गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)


गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले’ बोलको भिडियो सार्वजनिक गरेको छ ।

‘सुसाइड’ एल्वममा समावेश यो गीत लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको छ ।

मनछुने भावुक शैलीको गीतको भिडियोमा नायिका निता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको जिवन्त अभिनय रहेको छ ।

भिडियोमा मनोरञ्जन क्षेत्रमा राम्रै नाम कमाएका निर्देशक क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको छ भने श्रृंगार नन्दा अधिकारीको रहेको छ ।

यो भन्दा अघिल्ला भिडियोहरुलाई गरिदिनु भएको माया जस्तै यो भिडियोलाई पनि मनपाराई दिनु हुने कुरामा निर्देशक क्रान्ति केसी विश्वस्त छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *