राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा एक बृहत रक्तदान कार्यक्रम अनामनगरस्थित सामाजिक विकास भवनमा सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नारायण थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, महासचिव सनम कठायत, सचिव द्वय रीता केसी र बेनिशा पौडेल, कोषाध्यक्ष प्रतिक्षा काफ्ले तथा सदस्यहरू मनोज परियार, बिरेन्द्र भाट ‘बिपिन’, प्रमोद डिजी, विनोद बम, पूजा ठकुरी, सुवास तिम्सिना, प्रज्वल भट्ट, गीता पाण्डे र कोपिला शिवाकोटीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तथा वरिष्ठ गीतकार टेक तामाङ, चर्चित गायक कुलेन्द्र विश्वकर्मा, सिडी विजय अधिकारीसहित देशका ख्यातिप्राप्त गायक/गायिका, संगीतकार, गीतकार, चलचित्रकर्मी तथा ललितकला क्षेत्रका विभिन्न विधामा सक्रिय ६३ जना व्यक्तिले रक्तदान गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख वक्ताका रूपमा बोल्दै प्रतिष्ठ...










