समाचार

चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर प्रदर्शनमा
मनोरन्जन, समाचार

चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर प्रदर्शनमा

काठमाडौं २१ मंसिर । बिभिन्न स्थानहरुमा भएको बिशेष प्रदर्शनमा अत्याधिक रुचाईएको चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । बरिष्ट टिभि पत्रकार मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो ।...
नेपालगंजमा फेसियल हाउसको शाखा विस्तार
अर्थ/व्यापार, समाचार

नेपालगंजमा फेसियल हाउसको शाखा विस्तार

नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन् । नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ ।  देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् । काठमाडौंमा मुख्य कार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगढी,सुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ । यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ । फेसियल हाउसकी संचालिका सु...
नयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने
अर्थ/व्यापार, समाचार

नयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने

नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा इनस्टाइल ब्युटी हब खुलेको छ । नायिका रेखा थापाले सोमबार सलोनको उद्घाटन गरेकी छिन् । दुबईमा एक दशक भन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले यस सलोनलाई सञ्चालनमा ल्याएकी हुन् ।महिला र पुरुष दुबैका लागि लक्षित गर्दै खुलेको इनस्टाइल ब्युटी हबका निर्देशक इन्द्र तामाङ र राज कार्की रहेका छन् । सञ्चालक तामाङले लामो समय विदेशमा बस्दा सिकेका ज्ञान, सीपको स्वदेशमा उपयोग गर्ने बताईन् । उनले मेकअपबारे बिभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम पनि लिएकी छिन् । इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा २५ प्रतिशत छुटको अफर ल्याएको छ । यस्तै मेकअप सम्बन्धि तालिमबारे ५० प्रतिशतसम्म छुट हुने घोषणा गरेको छ । यसैगरी वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रबृत्ति दिईने सञ्चालक तामाङले बताईन् । ‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ ।’ तामाङले भनिन्, ‘हामीले प्...
प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक(भिडियो)

काठमाडौं ।  पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएकोछ युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो । शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग,अजय अधिकारीको रेकर्डिङ,बिमल ढकालको छायांकन,राजन महर्जनको कोरियोग्राफी,ललित सिंह साउदको सम्पादन रहेकोछ भने, मदन न्यौपानेको मेकअप रहेको गीतलाई गायिका उर्मिला बस्नेतको युटुव च्यानल यु आर म्युजिक बाट रिलिज गरिएको छ । तिम्रो आकर्षणले,आँखामा निद,नघोच यो छाती,तिमीलाई नै लगायत २ दर्जन भन्दाबढि म्युजिक भिडियो दर्जनौं र्याम्प शो टिभिसी र टेलिचलचित्रहरुमा अभिनय गरिसक्नु भएकि प्रतिक्षा काफ्लेको यो हावा चंचल हुन्छ,खतरा होला नि,...
विलास खत्रीलाई थाइलैण्डमा ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड
अर्थ/व्यापार, समाचार

विलास खत्रीलाई थाइलैण्डमा ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड

थाईलैण्ड ।  प्रख्यात नेपाली हस्पिटालिटी एक्सपर्ट तथा प्रशिक्षक विलास खत्रीले बैंककमा भएको एशिया शिक्षा सम्मेलनमा आयोजित ‘एशिया एजुकेशन अवार्ड’मा प्रतिष्ठित ‘कर्पोरेट ट्रेनर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । अवार्ड समारोह विलासी होटल अमरीमा भएको थियो, जहाँ खत्रीलाई कर्पोरेट प्रशिक्षण क्षेत्रमा उत्कृष्ट योगदान र आतिथ्य उद्योगमा उनको परिवर्तनकारी प्रभावको लागि सम्मान गरिएको थियो। कर्पोरेट ट्रेनर अफ द इयरको रूपमा खत्रीको मान्यताले कर्पोरेट शिक्षा र विकासमा उनको व्यापक विशेषज्ञता र प्रभावशाली भूमिकालाई झल्काउँछ। हाल हयात रिजेन्सी, नेपालमा लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजरको रूपमा सेवा गर्दै आएका खत्रीले ३० वर्षभन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा समर्पित गर्दै नेपाल भित्र र अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका छन्। प्रशिक्षण र सार्वजनिक भाषणमा उनको नेतृत्वले आतिथ्यदेखि शिक...
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति, समाचार

