थप १९ सय ४६ जनामा कोरोना संक्रमण - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

थप १९ सय ४६ जनामा कोरोना संक्रमण


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ९४६ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।आज देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५०३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनको संक्रमणबाट निधन भएको छ। योसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार २१५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *