बाल गायक प्रसुन जंग पोखरेललाई जर्जियामा वर्ल्ड राइजिङ स्टारको उपाधि - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

बाल गायक प्रसुन जंग पोखरेललाई जर्जियामा वर्ल्ड राइजिङ स्टारको उपाधि


काठमाडौं– जर्जीयाको राजधानि तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राइजिङ स्टार(२०२३ शीर्षकको प्रतियोगितामा नेपालका बाल गायक प्रसुन जंग पोखरेल वजयी भएका छन् । उक्त प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व जनाएका पोखरेलले राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन् । उक्त प्रतियोगितामा विजयी भएर स्वदेश फर्किएका पोखरेललाई शनिबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा नेपालको नाम चिनाउने काम गरेकोमा वधाइ ज्ञापन गर्दै शुभकामनासहित अवार्ड हस्तान्तरण गरिन् ।

कार्यक्रममा ब्राइट फ्युचर एकेडेमीका सिईओ मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा तथा परिवर्तन इभेन्ट हाउस निर्देशक राज बराइली को सहभागिता रहेको थियो । थाइल्यान्डमा आयोजित टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्स अप भएका पोखरेल ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । प्रसुन डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन् । परिवर्तन इभेन्ट हाउसद्वारा राजधानीमा आयोजित नृत्य, गायन र अभिनय सम्बन्धी प्रतिस्पर्धा डी एस ए स्टार २०१९ मा विजेता भएपछि नेपालको प्रतिनिधित्व गर्दै पोखरेल जर्जिजा पुगेका थिए । त्यहाँ उनले ४२ देशका प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.