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन कुन निकायबाट निर्णय हुनुपर्ने हो तत्काल गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रक्रियागत झमेला, अदातली मुद्दामामिला, ढिलासुस्ती, अस्पष्ट योजना, स्रोतको सुनिश्चितता नहुने, न्यून बजेटजस्ता समस्याको समाधन खोज्न आग्रह गर्दै देशकै ढुकुटीमा रकम अभावका कारण कुनै आयोजना सञ्चालन हुन नसक्ने स्थितिमा पनि के गर्ने भन्ने निर्णयमा पुग्न आवश्यक रहेकामा जोड दिए। उनले कुनै आयोजना सुरू भएपछि त्यसको उ...
राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)

राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ciX0wMHuGiw गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि उत्कृष्ट रहेको छ । केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ । गीतको भिडियो सदिक्षा फिल्मस्को युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । शंकर लामिछानेको शब्द र संगीतमा राजेशपायल राईले गाएको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक भएको छ । मंगलवार ओएसआर डिजिटलबाट गीत सार्वजनिक गरिएको हो । लामिछानकै शब्द र संगीतमा रहेको गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् । यस म्यूजिक भिडियोलाई विकास प्रसाईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मिस पविको रुपमा चर्चा कमाइरहेकी पवित्रा साकी , शंकर लामिछाने , लगायतका कलाकारको अभिनय रहेको छ । गीतको अन्त्यतिर भिडियोमा समावेश गरिएको संवाद सहितको दृश्यले धेरैको ध्यान तान्ने देखिएको छ । https://www.youtube.com/watch?v=-I0ibGOE4CU देशप्रेम र इमान्दारितालाई लामिछानेले बलियो रुपमा प्रस्तुत गरेका छन् । सो संवादमा चर्चित कानुन व्यवसायी स्वागत नेपाललाई समेत अतिथी कलाकारका रुपमा देख्न सकिन्छ । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका लामिछानेको यसअघि दर्जनौं गीत बजारमा आएका छन् । छमछम , झ...
काभ्रे र सिन्धुपाल्चोकका ५०० घरपरिवारलाई सिजल एण्ड सिस्टरको सहयोग
समाचार, समाज

काभ्रे र सिन्धुपाल्चोकका ५०० घरपरिवारलाई सिजल एण्ड सिस्टरको सहयोग

काठमाडौं ।  ‘सिजल एण्ड सिस्टर फाउण्डेसन’ एक पछि अर्को सामाजिक कार्यहरु र गरिव दुखीहरुको सेवामा निरन्तर लागि पर्दै आएको छ । न्यानो कपडा वितरणलाई निरन्तरता दिदै यो साता पनि गत साउन १०,११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तह बलेफी गाउपालिका, जुगल गाउपालिका तथा भोटेकोशी गाउपालिकामा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ । अमेरिकी संस्था सिजल एण्ड सिस्टर फाउन्डेसनले  बाढी पहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत  बलेफी गाउँपालिका , भोटेकोशी गाउँपालिका , जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै प्रत्येक परिवारलाई एकएक वटा ब्ल्याङ्केट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्यो । संस्थाले यस अघि पनि रोसी गाउ...
 सिनेमाटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न
मनोरन्जन, समाचार

 सिनेमाटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न

नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ) ले यही कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म चावहिलस्थित फिल्म विकास बोर्डमा महिला फिल्म निर्माताहरूका लागि आयोजना गरेको सिनेमाटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशालाका लागि १३० जना इच्छुक फिल्म मेकरहरूबाट आवेदन प्राप्त भएको आयोजक संस्थाले जनाएको छ । फिल्म निर्माण सम्बन्धि प्राथमिक ज्ञान तथा कार्यशालाबाट लाभ उठाउने सम्भावनालाई आधार बनाएर गरिएको छनौट प्रक्रियापछि १२ जनालाई कार्यशालामा सहभागी गराइएको थियो ।प्रशिक्षार्थीहरूलाई शिशिर बिसंखे, अमर महार्जन तथा भारतबाट आएका  बर्खा मुखिया, उज्जल बस्ताकोटी, चक्र बहादुर महर्जन, रोमी तण्डुकार, सञ्जीव रत्न शाक्य तथा मुनमुन धरालियाजस्ता अग्रणी उद्योग विशेषज्ञहरूले मार्गदर्शन गरेका थिए । कार्यशालामा सोनी एफएक्स सिक्स तथा एफ एक्स नाइन फिल्म क्यामेराको प्रयोगसहित सिनेमाटोग्राफीका विभिन्न पक्षहरू ...