समाचार

गायिका सुदिक्षा ढुंगेलको स्वरमा ‘चांदीको औठी’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

गायिका सुदिक्षा ढुंगेलको स्वरमा ‘चांदीको औठी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : सुप्रिशिद्द गायिका सुदिक्षा ढुंगेलको स्वरमा रहेको गीत ‘चांदीको औठी’को भिडियो सार्वजनिक भएको छ । रमेश क्षितिजको शब्द तथा टिका भण्डारीको संगीत रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । भारतको मथुरा वृन्दावनमा रहेर पनि नेपाली गीत संगीतको उथ्थानकोलागी लागिपर्नु भएकी गायिका ढुंगेलका केही गीतहरु सार्वजनिक भैसकेका छन । यस अघी सार्वजनिक भएका सबै जसो गीतहरुले दर्शक स्रोताको मन जित्न सफल भएका थिए । https://www.youtube.com/watch?v=I5bOTV25bis सुदिक्षा केहीसमय अगाडि “हाम्रो स्वाभिमान र युवा नेपाल समिति”को आयोजनामा सम्पन्न “अन्तराष्ट्रिय एकल गायन अनलाइन प्रतियोगिता २०२१” कि बिजेता पनि हुनुभएको थियो । आफ्ना पहिलेका गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको गायिका सुदिक्षाले जानकारी दिनु भयो । राधा ढुंगेलको निर्देशन रहेको सार्वजनिक गीत ‘चांद...
कांग्रेस लिखु तामाकोशी गाउँपालिका सभापतिमा युवा नेता कार्कीको उम्मेदवारी घोषणा
राजनीति, समाचार

कांग्रेस लिखु तामाकोशी गाउँपालिका सभापतिमा युवा नेता कार्कीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यति बेला वडा स्तरका अधिवेशनहरु हुनेक्रम जारी रहेको छ । वडा अधिवेशन सम्पन्न भएपछि पालिकाको अधिवेशन हुने भएसगैं उम्मेदवारी घोषणा गर्नेक्रम जारी रहेको छ ।नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका रामेछापको सभापतिमा लोकप्रिय युवा नेता जीवन कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल तरुण दल रामेछापको सह–सचिव रहेका छन् । सामाजिक कार्यमा सक्रिय रहेका युवा नेता कार्की विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गर्दै सामाजिक काम गर्दै आएका छन् ।उनी आफ्नो क्षेत्रको विकास निर्माणमा पनि सक्रिय भएर लागेका छन् ।  उम्मेदवारी घोषणासगैं कार्कीले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका प्रतिबद्धतामा क्रियाशिल सदस्यहरुको क्षमता बृद्धि गर्ने, पार्टी भित्रका मतभेदलाई न्युनिकरण गर्ने, युवा वर्गलाई सामाजिक तथा आर्थिक विकाससगैं उद्यमशिलतामा लगाउने, आगामी निर्वाचनमा पार्टीका...
‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा

काठमाडौँ — आश्विन ४, २०७८। पि प्रोडक्सनले एआर ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ मा सिराहका राजु साह र रामेछापकी निकिता चौहान विजयी भएका छन। विजेताले ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। ‘मिस्टर प्यासेफिक २०२१’ का विजेता साहले विधागत तर्फको हेन्सम विथ पर्पस र बेस्ट वाकको उपाधीसमेत आफ्नो हातमा पारे त्यसैगरी ‘मिस प्यासेफिक २०२१’ की विजेता चौहानले विधागत तर्फको मिस एथ्लेटको उपाधी हात परिन। यस्तै ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को एम्वासडरमा काभ्रेका मनदोज लामा र काँडाघारीकी बिनु थापा चयन भएका छन। गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल ईन्टरनेसनल वर्षा लेखी सहित अभिबिन्द खनिया, रोहित मल्ल र गोमा तिवारी निर्णायक रहेका थिए। ...
जि बि चिरण र सुजिताको बेजोड अभिनयमा मर्मस्पर्शी गीत ‘निर हो’ सार्वजनिक (भिडियो)
राजनीति, समाचार

जि बि चिरण र सुजिताको बेजोड अभिनयमा मर्मस्पर्शी गीत ‘निर हो’ सार्वजनिक (भिडियो)

काठमाण्डौँ, असोज  । भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै ‘निर हो’ बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन । २०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु गरेका गायक मगर नुवाकोटमा जन्मेका हुन भने उनले पहिलो पल्ट रेकर्डिङ गरेर सार्वजनिक गरेको पहिलो गीतको बोल ‘नशालु’ हो । सानैदेखि नै गीत संगीतको मोहमा डुबेका उनले सबै थरिका गीतहरु गाउने लेख्ने र संगीत भर्ने पनि गर्छन् भने थुप्रै गीत र भिडियोहरु सांगितिक बजारमा ल्याइसकेका छन । गीत संगीत त मेरो नसा नसामा रगत बनेर बगेको छ भन्ने उनी भ्वाइस अफ नेपालमा राम्रै लेभलसम्म पुगेका थिए । https://www.youtube.com/watch?v=fMtXhSw7gc4 आफुलाई त्यो बेला स्वास्थ्य र भाग्यले साथ दिएन भन्दै आफ्नो मनको व्यथा पोखेका थिए । दर्शक श्रोताले त्यो बेला राम्रै माया र साथ दिनु भएको थियो । प्रतिस्पर्धामा त हार र जित त भई हाल्...
दलहरु आन्तरिक द्वन्द्वमा फसे
राजनीति, समाचार

दलहरु आन्तरिक द्वन्द्वमा फसे

-डा.डिआर उपाध्याय, मुलुकको राजनीति त्यति राम्रो छैन । कुरा गरेर मात्र हुदैन । ब्यवहारमा लागु गरेर देखाउनु पर्छ । आज राजनीतिमा जे देखिएको छ, सबै भ्रम मात्र छ । जनता भ्रममा बाँच्न बाध्य छन । यो बाध्यता हो । कुनै राजनीतिक दल राम्रा छैनन् । जनताको नाम बेचेर पैसा कमाउन पल्केका नेताबाट सर्वसाधरण जनताले केही आश नगरे हुन्छ । आज देशमा जुन किसिमको राजनीति गतिबिधि चलेको छ त्यो जनताको पक्षमा छैन । राजनीति दलाल र पूँजिवादीको पक्षमा गरिएको छ । किन भने जुन मान्छे संग पैसा छ त्यो मान्छे साँसद र मन्त्री हुन्छ । किन भने यो कुरा ब्यवहारमा लागु भयो । राजनीति गर्ने र दिनरात खटने नेता कार्यकर्ताहरु राजनीतिबाट पाखा लागेका छन । यो कुरा सबै संसदीय राजनीतिक दलमा लागु हुन्छ । चन्दाको भरमा नेपालका राजनीतिक दलहरु चलेका छन । यसरी राजनीतिक दल चलाउनु भनेको मुलुकका लागी राम्रो संकेत होइन । अहिले दलहरु आन्तरिक द्वन्द...
नेपाली जनता धेरै समस्यामा परेका छन
अर्थ/व्यापार, समाचार

नेपाली जनता धेरै समस्यामा परेका छन

-डा.डिआर उपाध्याय, नेपाली जनता धेरै समस्यामा परेका छन । जनताको सरकार अझै आएको छैन । जनताले धेरै कुराको सास्ती भोग्दै आएका छन । जुन सरकार आए पनि जनतालाई केही अनुभूति भएको छैन । अहिले जनता पुरै निराशमा छन । जनतामा उत्साह र उमंग छैन । आज समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा परेको छ । सरकार पनि जनचाहनाअनुसार अगाडि बढ्न सकेको छैन । सरकारले जनताको पक्षमा काम गर्न सकेन । लोकतन्त्रको मूल मर्म अनुसार कुनै काम हुन सकेको छैन । जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुदैन । वास्तवमा सत्तारूढ दलमा देखिएको आन्तरिक किचलो सत्तास्वार्थ नै हो । जसले गर्दा यो गलत परिणाम आएको हो । नेकपा एमाले बिभाजन हुनु दुखद कुरा हो । लाखौँ कार्यकर्ता अझै पनि एकताको पक्षमा उभिएका छन् । अहिले नेकपा एमालेमा देखिएको समस्या भनेकै गलत चिन्तन र प्रवृत्ति नै हुन् । सरकारका अगाडि थुप्रै चुनौती छन् । देशमा कोरोनाका ...
‘किनबेचबिजनेश डटकम’ नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियान
अर्थ/व्यापार, समाचार

