स्वास्थ्य

थप १९ सय ४६ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

थप १९ सय ४६ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ९४६ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।आज देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५०३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनको संक्रमणबाट निधन भएको छ। योसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार २१५ पुगेको छ।...
विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ४३ हजार ५ सय ८२ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार ५८ पुगेको हो । त्यस्तै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार नाघेको छ । विश्वमा एकैदिन ९ हजार ५ सय ४६ जना संक्रमतिको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४ सय ७६ पुगेको हो । विश्वमा तीन करोड ७१ लाख ७१ हजार ५ सय ५० जना संक्रमित उपचारपछि निको भएको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।...
२४ घण्टामा विश्वभरमा कोरानाका ५ लाख ३४ हजार बढी संक्रमित थपिए
अन्तरवार्ता, समाचार, स्वास्थ्य

२४ घण्टामा विश्वभरमा कोरानाका ५ लाख ३४ हजार बढी संक्रमित थपिए

विगत २४ घण्टामा विश्वभरमा कोरानाका ५ लाख ३४ हजार बढी संक्रमितहरु थपिएका छन् भने ९ हजार बढीले ज्यान गुमाएका छन। वल्र्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड १७ लाख ८८ हजार ३२ पुगेको छ। यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको सख्ंया १२ लाख ७८ हजार ४ सय २८ रहेको छ। भने, हालसम्म ३ करोड ६३ लाख ६१ हजार ८ सय ९९ कोरोनाका संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन्। गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ३३ हजार ३ सय १५ कोरोनाका संक्रमितहरु थपिएका छन। यो सँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या १ करोड ५ लाख ५६ हजार ९ सय २५ पुगेको छ। अमेरिकामा हालसम्म ६५ लाख ९५ हजार ३ सय ३९ कोरोनाका संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन। यस्तै, कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा २ लाख ४५ हजार ७ सय ७७ जनाको ज्यान गएको छ। भने गत २४ घण्टामा मात्र कोरोनाका कारण १ हजार बढीको मृत्यु भ...
कोरोना बढेसँगै धादिङमा पीसीआर परीक्षण हुने
समाचार, स्वास्थ्य

कोरोना बढेसँगै धादिङमा पीसीआर परीक्षण हुने

कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेसँगै आरटी पीसीआर परीक्षण गर्न माग भएको बेला धादिङमै पिसिआर परीक्षण हुने भएको छ। कोरोना लागे नलागेको परीक्षण गर्ने पिसिआर मेसिन राखेर धादिङबेंसीमा स्वाव परीक्षण गर्ने नीतिगत निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख जगन्‍नाथ नेपालले बताए। सांसद खेम लोहनी, भूमि त्रिपाठी र जिल्ला समन्वय समितिका प्रमुख नेपालको पहलमा पिसिआर मेसिन जिल्लामा ल्याउन लागिएको हो।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलको अध्यक्षतामा बसेको केन्द्रीय कोरोना कोषको बैठकले रु एक करोडको लागतमा पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको बताइएको छ। जिल्ला समन्वय समितिले मेसिन खरिदसँगै परीक्षणस्थल समेत तय गरी जिल्लामा कोरोना परीक्षण गर्ने व्यवस्थापन गरिने कार्यक्रम रहेको छ। ठूलो ल्याब र यसका लागि जनशक्ति समेत व्यवस्थापन गरी दुई महिनाभित्र परीक्षण गर्ने सकिने योजन...
कोरोनाको उपचारमा ९० प्रतिशत सुरक्षित भएको खोप विकास
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

कोरोनाको उपचारमा ९० प्रतिशत सुरक्षित भएको खोप विकास

 फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको अमेकरी सञ्चार माध्यमहरुले जनाएका छन्। अध्ययन सार्वजनिक गर्दै खोपका निर्माता फाइजर र बायोएनटेकले यस दिनलाई ‘विज्ञान र मानव समुदायका लागि महत्त्वपूर्ण दिन’ को संज्ञा दिएका छन्। अहिलेसम्म उक्त खोप ६ वटा देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको छ। परीक्षण गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण नभएको र कसैमा पनि भ्याक्सिनको नकारात्मक असर नपरेको कम्पनीको दाबी छ। कम्पनीले यो महिनाको अन्तिमबाट नै यो खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने योजना बनाएको छ। यदि भ्याक्सिनले कुनै पनि नकारात्मक असरबिना संक्रमण रोक्यो भने यो भ्याक्सिन नै हाल लागिरहेका विभिन्न निषेधाज्ञाबाट बाहिर निस्कने कारण बन्न सक्ने विज्ञहरूले जनाएका छन्। भ्याक्सिन पूर्णतः प्रय...
थप २५७१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
समाचार, स्वास्थ्य

