मनोरन्जन

नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ हुने
मनोरन्जन, समाचार

नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ हुने

हिमालयन मुभिजको आयोजनामा श्रावणको अन्तिम सातामा ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ सम्पन्न हुने भएको छ । नेपाली चलचित्र, म्युजिक भिडियो, फेसन मोडलिङ एवं ब्युटी पेजेन्टको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरु सो अवार्डमा समावेश हुने छन् । नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रका करिब ३ दर्जन व्यक्ति तथा संस्थाहरुलाई सो अवार्ड प्रधान गरिने र चाँडै नै अवार्डको नोमिनेसन सार्वजनिक गरिने छ ।आयोजक हिमालयन मुभिज नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रमा क्रियाशील संस्था मानिन्छ । उक्त संस्थाले यसअघि थुप्रै सौन्दर्य प्रतियोगिता, फेसन सो, टेलिचलचित्र निर्माण गर्नुका साथै पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्डको सह–आयोजना समेत गरिसकेको छ । पुरानो पुस्ताको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सो अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक सस्थाले जनाएको छ । अवार्डको नोमिनेसनको लागि आवदेन खुला...
धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न
मनोरन्जन, समाचार

धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न

ऐतिहासिक नगरि पाल्पाको रानीमहलमा ‘माया लांउदै जाउ’को बोल रहेको गीतको भिडियोको छांयाकन सम्पन्न गरिएको छ । गीत सुमधुर स्वरका धनी वरिष्ठ गायक गायिका आनन्द कार्कि र साधना सरगमको स्वरले सजिएको छ । भिडियो नेपाली चलचित्र जगतमा ३ दशक भन्दा बढी न्रित्य विधामा संलग्न भई निरन्तर योगदान पुर्‍याईरहेका वरिष्ठ नृत्य निर्देशक कमल राईको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो । नेपालको बहुचर्चित ऐतिहासिक नगरि पाल्पाको बहुचर्चित रानी महल र बतासे डांडा लगायतका स्थलमा छांयाकन सम्पन्न गरिएको उकत भिडियोमा चर्चित लोकप्रिय सदाबहार एक्सन नायक धिरेन शाक्य र मोडेल मञ्जु थापाको अभिनय तथा भरपुर रोमान्स देख्न सकिनेछ । भिडियोमा उत्तम हुमागाईको सिनेम्याटोग्राफी, ड्रोन अपरेटिङ सौगात धिताल, ध्वनी संयोजन सुरज बास्तोला कोरियोग्राफी सुमित गुरुङ र मेकअप आर्‍या गुरुङको रहेको छ । राजेश महर्जनको प्रोडक्सन म्यानेजमेन्ट र अश...
आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित
मनोरन्जन, समाचार

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित

गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्रिय नायक भुवन के.सीको विशेष आतिथ्यता थियो । विमोचित कार्यक्रममा गायक आयुष्मानका हजरवुवा तथा अमर स्रष्टा जगत मर्दन थापाको सम्झनामा उहाँद्वारा स्वरवद्ध र सङ्गीतवद्ध रहेको तथा म.वि.विको शब्द रचना रहेको गीत ‘भन लौ तिमी …’सहित एल्वममा रहेका पाँच बटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, स्रोतालाई थप उत्साहित बनाएको थियो । गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले स्वागत मन्तव्य राख्नुभएको का...
गायिका इन्दिरा भट्टराईको ‘सिंह दरवार झ्यालैमा ऐना'(भिडियो)
मनोरन्जन, समाचार

गायिका इन्दिरा भट्टराईको ‘सिंह दरवार झ्यालैमा ऐना'(भिडियो)

गायिका इन्दिरा भट्टराई र कृष्ण काफ्ले को स्वरमा रहेको गीत ‘सिंह दरवार झ्यालैमा ऐना…’ सार्वजनिक भएको छ । मोहन थापाको शब्द, कृष्णकै सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/H3Ao_Y1_rDA बविता श्रेष्ठको निर्देशन र देवेन्द्र पाण्डेको नृत्य निर्देशन रहेको रहेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, उषा उप्रेतीलगायत अन्य कलाकारहरुले समेत अभिनय छ । प्रीयसी म्युजिकको प्रस्तुति रहेको भिडियोमा करन चैसिर टिमको छायाँकन छ भने मिन रावलको सम्पादन छ ।...
‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने
मनोरन्जन, समाचार

‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने

काठमाण्डौं । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको फेशन डिजाईनर लक्षित ‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने भएको छ । बिहीबार एक बिज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्ग्स नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को आवेदन फारम खुल्ला भएको जनाएको हो । आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्न प्रतियोगितामा सहभागिताको लागि फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका ÷ लिदै गरेका विद्यार्थीहरु तथा फेसन डिजाईनिङ÷बुटिक सम्बद्ध ईच्छुक प्रतिस्पर्धीले आफ्नो आवेदन फाराम भर्न सक्ने आयोजकले जनाएको छ । आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले फेशन डिजाईन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यवसायिकता विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताएका छन् । ...
आयुष र प्राप्तिलाई ‘मिस्टर एण्ड मिस एसईई आईकन नवौं संस्करण’को उपाधी
मनोरन्जन, समाचार

