अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३० हजार ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।...
२४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

२४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ दिएको जानकारीअनुसार शनिबार साँझ सम्ममा थप २६ हजार ८६० नयाँ संक्रमित थपिएका हुन् । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ४४ हजार ३६५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ४६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ७६६ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८०६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेतर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाको हस्पिटलमा उपचार भइरहेको छ ।...
एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण भएको छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार यो अहिलेसम्मकै धेरै हो । यसअघि अघिल्लो २४ घण्टामा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड २४ लाख ८७ हजार ४७६ जनालाई कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ९० हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।...
विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ४३ हजार ५ सय ८२ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार ५८ पुगेको हो । त्यस्तै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार नाघेको छ । विश्वमा एकैदिन ९ हजार ५ सय ४६ जना संक्रमतिको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४ सय ७६ पुगेको हो । विश्वमा तीन करोड ७१ लाख ७१ हजार ५ सय ५० जना संक्रमित उपचारपछि निको भएको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।...
फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा

फिफाका उपाध्यक्ष ग्रेग क्लार्कले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । ६३ बर्षे ग्रेगले यूइएफले पदमा रहनका लागि आग्रह गर्दा पनि उनले पदबाट राजीनामा दिएका छन् । गत बर्ष युइएफएको सहयोगमा फिफाको उपाध्यक्षमा निर्वाचित भएका ग्रेगले यसअघि २०२३ सम्म बस्ने बताएको थिए । उनले वर्षको एक लाख ९० हजार पाउन्ड तलब पाउने गरेका थिए । अब ग्रेगले फिफाको भोटिङ राइट्सपनि गुमाएका छन् । उनले यूइएफएविरुद्ध नराम्रो कमेन्ट गरेको आरोप लागेको छ । क्लार्क फिफाको चुनावमा युएइफएबाट उपाध्यक्षमा लड्ने तेस्रो उपाध्यक्ष हुन ।...
ब्ल्याकमेल गर्ने डाक्टरलाई नर्सको कठोर बदला : काटेर पकाइन्, मासु ट्वाइलेटमा हालिदिइन्
अन्तर्राष्ट्रिय, अपराध, रोचक, समाचार

ब्ल्याकमेल गर्ने डाक्टरलाई नर्सको कठोर बदला : काटेर पकाइन्, मासु ट्वाइलेटमा हालिदिइन्

आफूलाई यौनका लागि ब्ल्याकमेल गर्ने आफ्ना सिनियर डाक्टरलाई एक नर्सले काटेर पकाइन् । त्यसपछि उनले पाकेको मासुलाई ट्वाइलेटमा हालेर फ्लश गरिदिइन् । घटना चीनको हो । द सनमा प्रकाशित रिपोर्टअनुसार ली फेनपिङ नामकी ती नर्सलाई डाक्टरले लगातार ब्ल्याकमेल गरेपछि रिसमा उनले यस्तो गरेकी थिइन् । ली फेनपिङलाई यो अपराधको लागि मृत्युदण्डको सजाय सुनाइएको छ । चीनको स्थानीय मिडियाका अनुसार २५ वर्षकी ली आकस्मिक विभागमा खटिएकी थिइन् । उनको सोही अस्पतालको अर्थोपेडिक्स विभागका उपप्रमुख डा. लू युआनजेनसँग यौन सम्बन्ध थियो । नर्स लीलाई जुवा खेल्ने लत लागेको थियो र उनले जुवामा थुप्रै पैसा हारेकी थिइन् । उनले जुवा खेल्नको लागि आफ्ना सहकर्मी डाक्टर युआनजेनसँग पैसा सापटी लिएकी थिइन् । लीले ती डाक्टरसँग यौन सम्बन्ध राखेर आफूले लिएको पैसा किस्तामा तिरिरहेकी थिइन् । पैसा तिर्नको लागि उनले डाक्टरसँग हप्तामा ३...
आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो

आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा कम छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।...
कोरोनाको उपचारमा ९० प्रतिशत सुरक्षित भएको खोप विकास
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

कोरोनाको उपचारमा ९० प्रतिशत सुरक्षित भएको खोप विकास

 फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको अमेकरी सञ्चार माध्यमहरुले जनाएका छन्। अध्ययन सार्वजनिक गर्दै खोपका निर्माता फाइजर र बायोएनटेकले यस दिनलाई ‘विज्ञान र मानव समुदायका लागि महत्त्वपूर्ण दिन’ को संज्ञा दिएका छन्। अहिलेसम्म उक्त खोप ६ वटा देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको छ। परीक्षण गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण नभएको र कसैमा पनि भ्याक्सिनको नकारात्मक असर नपरेको कम्पनीको दाबी छ। कम्पनीले यो महिनाको अन्तिमबाट नै यो खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने योजना बनाएको छ। यदि भ्याक्सिनले कुनै पनि नकारात्मक असरबिना संक्रमण रोक्यो भने यो भ्याक्सिन नै हाल लागिरहेका विभिन्न निषेधाज्ञाबाट बाहिर निस्कने कारण बन्न सक्ने विज्ञहरूले जनाएका छन्। भ्याक्सिन पूर्णतः प्रय...
चुनाव हारे पनि डोनल्ड ट्रम्पद्वारा पद नछाड्ने संकेत
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

चुनाव हारे पनि डोनल्ड ट्रम्पद्वारा पद नछाड्ने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरिकी राष्ट्रपतिय निर्वाचनमा अवैधानिक भोटहरु गनिएको आरोप लगाएका छन्। उनले हाल घोषित निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै त्यसका विरुद्ध अर्थात् हालको परिणाम उल्टाउन सर्बोच्च अदालतमा मुद्धा दायर गर्न जाने घोषणा गरेका छन्। ह्वाइट हाउसमा अमेरिकी समयअनुसार, बिहीबार साँझ एक विशेष पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन्। उनले निर्वाचनको दिनभन्दापछि जम्मा गरेर गणना गरिएका मतहरुलाई अवैधानिक भनेका छन्। अमेरिकी निर्वाचन प्रणालीअनुसार, आफ्नो मतपत्र हुलाकमार्फत पनि पठाउन सकिने, देशभित्र अनुपस्थित भए देशवाहिरबाट पनि आफ्नो देशको राष्टपतिका लागि मत दिन सकिने संबैधानिक व्यबस्था छ तर, राष्ट्रपति डोनाल्डले निर्वाचनका दिनवाहेक अरु दिनका मतहरुलाई मान्यता दिन नसकिने बताए। उनले भने, ‘बैधानिक भोटहरु गन्ने हो भने मैंले चुनाव जितेको छु। तर, अबैधानिक भोटहरु गन्ने ह...
दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा

दिल्ली क्यापिटल्सलै ५७ रनले हराउँदै मुम्बई इण्डियन्स १३ औँ सिजनको आईपीएलको फाइनलमा प्रवेश गरेको छ । गएराति दुबईमा भएको खेलमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । उसका लागि मार्कस स्टोइनिसले ६५, अक्क्षर पटेलले ४२ र कप्तान श्रेयस अय्यरले १२ रन बनाए । बलिङमा जसप्रीत बुमराहले ४, ट्रेन्ट बोल्टले २ किरण पोलार्ड र कृणाल पाण्ड्याले एक/एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।...