वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत र भिडियो सार्वजनिक गर्ने तयारीमा
वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत र भिडियो ल्याउने तयारीमा छन् ।
पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही दिन अघि अगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत, संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गरेका छन् ।
खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए ।
तर कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायाङ्कन सम्भव हुन नसकेको खनालले बताए । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पार्यो ।’ बाँकी तीन गीतको भिडियो अहिले गर्ने कि पछि गर्ने केही नि...










