किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक
विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ ।
यसपटक उहाँले सार्वजनिक गरेको गीति कवितामा संगीतका विभिन्न तालहरू (क्लासिकल बीट) सम्बन्धी गीति कविता, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता र जनावरहरूको नाम समेटिएको गीति कविता रहेका छन् भने प्रत्येक एकबारमा आधा आधा कड समेटिएको गीत, आफ्ना गीत भलिबलमा, मुमेन्टोमा आफ्ना १०९ गीत र अंग्रेजी नयाँ वर्षको क्यालनेडरमा आफ्ना १०९ प्रकाशित गरी सार्वजनिक गर्नुभएको छ ।
सो अवसरमा गायक तथ...