आयुष र प्राप्तिलाई ‘मिस्टर एण्ड मिस एसईई आईकन नवौं संस्करण’को उपाधी

काठमाडौँ — नवौं संस्करणको ‘मिस्टर एण्ड मिस एसईई आईकन, २०२२’ को शीर्ष ताज आयुष थापा र प्राप्तिसिंह राठौरले पहिरिएका छन्। एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आईकन’को अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै थापा र राठौरले क्रमश: मिस्टर र मिस तर्फको शीर्ष ताज पहिरीएका हुन् । बिजेताले उपाधीसंगै एनपी मिडिया हाउसको ब्रान्ड एम्बासडर, सामसुङ्ग स्मार्ट मोवाएल, नेपाल एयरहोस्टेस एकेडेमीमा शैक्षिक छात्रवृत्ती, बिभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङको अवसरसहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै आदित्य बोहोरा र अंशिका  बस्नेतले फर्स्ट रनरअपको ताज हात पारे भने अमिश श्रेष्ठ र आश्मा  गुरुङले क्रमशः मिस्टर र मिस तर्फबाट सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। सजिल जंग बस्नेत र एल्जु  रिजाल...
अर्यानी रावललाई नामी कलेज एसइइ प्रिन्सेज २०२२ को ताज
मनोरन्जन, समाचार

अर्यानी रावललाई नामी कलेज एसइइ प्रिन्सेज २०२२ को ताज

काठमाडौं असार १३ । अर्यानी रावलले सिजन मिडियाद्धारा आयोजित ‘नामी कलेज एसइइ प्रिन्सेज २०२२’ को ताज जितेकी छिन् । उनले १७ प्रतिष्पर्धीलाई पछि पार्दै नामी कलेज एसइइ प्रिन्सेजको ताज पहिरिएकी हुन् । विजेता घोषित भएसँगै रावलले रु २० हजारसहित पूर्ण छात्रावृति प्राप्त गरेकी छिन् । रावलले वेष्ट पर्सनालीटी अवार्ड समेत जित्न सफल भइन । फाइनल प्रतिष्पर्धामा अभिलासा खत्री फष्ट रनरअप भइन । उनले पपुलर अवार्ड र मष्ट ट्यालेन्ट अवार्ड पनि हात पारिन् । त्यस्तै जेनीरुशा श्रेष्ठ सेकेण्ड रनरअप, सुदिक्षा थापा मगर थर्ड रनरअप र विजेशा हेजु फोर्थ रनरअप जित्न सफल भइन् । उत्कृष्ट ५ जना विजेताहरुले नगद रु २० हजारसहित नामी कलेज ह्वाइटहाउस कलेजमा पूर्ण छात्रावृति पाउन सफल भए । यस्तै भिर्योस च्वाइसमा सुवेच्क्षा श्रेष्ठ, इनोसेन्टमा स्वकृति लुङ्गेली मगर, इन्टेलिजेन्टमा अपेक्षा तामाङ, हार्डवर्किङमा न्यान्सी गुप्ता, प्रिट...
‘फेसियल हाउस’को रोपाई फोटो सुट
मनोरन्जन, समाचार

‘फेसियल हाउस’को रोपाई फोटो सुट

फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई विशेष प्राथमिकता राख्ने गरेको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद शुष्मा महराले बताएकी छन् । नेपाली पर्व अनुसारको मेकअप ड्रेसका साथ फोटो सुट गर्ने र त्यस पर्वको दिन त्यस भेषभुषालाई प्रवद्र्वन गर्ने उदेश्य रहेको उनले बताए । त्यसैअनुरुप असार १५ अर्थात रोपाई पर्वलाई लक्षित गरेर फसियल हाउसले रोपाई फोटो सुट गर्न समेत गरेको छ । त्यसो त फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने सैलुन हो । सुन्धारा स्थित मुख्य साखाले एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीलाई उत्कृष्ट सर्भिस दिन सक्ने महरा बताए् । यसले अर्थतन्त्र बिकासमा नयाँ आयाम पनि थपेको छ । महराले आफुमा भएको व्युटि सम्बन्धीको ज्ञान आफुमा मात्र सिमित नराखि फेसियल हाउसमार्फत थुप्रै इच्छुक मानिसमा तालिम पनि दिने गरेकी छन् । फेसियल हाउसले ह...
नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण
मनोरन्जन, समाचार

नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्कको लोकार्पण गर्नुभएको थियो । यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ । पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमेर...
एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित
मनोरन्जन, समाचार

एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित

काठमाडौँ —  २०७९। शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एभरेष्ट एक्सिलेन्स सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम एभरेष्ट ईभेन्टसको आयोजनामा सम्पन्न भएको थियो । एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । उक्त सम्मान कार्यक्रममा एएनपी मिडिया हाउसका अध्यक्ष तथा ईभेन्ट मेनेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष लव बहादुर कार्कीलाई विगत दुईदशक भन्दा लामो समयदेखि शिक्षा तथा सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै वार्षिक दर्जनौं उत्कृष्ट सौन्दर्य प्रतियोगीताहरुको आयोजना गरेर हजारौ प्रतिभावानहरुलाई आफ्नो पहिचान दिलाउन महत्वपूर्ण भूमिका निभाउदै नेपाली सौन्दर्य जगतमा कार्यक्रम व्यवस्थापकको रुपमा निरन्तर सक्रिय रहंदै नेपाली सौन्दर्य तथा कार्यक्रम व्यवस्थापन क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्...