समाचार

किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज पदमा नेपालका मोहन लम्साल
समाचार, समाज

किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज पदमा नेपालका मोहन लम्साल

बिगत लामो समय देखि पर्यटन क्षेत्रलाई आफ्नो ब्यवसाय बनाउनु  भएको मोहन लम्सालले नेपाललाई विश्व सामु परिचित गराउदै लानु भएको छ । यसै क्रममा भरखरै अमेरिकाको मेनियपोलिसमा सम्पन्न भएको इन्टरनेस्नल कन्भेन्सनमा नेपालको झन्डा फहराउदै किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज २०२३-२०२६  जस्तो गरिमामय पदमा विजय भइ नेपाललाई विश्व सामु चिनाउन सफल हुनु भएको छ । यस प्रसंसनिय काम अनि गरिमामय पद संगै महत्वपूर्ण जिमेवारी पाउनु भएकोमा हामी किवानिज नेपाल डिस्ट्रिक अन्तर्गतको क्लबहरुको तर्फबाट सफल कार्येकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। शुभकामना प्रार्थी क्लबहरु: किवानिज क्लब लालीगुराँस, किवानिज क्लब रुकुम खारा , किवानिज क्लब एभरेष्ट, किवानिज क्लब सिन्धुपाल्चोक, किवानिज क्लब गछिया । बालबालिकाको क्षेत्रमा बिगत लामो समय देखि अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आइरहेको किवानिज इन्टरनेस्नल नेपालम...
बालाजु बाईसधारामा कविता वाचन
मनोरन्जन, समाचार

बालाजु बाईसधारामा कविता वाचन

बालाजु बाईसधारा उद्यान कार्यालयको आयोजनामा २१० औं आदिकवी भानुभक्त को जन्मजयन्ती बालाजु बाईसधारामा कविता वाचन सहित सम्पन्न भएको छ । वाइसधारा भानु कला समुहको सहयोगमा काठमाडौं महानगर पालिका उत्थान तथा हरियाली प्रवद्र्धन आयोजना अन्तरगत वालाजु वाइसधारा उध्यान कार्यालयले आयोजना गरेको २१० औं भानुजयन्ति तथा कविता वाचन कार्यक्रममा स्थानिय कवि कलाकार साहित्यकार तथा सर्वसाधारणको उल्लेखिय उपस्थिती रहेको थियो । कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्यमन्त्री रामवीर मानन्धर थिए भने विशेष अतिथीहरुमा काठमाडौं क्षेत्र ७ का सभासद गणेश पराजुली का.म.न.पा.का १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्रीहरि फुयाल विशिष्ठ कलाकार उत्तम केसी रहनु भएको थियो । कार्यक्रम उपस्थिती सबैले भानुभक्तको सालिकमा अविर फुलमाला अर्पण गरि कार्यक्रम शुभारम्भ गरिएको थियो...
श्रमिकको न्यूनतम पारिश्रमिक पनि बढाइनु पर्छ :थापा सभापति, ट्रेड युनियन काँग्रेस बनेपा
अर्थ/व्यापार, समाचार

श्रमिकको न्यूनतम पारिश्रमिक पनि बढाइनु पर्छ :थापा सभापति, ट्रेड युनियन काँग्रेस बनेपा

काभ्रेपलान्चोक – ट्रेड युनियन कांग्रेस काभ्रेले आज शुक्रबार श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार हुनुपर्ने माग राख्दै काभ्रेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पाण्डे मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार कायम गरिनुपर्ने ट्रेड युनियन कांग्रेसको माग छ । यसैगरी रोजगारदाताका साथै सरकार समेत श्रमजिविको न्युनतम पारिश्रमिकमा गम्भीर देखिँदैन । सरकार आफै कानुनविपरीत देशमा दुई प्रकारको न्युनतम पारिश्रमिक निर्धारण गरी गम्भीर विभेद गरीरहेको छ भनि ज्ञापन पत्रमा भनिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस काभ्रेका अध्यक्ष प्रेम शर्मा वाग्ले लगायत जिल्ला कार्यसमितिका पदाधिकारी,नेपाल ट्रेड युनियन काँग्रेस बनेपा नगर सभापति संगम थापा, लगायत अन्य नेपाली कांग्रेसका भातृ संस्...
प्रसान्त र गौरीले रिवन काटेर सुरु गरे “हेयर वेज ब्युटी एकेडेमी”
अर्थ/व्यापार, समाचार

