काठमाण्डौँ, जेष्ठ १२ लामो समयदेखि नृत्य विधामा आफ्नो राम्रो स्थान बनाउदै निरन्तर यस् क्षेत्रमा कोरियोग्राफीसंगै म्युजिक भिडियोमा पनि सक्रि निर्देशक तथा कोरियोग्राफी सुरेन्द्र बसेलले आफ्नै युट्युब च्यानल बसेल कृयशन मार्फत पहिलो प्रस्तुतिको रुपमा ‘एक तोलाको वाला’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरेका छन ।
थुप्रै चर्चित टेलिसिरियल मेरी बास्सै, सक्किगो नि लगायत ,म्युजिक भिडियोमा अभिनय मार्फत आफ्नो ल्याङग्रे दादाको छवि बनाएका कलाकार तथा मोडेल सुमन ज्योति न्यौपानेको लगायत मोडेल बिना राउत, बिकास नेपालीको रमाइलो अभिनय देख्न सकिन्छ । गायक भुवन थापा मगर र गायिका सिता पौडेलको सुमधुर आवाजले सजिएको गीतमा शब्द डि बी खनाल संगीत शंकर स्माईलीको रहेको छ भने एरेन्ज उदयराज पौडेल रहेको छ ।