खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड
एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको छ । चलचित्रको छायाँकनको लगभग ७० प्रतिशत सकिएको र अव ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले बताएका छन् । चलचित्र छायाँकनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही सम्मका लागि छायाँकन स्थगित गरिएको थियो । स्वास्थ्यलाभ गरे पश्चात पुनः जोश र जाँगरका साथ काममा फर्कने भण्डारीले बताएका छन् ।
नायक भण्डारीले भनेका छन् “चिट्ठी, मेरो जिवन कालकै अहिले सम्मकै उत्कृष्ट र लोभ लाग्दो स्कृप्ट हो र यसमा अझ सुगन...










