समाज

फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
समाचार, समाज

फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवको अवसरम आयोजित फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम  बृहत रुपमा सम्पन्न भएको छ। त्रि-पद्म रोभर/रेन्जर क्र्युको सहकार्यमा पुल्चोक स्थित त्रि- पद्म बिद्याश्रम मा.बि.को प्राङ्गणमा संचालित रक्तदान कार्यक्रम १०९ जना रक्तदाताले रक्तदान गरेका थिए  ।निकै नै भब्य सब्य रुपमा कार्यक्रम सम्पन्न भएको कुरा मा.बि.का प्रधानाध्यापक हरि प्रसाद खनाल बताउनुहुन्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संचालित उक्त कार्यक्रममा फाउन्डेसनका पदाधिकारी,ग्रेस इभेन्ट्सका पदाधिकारी ,त्रि-पद्म मा.बि. का शिक्षक तथा कर्मचारी ,नेपाल स्काउट्स का सदस्यहरु,रोभर/रेन्जर तथा स्थानीय युवाहरुको बिशेश उपस्तिथि साथै सहभागीता रहेको थियो। रक्तदान गर्नुहुने सम्पुर्ण दयालु एवं मनकारी रक्तदाताहरुलाइ हृदय देखि बिशेष धन्यवाद दिदै उक्त कार्यक्रममा सहयोग गर्नुहुने सहयोगी हातहरु...
आफ्नो कर्तव्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप
समाचार, समाज

आफ्नो कर्तव्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप

चारित्रिक चेतना हुनका लागि चरित्रशिल हुनुपर्दछ । एउटा कार्यक्षेत्रमा सफल हुनका लागि चरित्रनिर्माण पहिलो खुड्किलो हुनआउँछ । जसरी ठूला–ठूला भवन निर्माणका लागि मजबुत जग हुन अनिवार्य हुन्छ तयसरी नै आफ्नो क्षेत्रमा कुशल नेतृत्व र कार्यका लागि चरित्रनिर्माण मुख्य कुरा हो । यस्तै नेपाल प्रहरीमा एक चरित्रवान, सक्षम तथा कार्यकौशलमा निपुण नाम रहेको छ सन्दीप भण्डारी । संगठनले लामो समयसम्म भावी नेतृत्वको प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै उनलाई लगेको थियो । प्रहरी निरीक्षेकदेखि वरिष्ठ प्रहरी उपरिक्षेक हुँदासम्म उनी कामकै बलमा आफ्नो समूहमा अग्रपंक्तिमा (अक्सर एक नम्बर) मै रहँदै आए । तर, नायव महानिरीक्षेक हुने बेलामा भने राजनीतिक प्रशासनिक शक्ति केन्द्रको रोजाइमा पर्न नसकेर अकल्पनीय ढंगले पछाडि पारिए । योग्यता, क्षमता लगनशीलतामा अब्बल सन्दीप भण्डारीमाथि भएको त्यो अन्यायले सिंगो संगठन नै दुःखी भयो । तर...
रञ्जिता फाउण्डेशनको अभियानमा समाजसेवी विष्णु तिवारीको साथ
समाचार, समाज

रञ्जिता फाउण्डेशनको अभियानमा समाजसेवी विष्णु तिवारीको साथ

काठमाडौं । रोजगारीका लागि होस वा व्यापार व्यबसायका लागि विदेशमा रहेका नेपालीहरुलाई सधैं देशको मायाले सताउने गर्छ । त्यसै कारण पनि आफुले परिश्रम र पसिना बगाएर आर्जन गरेका केही रकम नेपालमा विभिन्न सामाजिक कार्यहरुमा खर्च गर्दै आईरहेका हुन्छन । प्रवासमा रहेका नेपालीहरुमा भातृत्व अझै जीवितै छ देशको माया प्रति सदा ऊर्जावान रहेका हुन्छन । नेपालमा वेला वेलामा आईपर्ने दैवी विपत्तीहरुमा जस्तो सुकै कठिन समयका बावजुद परदेशमा रहेर पनि आफनो माटो प्रति को स्नेह , मुलुक प्रतिको गहिरो माया र अट्टु सम्बन्ध राख्दै आउने नेपालीहरुमा पर्छ विष्णु तिवारी । आफ्नो समाजिक यात्रालाई थप टेवा पुग्ने मनसायले आफ्नो अभियान मार्फत आर्थिक , भौतिक , समाजिक रूपमा सहयोग गर्ने उद्देश्यका लागि रन्जिता फाउण्डेशनलाई दुई लाख चार हजार चार सय चौबीस रुपैया नगद प्रदान गर्नु भएको छ । चौतारी समूहका पदाधिकारी तथा अन्य समाजसेवी सदस्...
समाजसेवी कमल ढकालको पहलमा मिर्गौला रोगबाट पीडित दुलाललाई सहयोग
समाचार, समाज