थप २५७१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । पछिल्लो २४ घण्टामा १७ सय ९८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १२६ पुगेको छ। यस्तै हालसम्म ९६७ जना क्वारेन्टिनमा रहेका छन् ।...
समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर
समाचार, स्वास्थ्य

समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर

समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुुगेको छ । असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृत्यु भएको छ । त्यसैगरी, कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृत्यु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।...
शारदा युनीभर्सिटिको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न
समाचार, स्वास्थ्य

शारदा युनीभर्सिटिको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न

भारतको नोयडा स्थित शारदा युनीभर्सिटि स्कूलको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न भएको छ । “प्रयास” नाम राखिएको उक्त कार्यक्रमलाई नेपालको रेन्बो किड्स ईन्टरनेशनल प्रिस्कूलले सहकार्य गरेको थियो । अन्तराष्ट्रियस्तरका शिक्षक तथा डेन्टिष्ट विद्यार्थीहरुका लागी विशेष जानकारी र उपयोगीताका लागी आयोजना गरिएको उक्त भर्चुअल कार्यक्रममा नेपाल तथा भारतका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो । शारदा युनिभर्सिटि अफ कलेजका अध्यक्ष डा. एम सिद्धार्थको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा कलेजकै बिशिष्ठ शिक्षक डा. स्वाती शर्मा तथा डा.साहिल ठकर विशेष वक्ताका रुपमा रहेका थिए । स्कूलका शिक्षक शिक्षिकालाई समेत उपयोगी रहेको कार्यक्रममा दन्त स्वास्थ्य सम्बन्धि विभिन्न जानकारी अतिथी वक्तका रुपमा रहेका डा.कैलाश असवा तथा प्रन...
विश्वमा एकै दिन करिब ६ लाख व्यक्तिमा कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा एकै दिन करिब ६ लाख व्यक्तिमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ११ हजार ९०० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८१ जनाले ज्यान गुमाएका हुन्।  भारतमा पछिल्लो २४ घण्टाभित्र ४७ हजार ६२२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ६७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। फ्रान्समा ५८ हजार ४६ नयाँ संक्रमित थपिएका छन् भने ३६३ जनाको मृत्यु भएको छ। रसियामा १९ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन् भने २९२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।  गत २४ घण्टाभित्र इटलीमा ३४ हजार ५०६, बेलायतमा २४ हजार १४१, जर्मनीमा २१ हजार ७५७, ब्राजिलमा २३ हजार ३१७, कोलम्बियामा नौ हजार ८९३ तथा इरानमा आठ हजार ७७२ जना नयाँ संक्रमित थपिएका छन्। ...
संक्रमित ऋण काढेर उपचार गराउन निजी अस्पताल जान बाध्य:डा.डिआर उपाध्याय
समाचार, स्वास्थ्य

संक्रमित ऋण काढेर उपचार गराउन निजी अस्पताल जान बाध्य:डा.डिआर उपाध्याय

सरकारी अस्पतालमा गरिब मानिसको पहुँच पुग्न सकेन अव जाडो महिना सुरु हुन थाल्यो, त्यसैले होला कोरोना संक्रमित दर पनि बढिरहेको छ । जाडो महिनामा संक्रमण बढि फैलने अनुमान स्वास्थ्य बिज्ञले बताउदै आएका छन । यस्तो अवस्थामा हामी आफैँ सतर्क हुने, भीडभाडमा नजाने, घरबाहिर निस्कनैपरेमा मास्क प्रयोग गर्ने, व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले मिचि मिचि हात धुनेबाहेक हामीसँग अरु कुनै विकल्प छैन । राज्य जनताप्रति गम्भीर र संवेदनशील बन्न सकेन । कोभिड–१९ सँग जुध्नका लागि सर्वसाधरण नागरिकलाई सकस परिरहेको छ । राज्यले केही तयारी गर्न सकेको छैन । आमनागरिकले राज्यलाई बिश्वास गर्ने ठाउँ हराउँदै गएको छ । त्यसो त प्रारम्भिक दिनहरूमा कोरोना संक्रमित हुनेबित्तिकै सम्बन्धित व्यक्तिलाई भर्ना गर्ने, निःशुल्क उपचार गर्ने, संक्रमितको खोजी गर्ने आदि काम सरकारले नगरेको होइन , गरेकै हो । त्यस बेला नागरिकमा राज्यप्रति विश्व...