समाचार

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै
शिक्षा, समाचार

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनमा स्थानीय तह’ विषयक छलफलमा जनप्रतिनिधिले कार्यढाँचा आएपछि विद्यालय सञ्चालनको योजना बनाउन सहज भएको जनाएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल जारी कक्षा १२ को परीक्षा सामाजिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अबको विद्यालय सञ्चालनको ढाँचा यस्तै प्रकारको हुने बताए । उनले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा ...
भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ  । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।भारतमा पछिल्लो २४ घण्टामा थप ४८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २०० पुगेको छ ।यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८७ लाख ५९ हजार ९६९ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित  राज्यको रुपमा रहेको छ ।...
थप १३८० जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३
समाचार, स्वास्थ्य

थप १३८० जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३

शनिबार नेपालमा थप १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र ५१५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४५४ पुगेको छ।...
काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै
समाचार, समाज

काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै

काठमाडौं, शुक्रबार, १२ मंसिर २०७७ । काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा सम्पन्न हुँदैछ । शनिवार हुने निर्वाचनको लागि शुक्रबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।काठमाडौं जेसीसको एक ब्यक्ति एक पद एक बर्षको नीतिलाई निरन्तरता दिदै २०२१ का लागि उम्मेदवारी घोषण तथा उम्मेदवार तालिम कार्यक्रम शुक्रबार नै सम्पन्न भएको छ । २०२१ का लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । साथै ईभिपी कार्यकारीणी उपाध्यक्षको ४ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, ४ भिपी पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । २०२१ काठमाडौं जेसीसको चुनाव भोलि शनिबार मंसिर १३ गते कुलेश्वर स्थित स्टार फुडल्यान्ड हुने २०२१ का लागि ईभिपीका उम्मेदवार रामेश्वर सिंखडाले जानकारी दिएका छन् ।...
नबिल बैंक बन्यो पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने करदाता
अर्थ/व्यापार, समाचार

नबिल बैंक बन्यो पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने करदाता

बैंक तथा वित्तीय संस्थाहरुमध्ये विगत पाँच वर्षदेखि सरकारलाई सबैभन्दा बढी आयकर तिर्नेमा नबिल बैंकले आफ्नो पकड जमाउँदै आएको छ। बैंकले उक्त पकड आर्थिक वर्ष २०७५/०७६ मा पनि छाडेन। गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी आयकर तिर्ने करदाता नबिल बैंक बन्यो। गत आर्थिक वर्षमा नबिल बैंकले सरकारलाई करिब डेढ अर्ब बराबरको आयकर बुझाएको नबिल बैंकका नायव महाप्रबन्धक मनोजकुमार ज्ञवालीले जानकारी दिए। ‘हामीले आयकर डेढ अर्ब तिर्‍यौँ। यो वर्षको नाफा हेर्दा त्योभन्दा बढी नै तिर्छौँ। हामी एक त्रैमासिकमा करिब ४० करोड रुपैयाँ बराबरको कर तिर्छौँ। यसै लयमा गयो भने अर्को वर्ष डेढ अर्बभन्दा बढी कर तिर्छौँ,’ उनले भने। उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक अर्बभन्दा बढीको खुद नाफा भएको बताए। संस्थाको सुशासन तथा ग्राहकहरुको विश्वासका कारण बैंकको नाफा उच्च रहेको उनको भनाइ छ। उनले भने, ‘कर तिर्ने भनेको नाफासँ...
केरुङ–काठमाडौं रेलमार्गः डीपीआर बनाउन चीन सकारात्मक
अर्थ/व्यापार, समाचार