समाजसेवी कमल ढकालको पहलमा मिर्गौला रोगबाट पीडित दुलाललाई सहयोग

दुवै मिर्गौला फेल भएर उपचाररत काठमाडौं टोखा नगरपालिका वडा नं. १ का नवराज दुलाललाई आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौं टोखा १० स्थित श्रृजना टोल विकास समितिले दुलाललाई आर्थिक सहयोग गरेको हो । दुलाललाई सहयोग गर्न समाजसेवी एवम् संस्थाका उपाध्यक्ष कमल ढकालको महत्वपूर्ण भूमिका रहेको छ । दुलालको कमजोर अवस्था बारे झोर महाँकालका समाजसेवी दीपेन्द्र तिवारीले ढकालसमक्ष पुर्याएका थिए । दुवै मिर्गौला फेल भएर लामो समयदेखि उपचार गराइरहेका दुलाल हप्तामा दुई पटक डाइलासिस गर्दै आएका छन् । उनलाई अस्पताल जानसमेत समस्या भएको, घरमा श्रीमती पनि बिरामी भइरहने र साना दुई बच्चालाई पढाउनसमेत धौ–धौ भएको भन्दै टोल विकास समितिले सहयोग गरेको हो । सहयोग बुझ्दै दुलालले टोल विकास समितिलाई धन्यवाद व्यक्त गरे ।...
किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज पदमा नेपालका मोहन लम्साल
समाचार, समाज

किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज पदमा नेपालका मोहन लम्साल

बिगत लामो समय देखि पर्यटन क्षेत्रलाई आफ्नो ब्यवसाय बनाउनु  भएको मोहन लम्सालले नेपाललाई विश्व सामु परिचित गराउदै लानु भएको छ । यसै क्रममा भरखरै अमेरिकाको मेनियपोलिसमा सम्पन्न भएको इन्टरनेस्नल कन्भेन्सनमा नेपालको झन्डा फहराउदै किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज २०२३-२०२६  जस्तो गरिमामय पदमा विजय भइ नेपाललाई विश्व सामु चिनाउन सफल हुनु भएको छ । यस प्रसंसनिय काम अनि गरिमामय पद संगै महत्वपूर्ण जिमेवारी पाउनु भएकोमा हामी किवानिज नेपाल डिस्ट्रिक अन्तर्गतको क्लबहरुको तर्फबाट सफल कार्येकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। शुभकामना प्रार्थी क्लबहरु: किवानिज क्लब लालीगुराँस, किवानिज क्लब रुकुम खारा , किवानिज क्लब एभरेष्ट, किवानिज क्लब सिन्धुपाल्चोक, किवानिज क्लब गछिया । बालबालिकाको क्षेत्रमा बिगत लामो समय देखि अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आइरहेको किवानिज इन्टरनेस्नल नेपालम...
पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा
समाचार, समाज

पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो ।पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहनुभएका बजगाईले सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दै...
श्रीलंकामा समाजसेवी रन्जिता गुरुङ्गलाई विशेष सम्मान
समाचार, समाज

श्रीलंकामा समाजसेवी रन्जिता गुरुङ्गलाई विशेष सम्मान

कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । समाजसेवी रन्जिता गुरुङ्गलाई श्रीलंकाको राजधानी कोलम्वो स्थित होटल जेष्ट मेट्रोपोलमा आयोजित भव्य समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । एक दशक भन्दा लामो समयदेखि समाज सेवामा सक्रिय गुरुङ्गलाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । रन्जिता फाउण्डेसनका संस्थापक अध्यक्ष समेत रहेकी गुरुङ्गले असहाय वालवालिकाहरुको शिक्षा दिक्षाका निमित्त सहयोग गर्दै आईरहेकी छिन भने तराईमा वाढि पहिरोबाट घरवार विहिनका लागि थुप्रै स्थानमा घर निर्माण गरि हस्तान्तरण गर्दै आएकी छिन । थुप्रै परिवार विहिन वालवालिकालाई संरक्षण प्रदान गर्दै आईरहेकी समाज...
आजको मौसमः देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने
समाचार, समाज

आजको मौसमः देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै देशको पहाडी भू-भागको ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना ...
ग्लोकल टिन हिरो नेपालको नवौं संस्करणको लागि आवेदन खुल्ला
समाचार, समाज

ग्लोकल टिन हिरो नेपालको नवौं संस्करणको लागि आवेदन खुल्ला

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको घोषणा गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ । ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो, जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो । जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष...
टोखा नगरपालिकामा गर्नु पर्ने काम अझै धेरै छन् – मेयर अधिकारी
समाचार, समाज

टोखा नगरपालिकामा गर्नु पर्ने काम अझै धेरै छन् – मेयर अधिकारी

काठमाडौं । गत वैशाखको स्थानीय तह निर्वाचनमा टोखाको नगरपालिकाको मेयरमा प्रकाश अधिकारी दोस्रो पटक निर्वाचित भएका थिए । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमदेखि सडक, खानेपानी, मेयर दिवा खाजा, स्वास्थ्य विमा कार्यक्रम, छात्राबृति,सामाजिक विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रमा ६० वर्ष उमेर नागरिकको होलबडी चेकअप निशुल्क तथा महिलाहरुको लागि क्यान्सर उपचार देखि निशुल्क ब्लड जस्ता कार्यक्रम मार्फत जनतालाई सेवा दिएको छ । टाेखा नगरपालिकाले हाल आफ्ना मुल मुल सडकहरुमा यसै वर्षभित्र बत्ति राखी सम्पन्न गर्ने योजनाका साथ निरन्तर लागिरहेको बताएको छ। कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले ‘ मेयर उज्यालो कार्यक्रम’ सँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउदै ‘ मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेरा...