नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान


नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको म्यूजिक खबर म्यूजिक अवार्डको ४२ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलका उत्कृष्ट पाँचमा परेका स्रष्टा, सर्जक, कलाकार र प्राविधिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पूर्व मन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका अध्यक्ष हरिमाया गुरुङ, गोरखा सांस्कृतिक समाजकी उपाध्यक्ष रञ्जिता गुरुङ, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सिताराम पोखरेल, निर्देशक प्रकाश भट्ट, गायिका मुना थापा, गायिका देवी घर्ती लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रममा गायिकाहरु टीका प्रसाईं, सिर्जना कार्की, रुचि घिमिरे, सहिमा श्रेष्ठ, सीता केसी, लक्ष्मी आचार्य, सुनितामी परियार, अमृता श्रीपाल, गीता देवी, अन्जु गौतम, सिर्जु अधिकारी, बानिका प्रधान, रिता केसी, गायकहरु चिरञ्जीवी भण्डारी, अर्जुन सापकोटा, रविन लामिछाने, शिव संगीत, हरिराम परियार, विक्रम परियार, मौसम गुरुङ, ध्रव विस्को, शिरीष देवकोटा, सरोज कोइराला, दिपसागर थापा, सन्तु थापा, पवन राना, तुलसी पराजुली, नवीन कार्की, कौशलराज खड्का, संगीतकारहरु राम सिटौला, बादल घिमिरे, अमृत खाती, विपिन आचार्य, डेनी निरौला, ज्योतिप्रकाश, गीतकारहरु रमेश दाहाल, महेश आचार्य, पारसमणी बराल, एचके धिताल, नूतन भूसाल, मन्दिरा ढुंगेल, प्रकाश पुञ्ज, नवराज भट्टराई, लोकराज अधिकारी, मोडलहरु रमेश थापा, एलिना रायमाझी, सुशीला थापा, शिशिर पौडेल, गौतम खाती, सनम कठायत, दिपेन्द्र सोनाम, अनिता गिरी, निर्देशकहरु दीप गुरुङ, विना श्रेष्ठ, निशान बानियाँ, चित्र मास्की, पुरन थापा, प्रकाश धिताल, विज्ञान राई, राजीव बलामी लगायत दुई सयभन्दा बढी कलाकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभिनेता गजित विष्ट, मोडल नारायण ढकाल, साहित्यकार, गीतकार कमला रिसाल, संगीतकार गायक दिलिप केसी, गायिका लक्ष्मी पुरी प्रधान र गायिका कल्पना काफ्लेलाई विशेष सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रमका निर्देशक मिलन मोक्तानको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई कार्यक्रम निर्देशक शान्तिप्रियले स्वागत मन्तव्य व्यक्त गर्दै अवार्डको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनालले गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरुप्रति साधुवाद प्रकट गर्दै संगीत क्षेत्रको विकास र प्रबद्र्धनमा लाग्न म्यूजिक खबर अवार्डले प्रेरित गरेका बताए । त्यसैगरी प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सम्पूर्ण कलाकारहरुको सम्मानमा सहभागी हुन पाएकोमा गौरवान्वित भएको भन्दै खुशी प्रकट गरे । सम्पूर्ण मनोनयनमा परेका कलाकारलाई बधाई तथा शुभकामना दिँदै पूर्वमन्त्री ढकालले म्यूजिक खबरले आयोजना कलाकारको सम्मान कार्यक्रममा आफू सदैव साथ र सहयोग दिने बताए । कार्यक्रम आगामी पौष ११ गते काठमाडौंमा सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *