समाज

काठमाडौ लेडी जेसीजको अतिथ्यतामा नेपाल जेसीज क्षेत्र ‘ग’ को सम्मेलन हुदै
समाचार, समाज

काठमाडौ लेडी जेसीजको अतिथ्यतामा नेपाल जेसीज क्षेत्र ‘ग’ को सम्मेलन हुदै

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । काठमाडौ लेडी जेसीजको अतिथ्यतामा भाद्र ३१ र असोज १ गते दुइ दिनसम्म काठमाडौ नयांबजार स्थीत नेपा ब्याक्वेटमा हुने भएको छ । नेपाल जेसीज क्षेत्र ‘ग’ का निरुपीत राष्ट्रिय उपाधक्ष्य योगिराज अधिकारीले सम्मेलनले सम्पुर्ण जेसीज सदस्यहरुमा बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताए  । सम्मेलनमा विभिन्न किसिका नेतृत्व र क्षमता बवकास केन्द्रीत तालिमहरुको व्यवस्था गरिएको उनले जानकारी बताए । क्षेत्रगत सम्मेलन जेसीज सदस्यहरुको लागि मात्र नभई समाजका हरेक तहका युवाहरुलाई एकताबद्ध गराउदै हरेक क्षेत्रमा लक्ष्य प्रापितकालागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारीले बताए । त्यस्तै नेपाल जेसीज क्षेत्र ‘ग’ की निरुपीत कार्यकारीणि उपाध्यक्ष तथा क्षेत्र ‘ग’ सम्मेलन सभापतति रमा प्याकुरेलले क्षेत्रगत सम्मेलनमा नेपाल जेसीजका गतिविधिका बारे जानकारी दिदै द...
पिम नेपाल चौथो वर्षमा, विभिन्न व्यक्तित्वहरुलाई सम्मान
समाचार, समाज

पिम नेपाल चौथो वर्षमा, विभिन्न व्यक्तित्वहरुलाई सम्मान

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भाद्र २५ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरि पिम नेपालले आफ्नो स्थापनाको तेश्रोवर्षगाँठ भव्यरुपमा मनाएको हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माईला, बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, गीतकार एवं सञ्चारकर्मी सुमन बैरागी, चलचित्र पत्रकार संघका उपाध्यक्ष जिवन पराजुली, चलचित्र पत्रकार एवं गीतकार डब्बु क्षेत्री, अभिनेता प्रवण भुषाल, संचारकर्मी सुर्य चन्द, चलचित्र पत्रकार गीता अधिकारी, डेल्फिन काउन्सिल नेपा...
नेपाल सरकार र सद्गुरूविच  ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै
समाचार, समाज

नेपाल सरकार र सद्गुरूविच ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं – विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (Save Soil) अभियान अन्तर्गत नेपाल सरकारसँग यहि भदौ १७ गते अर्थात सेप्टेम्बर २, मा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (Conscious Planet) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो । माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशन नामको लाभ रहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ । माटोको विनाश...
पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार, समाज

पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरूसँग संस्थाहरूले तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । ‘परम्परा बचाउ, बिकृती हटाउ’ भन्ने मूल नारासहित चितवन समाज पोर्चुगलमा गायक भगवान भण्डारी, गायिका देबिका के.सी, जेबी ओलीको साथमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम ओक मुन्दो रेष्टुरेन्ट लिस्वोनमा सम्पन्न भएको छ । प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमालले पानसमा बत्ती बालेर सुरु भएको कार्यक्रमा पोर्चुगलमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआएलपी सिलाई समूहले तेस्रो भएका थिए । कोरोना कहरले गर्दा द...
सारा संसार मिडियाको घोषणा तथा सम्मान कार्यक्रम
समाचार, समाज

सारा संसार मिडियाको घोषणा तथा सम्मान कार्यक्रम

काठमाण्डौँ, सारा संसार मिडिया प्रा लि को “घोषणा कार्यक्रम तथा सम्मान कार्यक्रम २०७९ सभ्य भव्य रुपमा समापन भएको छ । सारा संसार मिडिया प्रा.लि.की संस्थापक अध्यक्ष सारीका तमाङगको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री गौरी मल्ललाई चलचित्र, कला तथा मनोरञ्जन क्षेत्रमा निरन्तर लागि परी अतुलनीय योगदान पुर्‍याए बापत नगद सहित ताम्र पत्रद्वारा सम्मान गरिएको हो । युनिभर्सल क्याफेमा सम्पन्न उक्त कार्यक्रममा सारा संसार मिडियाका कार्यकारी निर्देशक शंकर प्रसाद दुलाल तथा अध्यक्ष सारीका तमाङगले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । सारा संसार मिडियाका सल्लाहकार राजु केसिको संयोजनमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री  गौरी मल्लले शुभकामना मन्तब्य दिनु भएको थियो । वर्षेनी सातै प्रदेशका एक महिला तथा एक पुरुष श्रष्टाला...
रोटरी क्लव अफ नक्साल शक्तिले तीज विशेष प्रर्दशनी गर्ने
मनोरन्जन, समाज

