समाचार

‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)

चलचित्र ‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले निकै शशक्त प्रेम भाव प्रकट गरेको छ । गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द र किरण भुषालको स्वर र संगीत रहेको छ । परिच्छेद सेन निर्देशित चलचित्रको गीतमा सुप्रिया खनाल र राइडर प्रशन फिचर छन् । परिच्छेदकै लेखन रहेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानिया लगायतका कलाकारको पनि अभिनय रहेको छ । सञ्जय लामाको छायाँकन रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्र भदौ ३ गतेबाट प्रदर्शन हुनेछ । https://youtu.be/ez18SWwiPx0...
”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार”बरिष्ठ गीतकार बल्लभलाई प्रदान गरिने
मनोरन्जन, समाचार

”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार”बरिष्ठ गीतकार बल्लभलाई प्रदान गरिने

काठमाण्डौ– टिकागोपाल एम्. क्रियशन प्रा.लि.को आयोजनामा चर्चित सांगीतिक जोडी कन्हैया सिंह परियार र अन्जना गुरुङको नामबाट स्थापना भएको ”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार” श्रावण १८ गते राजधानी काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । शो कार्यक्रमको कार्यसमिति विस्तार समेत भएको छ ।कार्यक्रमको प्रमुख सल्लाहकारमा विशिष्ट संगीतकार तथा सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटा, विशेष सल्लाहकार संविधानविद् डा. भीमार्जुन आचार्य (गायक अर्जुन मिलन), मानार्थ सल्लाहकार विशिष्ट लोकगायिका चन्द्रकला शाह (शाहलाई यसअघि कन्हैया-अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको थियो) , त्यस्तै पुरस्कार समितिको अध्यक्षमा टिकागोपाल एम्. क्रियशनकी गीता सिंह, कार्यक्रम निर्देशक चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधब राज खरेल र सदस्यहरुमा मोडल अपेक्षा ...
अब जनता उठनु पर्ने बेला भयो
राजनीति, समाचार

अब जनता उठनु पर्ने बेला भयो

-डा.डिआर उपाध्याय, काठमाडौं । मुलुकको विकास र समृद्धि भन्ने कुरा धेरै पहिले देखि उठेको कुरा हो । तर ब्यवहारमा कुनै कुरा लागु हुन सकेको छैन । देशको बिकासका लागी दीर्घकालिन र अल्पकालिन योजना बनाइनु पर्ने हुन्छ । योजना नबनेका पनि होइनन् तर कार्यान्वयनको पक्ष फितलो छ । राजनीतिक दल र तिनका नेताहरु संघीय निर्वाचनमा फेरि कसरी जितेर आउने र मुलुकमा लुटतन्त्र मच्याउने भन्नेमा केन्द्रित बनेको देखिन्छ । महँगीले आमजनता आजित र निराश छन् । राजनीतिक दल र तिनका नेताविरुद्धको आक्रोश चुलिँदो छ । तर, पनि शासकहरू कानमा तेल हालेर आरामले सुति राखेको जस्तो बहाना गरिरहेका छन । उनीहरु सत्तामा रहेर लुटतन्त्र मच्याउनमा नै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष सबै आआफनो दुनो सोझाउन ब्यस्त छन । जनताको चुलो राम्ररी बले नबलेको, जनताले उपचार राम्ररी पाए नपाएको यो बिषयमा सरकार बेखवर जस्तै छ । सरकारलाई कुनै मतलब नै छैन । ...
लोक गायिका मन्जु अब धिरेनकी नायिका(भिडियो)
मनोरन्जन, समाचार

लोक गायिका मन्जु अब धिरेनकी नायिका(भिडियो)

सदावहार नायक धीरेन शाक्य र हङकङ निवासी मोडेल तथा गायिका मञ्जु थापा अभिनित ‘माया लाउँदै जाऊ’ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत विशिष्ट व्यक्तित्व, कलाकार तथा सञ्चारकर्मीमाझ सो कार्यक्रम सम्पन्न गरिएको हो । https://youtu.be/JCiFaqHlTa4 गीत गायक आनन्द कार्की र गायिका साधना सरगमको सुमधुर स्वरले सजिएको छ भने संगीत सचिन सिंहको संगीत रहेको छ । ऐतिहासिक नगरि पाल्पाको रानीमहल लगायतको मनमोहक स्थानहरु समेटिएको यस् भिडियोमा मञ्जु थापाको निर्माण, कमल राईको निर्देशन तथा कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, राजेश महर्जनको निर्माण व्यवस्थापन, सुरज बास्तोलाको ध्वनि नियन्त्रण र आर्या गुरुङको शृङार रहेको छ। हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’द्वारा सञ्चालित कार्यक्रममा...
नेपाल भाषाको फिल्म ‘गालय वन’को ट्रीजर र गीत सार्वजनिक
मनोरन्जन, समाचार