प्रसान्त र गौरीले रिवन काटेर सुरु गरे “हेयर वेज ब्युटी एकेडेमी”

काठमाडौं ।  काठमाडौं मलको चौथो तलामा हेयर वेज ब्युटी एकेडेमी सन्चालनमा आएको छ । रीना निरौलाले सन्चालनमा ल्याएको एकेडेमीको आज गरिएको उद्घाटनमा अभिनेता प्रासान्त ताम्राकार, अभिनेत्री गौरी मल्ल, तेन्जिङ सेर्पा, पूनम गौतम तथा बिपना थापाले रिबन काट्दै निरौलालाई सफलताको कामना गरेका थिए । गौरी र प्रसान्तले केक काट्दै रीनालाई “गुड लक” समेत भने ।  सन्चालकको तर्फबाट अतिथीलाई बुके प्रदान गर्दै आफ्नो नया काममा साथ दिएकोमा रीनाले धन्यवाद ज्ञापन गरेकी थिइन । अभिनेता ताम्राकारले निरौलालाई बधाई दिदै उनको एकेडेमीले राम्रो प्रोडक्ट उत्पादन गर्नेमा आश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री गौरीले रीनाको कदमले सफलता पाउने बिस्वास गर्दै बधाई तथा शुभकामना दिइन ।  एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापन सङै ट्रेनिङ समेत सन्चालन गर्ने निरौलाले बताईन । लामो समय यता सौन्दर्...
२१ लाख बढिले हेरे धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’(भिडियो)
मनोरन्जन, समाचार

२१ लाख बढिले हेरे धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’(भिडियो)

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा रुचाइएको छ । सार्वजनिक भएको छोटो समयमै यो फिल्मले युट्युबमा राम्रो भ्युज पाएको हो । सार्वजनिक गरिएको १२ दिनमा आइतवार दिउँसोसम्म फिल्मलाई युट्युवमा २१ लाखभन्दा बढी भ्युज मिलेको छ । दर्शक प्रतिक्रियाहरू सकारात्मक छन् ।फिल्ममा सीताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइनेछ । उनीहरूलाई लामो समयपछि अभिनयमा देख्न पाइयो भन्दै दर्शकले खुशी व्यक्त गरेका छन् । https://youtu.be/oC-i8T-lzv4 कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो ।फिल्ममा उनीहरूसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता...
प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान
मनोरन्जन, समाचार

प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले अनवरत रुपमा आ-आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउनुभएका स्रष्टालाई निवासमै पुगेर ‘विशिष्ठ साधक सम्मान २०८०’ प्रदान गरेको छ । विगत तीनदशक भन्दा बढी समयदेखी गीत, सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका लोकगायक तथा नेपालको मौलिक बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रम शाह तथा नेपालको पहिलो रङ्गीन चलचित्र कुमारीकी नायिका विशिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंहलाई उहाँहरूकै बासस्थानमा पुगेर  र सम्मान पत्रसहित सम्मान गरेको हो । सो अवसरमा संस्थाका सल्लाहकार वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्ते लालश्रेष्ठ, चित्रकार ज्योतिप्रकाश साथै सुभम सैजुले यसरी स्रष्टा साधकहरूलाई उहाँहरूकै बास स्थानमा पुगेर सम्मान गर्नुभनेको कला क्षेत्रकै सम्मान हो भन्ने कुरा बताउनुभयो । संस्थाले आफ्नो व...
एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ
शिक्षा, समाचार

