समाचार

नेपाल सरकार र सद्गुरूविच  ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै
समाचार, समाज

नेपाल सरकार र सद्गुरूविच ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं – विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (Save Soil) अभियान अन्तर्गत नेपाल सरकारसँग यहि भदौ १७ गते अर्थात सेप्टेम्बर २, मा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (Conscious Planet) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो । माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशन नामको लाभ रहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ । माटोको विनाश...
कान्तिपुर मलले ल्यायो सामान किन्दा उपहार दिने कार्यक्रम
अर्थ/व्यापार, समाचार

कान्तिपुर मलले ल्यायो सामान किन्दा उपहार दिने कार्यक्रम

काठमाडौं । अघिल्ला वर्षहरुमा झै कान्तिपुर मलले दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी विशेष प्याकेज ल्याएको छ । मलले पर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य मेमाको घडी,आईरन लगायतका सान्त्वना पुरस्कार पनि राखिएका छ्न् । कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी जित बहादुर कटुवाल बताउनुहुन्छ । मलमा वित्तीय संस...
पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार, समाज

पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरूसँग संस्थाहरूले तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । ‘परम्परा बचाउ, बिकृती हटाउ’ भन्ने मूल नारासहित चितवन समाज पोर्चुगलमा गायक भगवान भण्डारी, गायिका देबिका के.सी, जेबी ओलीको साथमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम ओक मुन्दो रेष्टुरेन्ट लिस्वोनमा सम्पन्न भएको छ । प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमालले पानसमा बत्ती बालेर सुरु भएको कार्यक्रमा पोर्चुगलमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआएलपी सिलाई समूहले तेस्रो भएका थिए । कोरोना कहरले गर्दा द...
एलिना चौहान र नन्दु गुरुङको स्वरमा‘मनको कुरा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

एलिना चौहान र नन्दु गुरुङको स्वरमा‘मनको कुरा’ सार्वजनिक(भिडियो)

काठमाडौं,भदौ १३ । एलिना चौहान र नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मनको कुरा’ सार्वजनिक भएको छ । राजन मावोको शब्द, देव गुरुङको क्पोज र अशोक थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/3x-wTN-v_8c पदम तामाङको निर्देशन रहेको गीतको भिडियोमा राजन निरौला र मेनुका माझीलाई फिचरिङ गरिएको छ । नाजिन धिमालको छायाँकन रहेको भिडियोमा पदमकै सम्पादन तथा कलरिङ रहेको छ । गीतको भिडियो डिआर म्युजिक क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
‘द नेशनल डिजाईनर रनवे, २०२२’ उपाधी विजेता बने शमुएल
मनोरन्जन, समाचार

‘द नेशनल डिजाईनर रनवे, २०२२’ उपाधी विजेता बने शमुएल

काठमाडौँ —  शनिवार साँझ राजधानीको थापाथलीस्थित पार्टियार्ड रिसिप्सनमा सम्पन्न राष्ट्रिय स्तरको फेशन डिजाईनर तथा मोडल लक्षित ‘द नेशनल डिजाईनर रनवे, २०२२’ को शिर्ष उपाधी शमुएल एकोन्थन्शले जितेका छन । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालले नेपालकै अग्रणी डिजिटल अनलाईन भोटिङ सेवा प्रदायक ग्लोवल अनलाईन पेसंगको सहकार्यमा आयोजना गरेको ‘द नेशनल डिजाईनर रनवे’मा छनौट प्रक्रियाबाट उत्कृष्ट ठहरिएका कुल ६० मोडलले प्रतिस्पर्धामा सहभागी फेसन डिजाईनर, फेसन डिजाईनिङ हाउस तथा बुटिकसम्बद्द फेसन डिजाईनरले तयार पारेका उत्कृष्ट पहिरनमा सजिएर र्याम्पमा प्रस्तुती दिए। आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गरि फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै शमुएल एकोन्थन्शले बेस्ट फेसन डिजाईनरको उपाधी हात परेका छन। एकोन्थन्शले ‘द नेशनल ड...
सारा संसार मिडियाको घोषणा तथा सम्मान कार्यक्रम
समाचार, समाज

सारा संसार मिडियाको घोषणा तथा सम्मान कार्यक्रम

काठमाण्डौँ, सारा संसार मिडिया प्रा लि को “घोषणा कार्यक्रम तथा सम्मान कार्यक्रम २०७९ सभ्य भव्य रुपमा समापन भएको छ । सारा संसार मिडिया प्रा.लि.की संस्थापक अध्यक्ष सारीका तमाङगको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री गौरी मल्ललाई चलचित्र, कला तथा मनोरञ्जन क्षेत्रमा निरन्तर लागि परी अतुलनीय योगदान पुर्‍याए बापत नगद सहित ताम्र पत्रद्वारा सम्मान गरिएको हो । युनिभर्सल क्याफेमा सम्पन्न उक्त कार्यक्रममा सारा संसार मिडियाका कार्यकारी निर्देशक शंकर प्रसाद दुलाल तथा अध्यक्ष सारीका तमाङगले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । सारा संसार मिडियाका सल्लाहकार राजु केसिको संयोजनमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री  गौरी मल्लले शुभकामना मन्तब्य दिनु भएको थियो । वर्षेनी सातै प्रदेशका एक महिला तथा एक पुरुष श्रष्टाला...
एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न
मनोरन्जन, समाचार

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर गर्ल्स’तर्फ युनिशा गुरुङ्ग विजयी भएकी छिन । गुरुङ्गले विधागत तर्फको बेस्ट र्याम्प वाक को अवार्ड समेत हात पारिन। ग्रेसी प्रधान फर्स्ट रनर अप र , जोया महर्जन सेकेन्ड रनर अप र पब्लिक चोईस, बिपाशा केसी थर्ड रनर अप घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड कुसुम भट्टले जित्न सफल भईन। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ फिलिप यादवले शिर्ष उपाधी जितेका छन । त्यसैगरी ओम महर्जन फष्ट रनर अप, क्षितिज तामाङ्ग सेकेण्ड रनरअप, सुयोग मानन्धर थर्ड रनर अप घोषित भए भने अभय नेपाली पब्लिक चोईस अवार्ड र सोप्निल श्रेष्ठ मस्ट पपुलर बन्न सफल भए। यस्त...
गणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन
मनोरन्जन, समाचार

गणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन

गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो । गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बराल, विश्व वल्लभ दीपक जंगम, बुलु मुकारुङ, प्रमोद ढुङगाना, रमेश पौडेल लगायतले कृतिहरूको विमोचन गर्नुभएको थियो । गीतिएल्वम ‘रहरका फूलहरू’मा दीपक जङ्गमको एकल सङ्गीत रहेको छ । गीतकार सङ्घका उपाध्यक्ष वसन्त वित्यासी थापाले स्वागत मन्त्वय राख्नु भएको कार्यक्रममा रमेश पौडेल, बुलु मुकारुङ, दीपक जङ्गमले शुभकामना मन्त्वय राख्नुभएको थियो । उहाँहरूले स्रष्टा गणेशका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यस्ता सिर्जनाले निरन्तरता पाउन भन्दै शुभकामना दिनुभएको थियो । स्रष्टा श्रेष्ठले धन्यवाद ज्ञापनसहित आफ्...
छोटो समयमै डिपी परिश्रमीको ‘माइतीको आँगनमा नाचम्ला’ले पायो मिलियन भ्यूज(भिडियो)
मनोरन्जन, समाचार

छोटो समयमै डिपी परिश्रमीको ‘माइतीको आँगनमा नाचम्ला’ले पायो मिलियन भ्यूज(भिडियो)

प्रत्येक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा सयौंको संख्यामा तिज गीत सार्वजनिक हुने गर्छ । त्यस मध्ये कमै गीत मात्र दर्शक श्रोताको रोजाईमा पर्छ । त्यही रोजाई र दर्शक श्रोताको मन जित्न सफल भएको तीज गीत हो , गीतकार डीपी दाहाल परिश्रमीको शव्दमा तयार भएको ‘माइतिको आँगनमा नाचम्ला’ । सार्वजनिक भएको छोटो समयमा गीतकार परिश्रमीको तीज गीत माइतिको आँगनमा नाचम्लाले १० लाखभन्दा बढी पटक हेरिएको गीतको रेकर्ड राखेको हो। https://www.youtube.com/watch?v=VDkUG2UsT4A&t=1s अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको स्वर तथा फिचरिङ रहेको गीतलाई संगीत पुरुषोतम न्यौपानेले दिएका हुन। भिडियोमा गायिका शान्तिश्री संगै मोडल अन्जली अधिकारी र मोडल नयन डिसी र रमा थपलियाको समेत अभिनय एवं नृत्य देख्न सकिन्छ । स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई भागिरथ गाह मगरले कोरियोग्राफी , रामशरण उप्र...
माधव निर्दोषको ‘पश्चाताप’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

माधव निर्दोषको ‘पश्चाताप’ सार्वजनिक (भिडियो)

‘पश्चाताप’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जना गुरुङद्धारा गायन यस गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठ र गीतकार तथा निर्देशक माधव निर्दाेषद्धारा निर्देशित एवम् लिखित गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । साउन २५ गते बुधबार एक समारोहका बिचमा उक्त गीतका गीतकार माधव निर्दाेष, मोडल विकास लामिछाने र सन्दिपा बाटा श्रेष्ठको सहभागितामा उक्त गीत माइक्रो टि.भी नेपाल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ । समारोहमा बोल्दै गीतकार माधव निर्दाेष भन्नुहुन्छ,“यो गीत वियोगान्त गीत हो तर संयोगान्तमा टुंगिएको छ । सुन्दा पनि धेरै राम्रो छ साथै अभिनय पनि राम्रो रहेको छ । यसमा एकजना विश्वास गरेको पात्रलाई गुमाउँदा हुने उतारचढावको बारेमा देखाउन खोजिएको छ ।” त्यस्तै मोडल विकास लामिछाने भन्नुहुन्छ,“यो गीत दुःखमा आधारित गीत हो । गीत सुन्दा राम्रो अनुभव हुन्छ ।”भन्दै उहाँले सबैलाई यस गीतलाई माया गरि...