महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न
काठमाडौं-कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘अनुभव आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा आबद्ध महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन बृद्धिगरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए ।
चेम्बर अध्यक्ष मल्लले विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवम् बजारिकरण गर्न सहज हुने बताउदै जिल्ला तथा स्थानिय स्तरमा सान...