रोटरी क्लव अफ नक्साल शक्तिले तीज विशेष प्रर्दशनी गर्ने

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर गर्ल्स’तर्फ युनिशा गुरुङ्ग विजयी भएकी छिन । गुरुङ्गले विधागत तर्फको बेस्ट र्याम्प वाक को अवार्ड समेत हात पारिन। ग्रेसी प्रधान फर्स्ट रनर अप र , जोया महर्जन सेकेन्ड रनर अप र पब्लिक चोईस, बिपाशा केसी थर्ड रनर अप घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड कुसुम भट्टले जित्न सफल भईन। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ फिलिप यादवले शिर्ष उपाधी जितेका छन । त्यसैगरी ओम महर्जन फष्ट रनर अप, क्षितिज तामाङ्ग सेकेण्ड रनरअप, सुयोग मानन्धर थर्ड रनर अप घोषित भए भने अभय नेपाली पब्लिक चोईस अवार्ड र सोप्निल श्रेष्ठ मस्ट पपुलर बन्न सफल भए। यस्त...
कीर्तिमानी उपन्यासकार डा. डीआरको चौधौं उपन्यास कृति ‘कसुर’
समाचार, समाज

कीर्तिमानी उपन्यासकार डा. डीआरको चौधौं उपन्यास कृति ‘कसुर’

कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशक÷लेखक तथा वशिष्टि कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा. उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको थियो । उक्त कृतिमा संमिक्षात्मक टिप्पणी राख्दै श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यास रहेको बताउनुभयो । उहाँले हाम्रै समाजमा रहेका विभिन्न घटनाक्रमलाई स्रष्टा उपाध्यायले यो उपन्यासमार्फत उजागर गरेको बताउनुभयो । उपन्यास...
संचारकर्मी राजेन्द्र लुईटेल(राज)लाई पत्रकारिता पुरस्कार
समाचार, समाज

संचारकर्मी राजेन्द्र लुईटेल(राज)लाई पत्रकारिता पुरस्कार

संचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई यो वर्षको जिनियस म्यूजिक अवार्डमा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । विगत डेढ दशकदेखि संचारकर्ममा सक्रिय संचारकर्मी लुईटेललाई संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ तथा विशिष्ठ संगीतकार एवं संगित तथा नेपाल सङ्गित तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकूलपति शम्भुजित बासकोटाको हातबाट नगद रु.पन्ध्र हजार सहितको पत्रकारिता सम्मान प्रदान गरिएको हो । राष्ट्रिय नाचघरमा सम्पन्न जिनियस म्यूजिक अवार्डको तेश्रो संस्करण तथा जिनियस म्यूजिक क्रियसनको १८ औं वार्षिकोत्सवको अवसरमा उनलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रत्येक वर्ष मनोरन्जन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई नगद सहित सम्मान गरिने उद्देश्य अनुरुप यो वर्ष लुईटेल संगै मध्यान्ह दैनिकका वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई पनि नगद सहित सम्मान गरिएको थियो ।...
विश्व किर्तिमानीलाई प्रमाणपत्र वितरण
समाचार, समाज

विश्व किर्तिमानीलाई प्रमाणपत्र वितरण

काठमाण्डौँ । विश्वकै अग्लो स्थान ५०२० मिटर उचाईमा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्न सफल नेपाली यूवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । उपराष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व किर्तिमानी नेपाली यूवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । टेक बहादुर राई (गायक), माया गुरुङ (गायिका), बुद्धिराज राई (गीतकार तथा निर्देशक), सृजना किराँती (मोडल) र शिखर जंग श्रेष्ठ (मोडल)लाई रेकर्ड होल्डरको प्रमाणपत्र र धन कुमार राई (संगीतकार), राजु कार्की (एरेञ्जर), गंगाराम राई (सिनेमाटोग्राफर), शिवराज जोशी र डम्बर सिंह राईलाई (बाद्यबादक)तर्फ सहभागीताको प्रमाणपत्र प्रदान गरिएको हो । गीतमा पुर्ण राईले गितार र टेक बहादुर राईले किबोर्डमा भूमिका निर्वाह गरेका छन् ।सोलुखुम्बुको खारे (मेरापिक जाने बाटो)स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’बोलको...
इमाडोल जेसीज स्थापना दिवसको अवसरमा जेसीज सप्ताहव्यापी कार्यक्रम
समाचार, समाज

इमाडोल जेसीज स्थापना दिवसको अवसरमा जेसीज सप्ताहव्यापी कार्यक्रम

इमाडोल जेसीजको ११ औँ वार्षिक उत्सवको अवसरसँगै २०२२ को जेसीज सप्ताहको उद्घाटन भएको छ । सप्ताहको उद्घाटन समारोहकाबिच बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानसहित शुभकामना आदानप्रदान गरिएको थियो । समारोहमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख गोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शाखाको ११ औँ स्थापना दिवसको केकमा दिप प्रज्वलन तथा केक काटेर कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा इमाडोल जेसीजका लागि निरुपित राष्टिय उपाध्यक्ष जीवन कार्की, नेपाल जेसीजका मिडिया संयोजक सोनितराज ढुङ्गेल, धरान जेसीजका पूर्व अध्यक्ष द्धारिकानाथ श्रेष्ठ, काठमाडौँ जेसीज २०२२ का अध्यक्ष अनुप सुनुवार, नेपाली कांग्रेस महाधिवेश...