केरुङ–काठमाडौं रेलमार्गः डीपीआर बनाउन चीन सकारात्मक

आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार सकारात्मक भएको छ । प्रस्तावित सो रेलमार्गको निर्माण तथा सञ्चालनबारे दुई मुलुकका पदाधिकारीबीच बिहीबार भएको छलफलमा उक्त रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्ष सकारात्मक भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यसअघि सो रेलमार्गको डीपीआर तयार गरिदिन नेपालले चीन सरकार समक्ष औपचारिक प्रस्ताव गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भर्चुअल बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले चीनले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन तयार गरिदिन चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिए । बैठकमा नेपालका तर्फबाट सचिव श्रेष्ठका साथै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनि...
सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक(भिडियो)

लोकप्रिय गायक तथा संगीतकार सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा रहेको कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुको प्रयोग गरिएको छ । अमृत खतिवडा(भाञ्जा भाइ)को शब्द तथा गायक आचार्य दाजुभाईकै संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । म्युजिक भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन्। त्यसै गरी राजकुमारीको भूमिकामा छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । https://youtu.be/xf7khXFaaEo होटल याक एण्ड यतीमा छायांकन गरिएको गीतमा सयभन्दा बढी कोरस कलाकार फिचर्ड छन् । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । भिडियोमा सुदीप बरालको छायांकन, आल...
महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा
समाचार, समाज

महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा

डा.डिआर उपाध्याय अझै पनि महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले विभेदमा छन । शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । आजको २१औँ शताब्दीमा पनि महिलाहरु विभेदमा पर्नु दुखद पक्ष हो । आधाभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व महिलाले गरेका छन । त्यस माथि पनि महिला लैङ्गिक विभेद एवं हिंसाको सिकार बनेका छन । अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस मनाउँदै गर्दा पनि महिला माथि हुने हिंसा अझै रोकिएको छैन । भनिन्छ महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन । यो उक्ति अझै व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर छैनन । तर पनि बिभेद गरिएको छ । जहाँ नारी जातिको सम्मान हुन्छ त्यहाँ भगवान् पनि खुसी हुन्छन् । यो उक्तिलाई सवैले मनन् गर्न जरुरी छ । संविधान र कानुनमा हिंसाविरुद्ध भएका प्रावधानलाई कार्यान्वयन गर्दै पीडितलाई न्याय र पीड...
१२ दिनसम्म देखाइने कार्तिक नाच दुई दिनमा सीमित
समाचार, समाज

१२ दिनसम्म देखाइने कार्तिक नाच दुई दिनमा सीमित

कोरोना संक्रमणले गर्दा यस वर्षको ऐतिहासिक कार्तिक नाच दुई दिन मात्र देखाइने भएको छ । पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा आज शुक्रबार बराह अवतार र भोलि शनिबार नरसिंह अवतार देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । नाच सञ्चालनका लागि बिहीबार धार्मिक विधिपूर्वक नाट्येश्वरीको पूजा गरिएको छ । कोरोना महामारीका कारण १२ दिनसम्म देखाइने नाच यसपटक दुई दिनमा सीमित गर्न लागिएको समितिका कार्यकारिणी सदस्य एवं प्रचारसंयोजक सञ्जय शर्माले बताउनुभयो । धार्मिक विधि र सांकेतिकरुपमा परम्परा निर्वाहका लागि नाचलाई छोट्याएर दुई दिनमा मात्र सीमित गरिएको संयोजक शाक्यको भनाइ रहेको छ । आज बेलुका बराहले शिरमा नयाँ मुकुट लगाएर बराह अवतार देखाइनेछ । धेरै पुरानो र जीर्ण भइसकेकाले मुकुट फेर्न लागिएको हो । कार्तिक नाचअन्तर्गत नरसिंह नाचपछिको मुख्य आकर्षण भनेको बराह नाच हो । सो नाचमा इन्द्रगण र देवगणस...
कोरोना सङ्क्रमणको अवधि लम्बिँदै
समाचार, स्वास्थ्य

कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ । लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए ।नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो । ३५ दिनसम्म उनी घरमै एकान्तवास बसे । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुुक्त नभईकन नियमित काममा निस्कन सकिन समय लाग्यो । यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहेका उनी प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सकेका छैनन् । ...