नेपाल भाषाको फिल्म ‘गालय वन’को ट्रीजर र गीत सार्वजनिक

भक्तपुर कमल बिनायक चलचित्र मन्दिरमा हालै एक बिशेष समारोहको आयोजना गर्दै नेपाल भाषाको चलचित्र ‘गाल्य वन”को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख् आतिथ्य तथा वरिष्ठ कलाकार प्रकाश अधिकारीको बिशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कलाकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरुको लगायतको बाक्लो उपस्थिति रहेको थियो । एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा निर्माण भएको तथा अजय दुवाल निर्माता रहेको चलचित्रलाई संयुक्त स्थापितले निर्देशन गरेका छन । कार्यक्रममा प्रमुख् आतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा बिशेष आतिथि वरिष्ठ कलाकार प्रकाश अधिकारीले चलचित्रलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने यसको प्रदर्शन मिति पनि छिट्टै सार्वजनिक गर्ने कुरा निर्देशक संयुक्त स्थापितले जानकारी गराउनु भएको थियो । चलचित्रको सार्वजनिक भएको गीतमा भने स्वर गायक पूर्णमान म...
विद्यार्थीको जनजीवनमा चलचित्र ‘स्टुडेन्ट’ छाँयाकन क्रममा
मनोरन्जन, समाचार

विद्यार्थीको जनजीवनमा चलचित्र ‘स्टुडेन्ट’ छाँयाकन क्रममा

काठमाडौं, दुई वर्ष जतिको लकडाउनको मारमा परेका नेपाली चलचित्रहरु अहिले धमाधम छायांकन हुने क्रममा छ भने कोही चलचित्र रिलिज त कोही सार्वजनिक हुने क्रममा छन । यसै बीच लकडाउन अघि नै घोषणा गरिएको चलचित्र ‘स्टुडेन्ट’ भने लकडाउन सकिए पश्चात धमाधम छायांकन क्रममा रहेको छ । लामो समयदेखि नेपाली चलचित्र प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्डका सदस्य समेत रहेका राजेश महर्जन भने यसै चलचित्र मार्फत निर्माताको रुपमा डेब्यु गर्दैछन । चलचित्रको निर्देशन भने निर्देशक रामकृष्ण बजगाईंले गरिरहेका छन । दुई दशक अघि निकै नै चर्चामा रहेको ‘बाँंझो खेतमा छड्के सलाम’ बोल रहेको गीत छायांकन गर्दै चलचित्रको सुरुवात गरिएको थियो । अहिलेसम्म आधी भन्दा बढी छांयाकनको काम सकिएको र छिट्टै नै चलचित्रको सम्पूर्ण कामा सकेर सार्वजनिक मिति पनि घोषणा गरिने निर्माता महर्जनले बताउनु भयो । चर्चित गीत ‘बाँंझो खेतमा छड्के सलाम’लाई...
समाजसेवी अनिल नगरकोटीले गरे श्रीदेवी आधारभूत विद्यालयमा सहयोग
शिक्षा, समाचार

समाजसेवी अनिल नगरकोटीले गरे श्रीदेवी आधारभूत विद्यालयमा सहयोग

काठमाडौ । शंखरापुर- ३ काठमाडौ, स्थित श्रीदेवी आधारभुत विद्यालय, भन्ज्याङ्गमा शैक्षिक सामाग्री एवं खाजा वितरण गरिएको छ । शंखरापुर ३ बोजिनी निवासी युवा समाजसेवीद्वय अनिल नगरकोटी र सुनील नगरकोटी दाजुभाईले आफ्ना दिवंगत पिता स्व. धन वहादुर नगरकोटीको स्मृतिमा स्थापित प्रतिष्ठानको तर्फबाट आर्थिक रुपमा विपन्न वालवालिकाका लागि स्कूल व्याग,कापी,कलम तथा खाजा वितरण गरेका छन । विद्यालय प्रांगणमा वृक्षारोपण गरि कार्यक्रम औपचारिक शुभारम्भ गरिएको थियो ।शैक्षिक सामाग्री वितरण कार्यक्रममा शंखरापुर नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबा,विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चम्पा माया वाइबा, विद्यालयका प्रधानाध्यापक बिना प्रधान,अभिनेता श्रीदेव भट्टराई,संचारकर्मी सोनीत राज ढुंगेल,फोटो पत्रकार युवराज नेपाल, शंखरापुर- ४, स्थित वैरमहादेव आधारभुत विद्यालयका प्रधानाध्यापक राघव झा, सोही विद्यालयका सह ...
गीताको शव्दमा शान्तिश्री र सारिकाको स्वरमा ‘छम्म छम्म नाचौँ न’ (भिडियो)
मनोरन्जन, समाचार

