प्रधानमन्त्री ओलीद्वारा त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयलाई नगद सहित सम्मान
त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयले यस वर्षको SEE 2080 मा उल्लेखनीय सफलता प्राप्त गरेको छ। सामुदायिक विद्यालयहरूमध्ये अग्रणी स्थान हासिल गर्दै, विद्यालयले ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा आफ्नो शैक्षिक क्षमताको उत्कृष्टता प्रदर्शन गरेको छ।
यो ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न मिति २०८१/०९/०२ गते ललितपुर महानगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नगर प्रमुख चिरिबाबु महर्जनज्यूले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनाललाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो। विद्यालयकी विद्यार्थी प्रिन्सी कर्णले 3.96 GPA हासिल गरी विद्यालयलाई गौरवान्वित बनाएकी छिन्। यस उपलब्धिका लागि विद्यालयले नगद पुरस्कारस्वरूप रु ७,५०,०००/- प्राप्त गरेको छ भने प्रिन्सी कर्णलाई व्यक्तिगत रूपमा रु २,००,०००/- सहित सम्मान गरिएको छ।
विद्यालयका प्...