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ

गोरखा । गोरखाको विकट गाउँ आरूघाटमा अवस्थित नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ एसईई परीक्षामा जिल्ला उत्कृष्ट भएकी छिन्। ४ जीपीए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी हुन्। उनको ब्याचमा १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। सो नतिजामा श्रेष्ठले ४ जीपीए ल्याएर उत्कृष्ट भएको प्रधानाध्यापक भोजराज भट्टले जानकारी दिए। आयुष्माले अबका दिनमा विज्ञान संकायमा अध्ययन गरी न्यूरो सर्जन बन्ने लक्ष्य रहेको बताएकी छिन्। आयुस्मा काठमाडौंमा सेन्ट जेभिएरमा छात्रावृत्ति पाएम् अध्ययन गर्न चाहन्छिन्। उनी सानैदेखि विद्यालय उत्कृष्ट हुँदै छात्रवृत्तिमै अध्ययन गर्दै आइरहेकी छिन्। उनले यो सम्पूर्ण सफलताको श्रेय आफ्नो परिवार र दिदीलाई दिएकी छिन्। उनकी दिदी हाल गण्डकी मेडीकल ...
फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
मनोरन्जन, समाचार

फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न

गोल्डेनहर्स फिल्मस् प्रा.लि.को आयोजनामा “फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२” राजधानीमा सम्पन्न भएको छ । “राष्ट्रको विकास र समृद्धिमा योगदान–भाषा, कला, गीत, संगीत र चलचित्रकर्मीहरूको सम्मान” भन्ने नाराका साथ नेपाली कला, सँस्कृति, साहित्य, गीतसंगीत र चलचित्र क्षेत्रको प्रवद्र्धन तथा यस क्षेत्रसँग सम्बन्धित कलाकर्मीहरूको प्रोत्साहनका लागि सो अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । नेपाली चलचित्र क्षेत्रका मूर्धन्य तीन विशिष्ठ चलचित्रकर्मीहरू अर्थात त्रिदेवी भुवन चन्द, चैत्यदेवी सिंह तथा वसुन्धरा भुषालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको सभापतित्व गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक अच्युत बजगाँईंले गर्नु भएको थियो भने कार्यक्रम निर्देशक बरिष्ठ चलचित्र सम्पादक वनिश शाह तथा कार्यक्रम संयोजक गीतकार तथा चलचित्रकर्मी गणेश सुवेदी हुनुहुन्थ्यो । नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्...
उच्च अदालतद्वारा सर्वोच्चको निर्णयलाई गर्यो सदरःभत्काईयो मार्वल उधोगको संरचना
अर्थ/व्यापार, समाचार

उच्च अदालतद्वारा सर्वोच्चको निर्णयलाई गर्यो सदरःभत्काईयो मार्वल उधोगको संरचना

ललितपुर । गोदावरी नगरपालिका वडा ३ मा रहेको गोदावरी मार्वल इन्डष्ट्रिज प्रा लि को पर्खाल लगायत अन्य संरचना पुनः भत्काईएको छ। वडाअध्यक्ष राज घिमिरेको नेतृत्वमा गएको टोलिले मार्वल कम्पनिको संरचना भत्काएको हो। उच्च अदालत पाटन अदालतको माननीय न्यायाधीश  राजेन्द्र खरेल तथा माननीय न्यायाधीश  गोकर्ण डाँगीको सँयुक्त इजलासले २०८०\०३\१९ गते उच्च पहाड फुलचोकी गोदावरी क्षेत्र पुतली ,चरा,सुन्दर पात भएका रुख प्रणाली पाईने हुँदा जैविक विविधताको संरक्षण गरिनु पर्ने भन्दै सर्वोच्च अदालतको मिति २०७२/०१/०३ मा गरेको फैसला पुनः कायम गरेको छ। यस अघि सर्वोच्च अदालतले गोदावरी मार्वल उधोगले लामो समयसम्म गरेको खानी तथा खनिज कार्यबाट त्यस क्षेत्रको भु-सतहमा परेको प्रतिकुल असर,पर्यावरण र जैविक विविधतामा परेको क्षतिसमेतको यथार्थ र वास्तविक स्थिति पहिचान गरि त्यसबाट सृजित नकारात्मक असरलाई न्यूनीकरण गर्दै सो ...
पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा
समाचार, समाज

पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो ।पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहनुभएका बजगाईले सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दै...