‘किनबेचबिजनेश डटकम’ नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियान

किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो ।उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने भएको कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीले लक्ष्य बोकेको छ । उक्त प्ल्याटफर्ममार्फत प्रत्येक नेपालीको आयस्रोतमा वृद्धि हुने र नेपाल समृद्व हुनेपनि दाबी गरिएको छ । कार्यक्रममा किनबेच विजनेस डटकमका सिइओ तथा संस्थापक विश्वास बडुले उक्त प्ल्याटफर्मलाई अन्र्राष्ट्रियकरण गर्न आफूहरु लागिपरेको बताए । उनल...
नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा एसडिजी कमिटिद्वारा आयुर्वेदिक बिरुवा वितरण
समाचार, समाज

नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा एसडिजी कमिटिद्वारा आयुर्वेदिक बिरुवा वितरण

नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा नेपाल जेसीज अन्तर्गत SDG Committee ले एक सुन्दर वातावरण र राम्रो स्वास्थ्यका लागि आयुर्वेदिक बिरुवाहरु वितरण को एक राष्ट्रव्यापी परियोजना शुरू गरेको छ । आयुर्वेदिक बिरुवा वितरण कार्यक्रम १७ सेप्टेम्बर, २०२० मा नेपाल जेसीजका पूर्व अध्यक्ष, जेसीआई सेन राजेश मोहन प्रधान को मुख्य अतिथिमा आयोजना भएको थियो। यो पहल SDG Committee को लक्ष्य अनुसार नेपालमा जलवायु परिवर्तन मा परेको असर र नेपाली जनताको स्वास्थ्यमा परेको नकरात्मक असरमा केन्द्रित थियो । ठुलो बर्षाका बाबजुट पनि सो कार्यक्रम ललितपुरको भीमसेन मन्दिर नजिकै मंगलबजारमा नेपाल जेसीज अन्तर्गतका विभिन्न शाखाहरुका प्रतिनिधिहरु, स्थानीय समुदायका सदस्यहरु, प्रहरी प्रशासन र अन्य व्यक्तिहरुको बाक्लो उपस्थित भएको थियो । कार्यक्रमका अतिथि वक्ता श्री कमल बहादुर राजलावतबाट आयुर्वेदिक बिरुवाहरुले स्वास्थ्यमा पार्ने लाभ को...
गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)

गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले’ बोलको भिडियो सार्वजनिक गरेको छ । ‘सुसाइड’ एल्वममा समावेश यो गीत लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको छ । मनछुने भावुक शैलीको गीतको भिडियोमा नायिका निता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको जिवन्त अभिनय रहेको छ । https://youtu.be/zr7GlDcsIT4 भिडियोमा मनोरञ्जन क्षेत्रमा राम्रै नाम कमाएका निर्देशक क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको छ भने श्रृंगार नन्दा अधिकारीको रहेको छ ...
समग्र नगरको विकास गर्न मेरो उम्मेदवारी: शाक्य,नगर सभापति उम्मेदवार,नेका
अन्तरवार्ता, राजनीति, समाचार

समग्र नगरको विकास गर्न मेरो उम्मेदवारी: शाक्य,नगर सभापति उम्मेदवार,नेका

शान्तिरत्न शाक्य नेपाली काङ्ग्रेस बनेपाको क्रियाशिल व्यक्ति हुन् । उनी बनेपा शहरका स्थायी बासिन्दा हुन् । उनी एक सफल ब्यवसायी पनि हुन । काभ्रे जेसिसको नेतृत्व समालिसकेका शाक्य तत्कालिन बनेपा नगर वडा नम्बर ९ का वडा अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव पनि छ । नगर सभापति भएपछि नगर पिता बन्ने सहज बाटो खुल्ने हुँदा उनि बनेपा कांग्रेसको सारथी बन्न हौसिएका हुन । उनलाई काङ्ग्रेस नेता कन्चनचन्द्र बादेको साथ छ सभापति मधु आचार्यको आशिर्वाद छ। नगर अधिवेशनको सेरोफेरोमा इपाना नेपालले शाक्यसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । सम्पादक । •नगर सभापतिका उम्मेदवारहरु अरु पनि हुनुहुन्छ, र तपाई अनुभवी पनि हुनुहुन्छ । यो अवस्थामा अरु उम्मेदवारहरु भन्दा तपाईंलाई कुन कुन कुराहरुले योग्य हुनुहुन्छ जस्तो लाग्छ ?​मेरा प्रत्यासी साथीहरु पनि सक्षम हुनुहुन्छ । उहाँहरुले पनि संगठन विस्तारको लागि आफ्नो योगदान दिनु भ...