कोषाध्यक्षमा शारदा सोती शर्मा,सह सचिवमा रवि राना मगर,सह कोषाध्यक्षमा केशव कोईराला तथा अन्य बोर्ड सदस्यमाप्रमिला कर्की ढकाल,बुद्ध लामा, सृजना श्रेष्ठ तथा सिर्जना राजबहाक निर्वाचित हुनुभएको थियो । नेपाल संङ्गीत तथा चलचित्र बिद्यालय गौशालामा शनिवार सम्पन्न भएको नृत्य निर्देशक संघ नेपालमा आवद्ध बिभिन्न प्रदेश ,जिल्ला ,नगर कमिटीका अध्यक्ष सहितका प्रतिनिधि र संघ का बिभिन्न बिभागका संयोजकको उपस्थिति रहेको थियो । बरिष्ठ अधिवक्ता ,संघका कानूनी सल...
कुईनेटोवाट खरेलले जिते सर्वोत्कृष्ट निर्देशकको अवार्ड
मनोरन्जन, समाचार

कुईनेटोवाट खरेलले जिते सर्वोत्कृष्ट निर्देशकको अवार्ड

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै  महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए । त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म  द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन ...
किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक
मनोरन्जन, समाचार

किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक

विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ । यसपटक उहाँले सार्वजनिक गरेको गीति कवितामा संगीतका विभिन्न तालहरू (क्लासिकल बीट) सम्बन्धी गीति कविता, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता र जनावरहरूको नाम समेटिएको गीति कविता रहेका छन् भने प्रत्येक एकबारमा आधा आधा कड समेटिएको गीत, आफ्ना गीत भलिबलमा, मुमेन्टोमा आफ्ना १०९ गीत र अंग्रेजी नयाँ वर्षको क्यालनेडरमा आफ्ना १०९ प्रकाशित गरी सार्वजनिक गर्नुभएको छ । सो अवसरमा गायक तथ...
नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान
मनोरन्जन, समाचार

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको म्यूजिक खबर म्यूजिक अवार्डको ४२ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलका उत्कृष्ट पाँचमा परेका स्रष्टा, सर्जक, कलाकार र प्राविधिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।पूर्व मन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, पश्चिमाञ्चल सांस...
वरिष्ठ सौन्दर्यकर्मी मंजिला सुवेदीलाई दुवईमा ग्लोबल ईन्टरनेशनल अवार्ड
मनोरन्जन, समाचार

वरिष्ठ सौन्दर्यकर्मी मंजिला सुवेदीलाई दुवईमा ग्लोबल ईन्टरनेशनल अवार्ड

नेपालकी वरिष्ठ सौन्दर्यकर्मी  मंजिला सुवेदी  अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ । उहाँले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएई रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथीहरुको हातबाट उक्त अवार्ड प्राप्त गर्नु भएको हो । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड सुवेदीले अवार्ड पाउनु भएको हो  । सौन्दर्य क्षेत्रको बर्षौ लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहाँ  नेप...
नायक श्रीदेव भट्टराईलाई दुवईमा ‘ग्लोबल ईन्टरनेशनल विशेष सम्मान’
मनोरन्जन, समाचार

नायक श्रीदेव भट्टराईलाई दुवईमा ‘ग्लोबल ईन्टरनेशनल विशेष सम्मान’

काठमाडौं। नायक श्रीदेव भट्टराई लाई महत्वपूर्ण चलचित्र सम्मान मिलेको छ । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त सम्मान प्राप्त गरेका हुन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । सो अवसरमा ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेल,दुवईमा वसेर मनोरन्जन क्षेत्रमा सक्रिय मोडल आशिष पुरुष,ईनास युएईका अध्यक्ष एमडि बोहोरालाई समेत सम्मान गरिएको थियो । कलाकारिताको क्षेत्रमा करीब दुई दसकको लामो अनुभव साथै चलचित्रको छेत्र, देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप भट्टराईलाइ नेपालबाट उक्त सम्मानको लागि छनौटमा पर...
नेपालकी वरिष्ठ व्यूटिसियन मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड
मनोरन्जन, समाचार, समाज

नेपालकी वरिष्ठ व्यूटिसियन मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड

नेपालकी वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसी क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड जितेकी छिन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गरेकी थिईन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड उचालेकी थिईन । सौन्दर्य क्षेत्रको करीब १८ वर्षे लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उनी नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा ...
स्टार ईन्टरनेशनल अवार्डमा सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई सर्वोत्कृष्ट सौन्दर्यविदको अवार्ड
मनोरन्जन, समाचार

स्टार ईन्टरनेशनल अवार्डमा सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई सर्वोत्कृष्ट सौन्दर्यविदको अवार्ड

सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित हुनुभएको छ ।दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण भव्य कार्यक्रममा उहांलाई नेपाल सरकारका रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको हातबाट वर्ष सौन्दर्य विशेषज्ञको उपाधीबाट सम्मानित हुनुभएको हो । होटल र्याडिसनमा सम्पन्न उक्त कार्यक्रममा उहांलाई सौन्दर्य क्षेत्रको लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहांलाई उक्त सम्मान गरिएको थियो । थुप्रै महिलाहरुलाई रोजगारी प्रदान गर्दै देशको आर्थिक उन्नतीको लागि समेत उहांको महत्वपूर्ण योगदान रहेको छ । समाजसेवामा समेत सक्रिय सुवेदीले लामो समय देखि फेसियल,स्किन मेन्टेन,रिंकल कन्ट्रोल लगायतका विशेष सेवाहरु प्रदान गर्दै आउनु भएको छ । लाखौ सन्तुष्ट ग्राहकहरुको रोजाईमा पर्ने सौन्दर्यविद सुवेदी ग्राहकको सन्तुष्टीका लागि गुणस्त...