गीताको शव्दमा शान्तिश्री र सारिकाको स्वरमा ‘छम्म छम्म नाचौँ न’ (भिडियो)

हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत/एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र वरिष्ठ गायक राजु सिंहको सभापतित्वमा भएको कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले तीजको मौलिक गीत बनेकोमा गीत र भिडियोसँग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । ‘तीज गीतमा पछिल्लो समय ...
चित्लाङमा २ दिने स्काउट एडभेन्चर ट्रेनिङ्ग क्याम्प
मनोरन्जन, समाचार

चित्लाङमा २ दिने स्काउट एडभेन्चर ट्रेनिङ्ग क्याम्प

मकवानपुरको चित्लाङमा २ दिने स्काउट एडभेन्चर ट्रेनिङ्ग क्याम्प सम्पन्न भएको छ। त्रि-पद्म रोरे क्र्यु तथा इनोभेटिब ओपन क्र्युको संयुक्त आयोजना तथा युनिटि क्र्युको सहयोगमा भएको उक्त क्याम्पमा आधारभुत प्राथमिक उपचार एवं बिपद ब्यवस्थापनको समेत तालिम भएको थियो। स्थानिय स्काउट कार्यालय ललितपुर महानगरपालिकाका संयोजक गोपाल महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त क्याम्पमा क्याम्प प्रमुख पवन कोइराला , क्याम्प सम्योजक राजन महर्जन र क्याम्प निर्देशक सबिन कृष्ण कर्माचार्य थिए। त्रि(पद्म रोररे क्र्युका २५, इनोभेटिभ ओपन का क्रु १६ तथा युनिटि क्य्रु का १ जना समेत गरि जम्मा ५० जना को सहभागीता रहेको थियो। समुदायमा ग्यास आग्लागी तथा भबितब्य पर्दा आधरभूत प्राथमिक उपचार तथा घाइते ओसार-पसारका सीप एवं विभिन्न स्काउट गाठोका साथै बिना भाडाकुडा खाना बनाउने तालिम पनि दियको थियो। चन्द्रागिरी केबल कार सम्म हा...
तराई समर विक फैसन प्रतियोगिताको उपाधी सुजित पटेल र श्रेया झाले जिते
मनोरन्जन, समाचार

तराई समर विक फैसन प्रतियोगिताको उपाधी सुजित पटेल र श्रेया झाले जिते

मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा ब्राइट इभेन्ट मेनेजमेन्टको प्रस्तुतिमा आयोजित तराई समर विक फैसन प्रतियोगितामा बेस्ट मोडलको उपाधी पुरुषतर्फ सुजित पटेल र महिलातर्फ श्रेया झाले जितेका छन् । मलंगवा नगरपालिका-८ स्थित कुशुम पार्टी पैलेसमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा सर्लाही जिल्ला लगायत जिल्ला बाहिर बिरगंज र जनकपुरबाट भाग लिइ फाइनल प्रतिस्पर्धाको लागि छनौट भएका १४ जना फाइनालिस्टहरु मध्येबाट सुरज कुशवाहा र बुनु श्राफले दोस्रो तथा मनिष पासवान र स्वेता गुप्ताले तेस्रो स्थान जित्न सफल भएका छन् । प्रतियोगितामा सहभागी भएका अन्य प्रतिस्पर्धीहरुलाई पनि विभिन्न विद्याको पुरस्कारबाट सम्मानित गरिएको थियो। तराई मधेशका किशोर किशोरी तथा युवा युवतीहरुले आफु भित्र लुकाएर राखेको अन्तरनिहित प्रतिभालाई उजागर गरि समाजमा फैसनको क्षेत्रलाई छुट्टै पहिचान दिलाउने उदेश्यले यो प्रतियोगिताको आयो...