नेताहरु इमान्दार नबन्दा सम्म देश बन्न सक्दैन
-डा.डिआर उपाध्याय,
नयाँ सरकार बनेसँगै केही थोरै भए पनि जनतामा आशा पलाएको छ । जनतामा पलाएको आशा मर्न दिनु हुदैन । यो सरकारको दायित्व र कर्तव्य दुबै हो । जनतामा निराशा छायो भने देशमा समस्या उत्पन्न हुन सक्छ । त्यसो भएकोले सरकारले समयमै देश र जनताकोे पक्षमा काम गरेर देखाउनु पर्छ । जनताआशावादी हुनु भनेको राम्रो संकेत हो ।नयाँ सरकार सामु अबसर संगै चुनौति पनि छन । बर्तमान प्रचण्ड सरकारले चुनौतिलाई पार गदैं राम्रो काम गरेर देखाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति चिन्तित बन्नु पर्ने बेला आएको छ ।
राजनीतिक दल र तिनका नेताहरु इमान्दार नबन्दा सम्म देश बन्न सक्दैन । सबै भन्दा ठूलो कुरा इमान्दारीता हो । देश बनाउने भनेको इमान्दार र दुरदर्शी नेताले हो । राजनीतिमा दुरदर्शीता चाहिन्छ ।अहिले सम्म दलका हर्ताकर्ताहरुले आफनो स्वार्थ बाहेक अरु केही हेरेनन् । त्यसले गर...









