२१ लाख बढिले हेरे धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’(भिडियो) - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

२१ लाख बढिले हेरे धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’(भिडियो)


सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा रुचाइएको छ ।

सार्वजनिक भएको छोटो समयमै यो फिल्मले युट्युबमा राम्रो भ्युज पाएको हो । सार्वजनिक गरिएको १२ दिनमा आइतवार दिउँसोसम्म फिल्मलाई युट्युवमा २१ लाखभन्दा बढी भ्युज मिलेको छ । दर्शक प्रतिक्रियाहरू सकारात्मक छन् ।फिल्ममा सीताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइनेछ । उनीहरूलाई लामो समयपछि अभिनयमा देख्न पाइयो भन्दै दर्शकले खुशी व्यक्त गरेका छन् ।

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो ।फिल्ममा उनीहरूसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस र सुन्तली स्वयंमले गरेका हुन् । सुदीप बरालको छायांकन रहेको फिल्मलाई सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *