चित्लाङमा २ दिने स्काउट एडभेन्चर ट्रेनिङ्ग क्याम्प - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

चित्लाङमा २ दिने स्काउट एडभेन्चर ट्रेनिङ्ग क्याम्प


मकवानपुरको चित्लाङमा २ दिने स्काउट एडभेन्चर ट्रेनिङ्ग क्याम्प सम्पन्न भएको छ। त्रि-पद्म रोरे क्र्यु तथा इनोभेटिब ओपन क्र्युको संयुक्त आयोजना तथा युनिटि क्र्युको सहयोगमा भएको उक्त क्याम्पमा आधारभुत प्राथमिक उपचार एवं बिपद ब्यवस्थापनको समेत तालिम भएको थियो।

स्थानिय स्काउट कार्यालय ललितपुर महानगरपालिकाका संयोजक गोपाल महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त क्याम्पमा क्याम्प प्रमुख पवन कोइराला , क्याम्प सम्योजक राजन महर्जन र क्याम्प निर्देशक सबिन कृष्ण कर्माचार्य थिए। त्रि(पद्म रोररे क्र्युका २५, इनोभेटिभ ओपन का क्रु १६ तथा युनिटि क्य्रु का १ जना समेत गरि जम्मा ५० जना को सहभागीता रहेको थियो।

समुदायमा ग्यास आग्लागी तथा भबितब्य पर्दा आधरभूत प्राथमिक उपचार तथा घाइते ओसार-पसारका सीप एवं विभिन्न स्काउट गाठोका साथै बिना भाडाकुडा खाना बनाउने तालिम पनि दियको थियो। चन्द्रागिरी केबल कार सम्म हाइकिङ्ग गरि केबलकार मार्फत मन्दिर दर्शन गरि पुनः हाइकिङ्ग गरि बाटोमा भेटिएका फोहोर हरु संकलन गरि प्रतिकुल मौसममा पनि करिब १५ किमिको यात्रा पश्चात् क्याम्प स्थल पुगेका सहभागीहरु दिक्षान्त समारोहमा समेत सहभागी भएका रोभर रेन्जेरहरु क्याम्प निकै ज्ञानबर्धक भएको उपस्थित सहभागीले बताए।

स्काउटिङ का ५ शैक्षिक पद्धति शारीरिक ,बौद्धिक ,सामाजिक, भावनात्मक एवं आध्यात्मिक समेटिएको उक्त क्याम्पमा सहभागिहरुले त्यस स्थानको सामाजिक अनुसन्धान पनि गरेका थिए। हाम्रो सानो प्रयाश-नेपाल तथा के एन्ड के अन्तर्राष्ट्रिय कलेजको प्राबिधिक सहयोगमा भएको उक्त क्याम्पमा राम दास देउला एवं रमेश देउलाको सहयोग रहेको थियो।

Leave a Reply

Your email address will not be published.