इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न
बाली, इन्डोनेसिया | निकिला मिडिया नेटवर्कद्वारा आयोजना गरिएको `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५ ´इन्डोनेसियाको बालीमा भव्य रूपमा सम्पन्न भएको छ। बाली पेजेन्ट्स को सहकार्यमा सम्पन्न यस कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
यसअघि पहिलो अन्तर्राष्ट्रिय उपलब्धि पुरस्कार थाइल्याण्डको बैंकक सहरमा सम्पन्न गरिएको थियो। इन्डोनेसियामा आयोजित उक्त अवार्ड सेरेमोनिमा अभिनेता शिव हरि नेपाल (बैरागी), व्यवसायी बद्री प्रसाद उप्रेती, कानुन व्यवसायी कलम बहादुर खत्री, साहित्यकार राधा देवी पराजुली (भण्डारी), सामाजिक कार्यकर्ता निशा लामा, उद्यमी शलिना लामा, सामाजिक अभियन्ता फुर्साङ लामा तामाङ, बैंकर कृष्ण केसी, व्यवसायी निरञ्जन भण्डारी, उद्यमी भैरव कुमार तामाङ तथा युवा उद्यमी एलीजा गौतमलाई विशेष सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी, चलचित्र लेखक...










