अर्थ/व्यापार

प्रमुख सहरमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न व्यवसायीको माग
अर्थ/व्यापार, समाचार

प्रमुख सहरमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न व्यवसायीको माग

काठमाडौँ– ट्रान्सपार्ट व्यवसायीहरूले देशभरका प्रम्ुख सहरहरूमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभाको अवसरमा राजनधानीमा आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरूले सरकारले यस व्यवसायलाई व्यवस्थित गर्न सरकारले जग्गा उपलब्ध गराएर ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न माग गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख अथिति एवं सामान ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष विश्वनाथ खनालले विभिन्न कालखण्डमा यस व्यवसायले चु्नौतिको सामना गर्दै अघि बढ्नुपरेको र राज्यले यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा ध्यान नदिएको बताएका छन्। उनले भने,‘यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा राज्य जिम्मेवार हुनुपर्छ। यस क्षेत्रमा व्यवसायीहरूबीच एकताको आवश्यकता छ। नेपाल सरकारले ढुवानीमा मूल्य अभिवृद्धि करको व्यवस्था गरेको थियो। व्यवसायीकै जोडबलपछि यस...
रुसले नेपालको व्यापारमा सहयोग गर्ने
अर्थ/व्यापार, समाचार

रुसले नेपालको व्यापारमा सहयोग गर्ने

काठमाडौँ- नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ। नेपाल-रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्धनका लागि रुसले सहयोग गर्ने भएको हो। नेपाल-रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो। छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए। छलफलमा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, उर्जा र व्यापारमा ठूलो संभावना रहेको भन्दै लगानीका लगि आग्रह गरेका थिए। उनले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए। नेपाल र रुसबीच पुरानो सम्बन्ध रहेको व्यापारमा सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल-रुस चेम्बर अफ क...
बा-आमा, देशप्रति प्रेम र सद्भावका लागि ‘आमा सेमिनार’ अब अष्ट्रेलियामा हुने
अर्थ/व्यापार, समाचार

बा-आमा, देशप्रति प्रेम र सद्भावका लागि ‘आमा सेमिनार’ अब अष्ट्रेलियामा हुने

गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानवसेवा आश्रमले अष्ट्रेलियामा ‘आमा सेमिनार’ गर्ने भएको छ ।  फेब्रुअरी १३ देखि मार्च १३ सम्म अर्थात नेपाली मिति अनुसार फागुन महिनामा अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार आयोजना हुने गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले बताउनु भयो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने आमाबुबा र मातृभुमिप्रति महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन – जनमा पुर्‍याउने  उद्देश्यले उक्त सेमिनार अष्ट्रेलियाको विभिन्न शहरमा हुने जनाईएको छ । विदेशिने क्रम बढ्दै गईरहेको बेला विदेशमा रहेका नेपालीलाई देश र देशप्रतिको माया सद्धभाव र स्नेह बढाउने लक्ष्यसहित मानवसेवा आश्रमले विदेशीभुमिमा समेत आमा सेमिनार गर्ने भएको छ । नेपालका विभिन्न जिल्ला र शहरहरुमा आमा सेमिनार गर्दै आएको आश्रमले गत महिना बेलायतमा सफतलापुर्वक आमा सेमिनार सम्पन्न गरेको थियो ...
रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न
अर्थ/व्यापार, समाचार

रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

काठमाडौं ।रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघी व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ ।कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गर्नुभएको छ । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उहाँको भनाई छ । मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताउनुभयो । सो कार्यक्रममा ...
सौन्दर्यविद महरासंगै अधिवक्ता रायमाझीको दशै फोटोसुट
अर्थ/व्यापार, समाचार

सौन्दर्यविद महरासंगै अधिवक्ता रायमाझीको दशै फोटोसुट

काठमाडौं । नेपालको  नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्धक समेत रहेकी महरा देशको धर्मसंकृति बचाउन हरेक पर्वलाई विषेश रूपमा आफूले फोटोमार्फत भए पनि मौलिकता कायम गर्न कोशिस गरेको बताउँछिन् । साथै, यो सांस्कृति तथा रमाइलो फोटोशुटमा नेपाल स्वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष समेत रहेकी अधिवक्ता आकृति रायमाझी पनि जोडिएकी छिन् । सधैं अदालती कामको रापतापबीच रहिरहने रायमाझीले सांस्कृतिक फोटो शुटमार्फत आफ्नो सुन्दरता फोटोमा उतार्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘दसैँं आम नेपालीहरूको महान पर्व हो, त्यसमा हामी महिलाहरूका लागि थप विशेष हुने गरेको छ । किनभने दुर्गा भवानी पनि महिलानै हुनुहुन्छ, संसार बचाउन दुर्गा भवानीले महिषासुर (राँगाको आकारको एक दानव) को बध गरेको खुसीमा मनाइने पर्व दसैँं हो । सत्यको जितको प्रतिक हो,’ उनले भनिन् । यस्तै, चार्डपर्वको बेला महिलाहरूले प्राय:...
काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
अर्थ/व्यापार, समाचार

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे । ‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ । देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन् ।’ उनले भने ‘ त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्ने...
दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट
अर्थ/व्यापार, समाचार

दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिनुभयो । मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ । संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् । असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १५...
अर्जुन कम्प्लेक्समा गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालनमा
अर्थ/व्यापार, समाचार

अर्जुन कम्प्लेक्समा गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालनमा

असोज ६, काठमाडौ । काँडाघारी बिरेन्द्र चोकमा रहेको  अर्जुन कम्प्लेक्समा बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै गरिमा युनिसेक्स सैलुन एण्ड गरिमा बुटिक सञ्चालनमा आएको छ । गरिमा युनिसेक्स सैलुन उद्घाटन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा गरिन् । महराले रिबन काटेर गरिमा युनिसेक्स सैलुन एण्ड बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका सञ्चालकलाई सफलताको शुभकामना दिइन् । विशेषगरी महिलाको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ,’ महराले बताउनुभयो । गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालकलाई व्यवसायिक रुपमा पनि यसले फाइदा पुर्‍याओस् । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै ...
मध्यपूर्व संयोजकमा युएइका युवा व्यवसायी रमेश श्रेष्ठको उम्मेदवारी घोषणा
अर्थ/व्यापार, समाचार

मध्यपूर्व संयोजकमा युएइका युवा व्यवसायी रमेश श्रेष्ठको उम्मेदवारी घोषणा

दुबइ।  युएइका युवा व्यवसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एनअनारएको आगामी ११ औं अन्तरराष्ट्रिय महाधिवेशनमा २०२३–२०२५ कार्यकालका लागि आठ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी लामो समयदेखि मध्यपूर्वको मात्र नभई विश्वकै व्यापारिक केन्द्रका रूपमा रहेको मुलुक यूएइ (दुबइ)मा रहँदै गर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेका छन् । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘लामो समयदेखि एनआरएनए यूएइ विभिन्न तहमा रहँदै मैले एनआरएनए युएइको नेतृत्व गर्दा र तत्पश्चात समेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिरहनुभएका एनआरएनए मध्यपूर्व र विश्वव्यापी एनआरएनएमा आबद्ध अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरू समेतको सल्लाह सुझाब र आग...
महिला उद्यमी सुषमा महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा निर्वाचित
अर्थ/व्यापार, समाचार

महिला उद्यमी सुषमा महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरिसकेकी छन् । सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्ष सहित सबै पद निर्विरोध निर्वाचित भएको थियोे । यस्तो छ:  नयाँ कार्य समिति अध्यक्षमा दिनेश श्रेष्ठ उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ,सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह-कोषाध्यक्षमा नानीराज घिमिरे सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका हुन् ।...