मनोरन्जन

बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण
मनोरन्जन, समाचार

बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । प्रतिष्ठानद्वारा दुई वर्षअघि धरानमा काइँलालाई नागरिक अभिनन्दन गरेको थियो । समारोहमा नेपाली भाषा-साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने दुई सर्जकलाई सम्मान र पुरस्कार अर्पण गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङगो सुब्बालाई प्रतिभा पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले थापालाई माला, टोपी, सम्मान...
गीतकार अधिकारीले ल्याए ‘तिम्रो प्रीत’ (भिडियो)
मनोरन्जन, समाचार

गीतकार अधिकारीले ल्याए ‘तिम्रो प्रीत’ (भिडियो)

भ्यालेन्टाइन्स् डे को अवसर पारेर गीतकार युवराज अधिकारीको नयाँ कोशेली सार्वजनिक भएको छ ।  अधिकारीको शब्द रचना हरेको ‘तिम्रो प्रीत’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतकार अधिकारी नेपाल वायुसेवा निगमका  कार्यकारी अध्यक्ष समेत हुन् । गीतकार अधिकारी रचित यस अघिका गीतहरुले अवार्ड समेत हात पार्न सफल भएको थियो । https://youtu.be/Ouq2tjK37Sw सुरजकुमार थापाको स्वर रहेको गीतमा संगीत संयोजन र एरेन्ज पनि थापाकै रहेको छ । थापाको युट्युब च्यालनमा सार्वजनिक भएको गीतको भिडियोमा एक प्रेमिल जोडीको समधुर प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । सुरजकुमार थापा र निहारिका थापाको अभिनय रहेको भिडियोलाई सविन गोदारले खिचेका हुन् । भिडियोको सम्पादन, रङ संयोजन र निर्देश राजकुमारले गरेका हुन् ।...
‘लभ पर्‍या छ’मा नायक तेज गिरी(भिडियो)
मनोरन्जन, समाचार

‘लभ पर्‍या छ’मा नायक तेज गिरी(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन् । https://youtu.be/ZPlttrBa65c सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ । आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ । एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइ...
मोडल प्रतिक्षा काफ्ले अभिनित ‘औधि मन पराएँ ‘(भिडियो)
मनोरन्जन, समाचार

मोडल प्रतिक्षा काफ्ले अभिनित ‘औधि मन पराएँ ‘(भिडियो)

बिगत २ दशकदेखि नेपाली गीत संगीतमा सक्रिय चर्चित गायक नारायण थापा र चर्चित गायिका शर्मिला बर्देवाको सुमधुर आवाजमा रहेको नया गीत ‘औधि मन पराएँ ‘को म्युजिक भिडियो  G Media connection  यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको गीतमा हर्क बहादुर योंगहांग लिम्बुको शब्द,राजेन्द्र बजगाईको संगीत र संगित संयोजन,मनोज परियारको मिक्सिंग मास्टरिंग रहेको छ।गीतलाई म्युजिक किचन स्टुडियोमा तयार पारिएको हो। गीतमा सुबिन गोदारको छायांकन,प्रकाश धितालको निर्देशन र राकेश दाहालको सम्पादन रहेको छ । https://youtu.be/8fbwPvexr90 गीतमा एक प्रेमजोडीले एक अर्कालाई मन मनै मन पराएको तर अभिब्यक्त गर्न नसकिएको कथाबस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।पछिल्लो समयका ब्यस्त रहेका गायक थापाको सोह्रै श्रृंगार,कुनै दिन त,टेलि चलचित्र गाउँ फर्क को शिर्ष गीत...
बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ‘चेली’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ‘चेली’ सार्वजनिक (भिडियो)

काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ। नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली)लाइ गरिबीको कारण समयमै उपचार गर्न नसक्दा गुमाउदाको सत्य घटनाको पीडालाई भिडियोमा देखाइएको छ। https://youtu.be/tP3wMyvxP4o कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको ‘चेली’मा टिकाराम घले , माया गुरुङ , सुनिता गाहा लगायत करिब १ दर्जन कलाकार हरुको अभिनय रहेको छ । सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोज़ाको स्टोरी, सुबास शाहको सम्पादन ,रबिन बिकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेकोम छ। म्युजिकल स्टोरी फिल्म ‘चेली’लाइ एम सिरिज ग्लोबल(M-Series Global ) ले निर्माण गरेको हो यस अघि पनि उक्त कम्पनीले निर्माण गरेका धेरै ग...
नेपाली कलासाहित्य प्रतिष्ठानद्वारा सम्मान
मनोरन्जन, समाचार

नेपाली कलासाहित्य प्रतिष्ठानद्वारा सम्मान

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो ।कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राडा वीणा पौड्याललाई राष्ट्रिय कलाश्री सम्मान अर्पण गरिएको थियो । यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई अर्पण गरिएको थियो । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ रहेको छ । यसैगरी स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुव...
गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)
मनोरन्जन, समाचार

गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

काठमाडौं । सारिका घिमिरेको शब्द, संगीत र स्वरमा रहेको गीत ‘झुम्के फुली’ सार्वजनिक भएको । मनोज परियारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका र अलिशा शर्मा फिचर्ड हुनुहुन्छ । केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन बिस्वकर्माको सम्पादन छ । https://youtu.be/YCZR224dDVI ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त छ । नायिका तथा गायिका सारिकाका यसअघि सार्वजनिक केही गीत करोडौ क्लवमा छन् ।...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’का लागि आवेदन खुल्यो
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’का लागि आवेदन खुल्यो

काठमाडौं । ९ बर्षदेखि लगातार आयोजना हुँदै आएको अबिबाहित र बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’ यस वर्ष पनि हुने भएको छ। दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा हुने मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२४ को छनौट प्रक्रियाका लागि आगामी फागुन १९ गते नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा अडिसन हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पाण्डेका अनुसार अडिसनमा सहभागीहरुबाट नेपालका ख्यातीप्राप्त व्यक्तित्वहरुमो निर्णायक मण्डलले प्रतियोगिको छनौट गर्नेछ। प्रतियोगिताका बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा काम गर्ने अवसर प्राप्त गर्ने उनले बताए। आयोजक तथा बरिष्ठ मे...
श्रीदेव अभिनित ‘ओई माया ओई’ (भिडियो)
मनोरन्जन, समाचार

श्रीदेव अभिनित ‘ओई माया ओई’ (भिडियो)

गीतकार एवम् पत्रकार शान्तिप्रियको शब्द रचना रहेको गीत ‘ओई माया ओई’ सार्वजनिक भएको छ । सविन सुवेदी र मोडल कलाकार अनामीका चौलागाईंको स्वर, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मोडल कलाकार चौलागाईंको स्वरमा रहेको यो पहिलो सार्वजनिक गीत हो । https://youtu.be/tLv_wEBM2AE सियोन श्रेष्ठको निर्देशन र सञ्जीवनी गोपालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल कलाकार श्रीदेव भट्टराई र अनामिकालाई फिचरिङ गरिएको छ । त्यस्तै बालकलाकारका रूपमा परिषा थापा र रोनीश खड्का भिडियोमा हुनुहुन्छ । दिनेश पराजुलीले छायांकन रहेको भिडियोमा शिलान लम्सालको कलर एवम् सम्पादन छ । माया प्रेममा आधारित गीतको भिडियो छायाँछवी क्रियसनले श्रोता/दर्शकमाझ ल्याएको हो ।...
तीनदिने हिमवत् खण्ड कला साहित्य सम्मेलन हुने
मनोरन्जन, समाचार

तीनदिने हिमवत् खण्ड कला साहित्य सम्मेलन हुने

हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिका बारेमा विचार–मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि ३ गते (१४–१६ मार्च २०२५) सम्म काठमाडौँमा सम्मिलन आयोजना हुने भएको हो । सो सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन संयोजक डा. विजय सुब्बाले हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने, बहुभाषिक एवम् बहुसांस...