समाचार

श्रीदेव अभिनित ‘ओई माया ओई’ (भिडियो)
मनोरन्जन, समाचार

श्रीदेव अभिनित ‘ओई माया ओई’ (भिडियो)

गीतकार एवम् पत्रकार शान्तिप्रियको शब्द रचना रहेको गीत ‘ओई माया ओई’ सार्वजनिक भएको छ । सविन सुवेदी र मोडल कलाकार अनामीका चौलागाईंको स्वर, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मोडल कलाकार चौलागाईंको स्वरमा रहेको यो पहिलो सार्वजनिक गीत हो । https://youtu.be/tLv_wEBM2AE सियोन श्रेष्ठको निर्देशन र सञ्जीवनी गोपालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल कलाकार श्रीदेव भट्टराई र अनामिकालाई फिचरिङ गरिएको छ । त्यस्तै बालकलाकारका रूपमा परिषा थापा र रोनीश खड्का भिडियोमा हुनुहुन्छ । दिनेश पराजुलीले छायांकन रहेको भिडियोमा शिलान लम्सालको कलर एवम् सम्पादन छ । माया प्रेममा आधारित गीतको भिडियो छायाँछवी क्रियसनले श्रोता/दर्शकमाझ ल्याएको हो ।...
तीनदिने हिमवत् खण्ड कला साहित्य सम्मेलन हुने
मनोरन्जन, समाचार

तीनदिने हिमवत् खण्ड कला साहित्य सम्मेलन हुने

हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिका बारेमा विचार–मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि ३ गते (१४–१६ मार्च २०२५) सम्म काठमाडौँमा सम्मिलन आयोजना हुने भएको हो । सो सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन संयोजक डा. विजय सुब्बाले हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने, बहुभाषिक एवम् बहुसांस...
नारायण थापाको स्वरमा ‘अन्तै माया साटयौ ‘ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

नारायण थापाको स्वरमा ‘अन्तै माया साटयौ ‘ सार्वजनिक (भिडियो)

काठमाडौं ।  माया पिरतीमा सानो तिनो कमजोरीले पनि एकअर्का प्रतिको दूरी बढाउने गर्दछ जुन दूरीले मनमा भने उथलपुथल ल्याउने गर्दछ । छोडेर जाने त सजिलै जान्छन् तर जसले स्वच्छ माया गरेको छ उसको लागि यो विछोड पिडादायी हुने गर्दछ । उसको जीवनमा उसलाई माया गर्ने अरु कोहि थिएन, उनैको माया उसको लागि सर्वोपरी थियो, उनैको मायामा उ रमाएको थियो, हराएको थियो उनैको मायाको सरोवरमा उ चुलुम्म डुवेको थियो । उसको लागि यति प्रेमिल उनले एकाएक साथ छोड्दा उसको मन कति विह्ल भयो होला ? उनको खुसीको लागि उसले आँसु पिएको थियो, सुख उनको लागि सुम्पिएर दुःख, पिडा, विरह र वेदना आँफूले लिएको थियो, हत्केलामा मुटु झिकेर उसले उनलाई उपहार दिएको थियो ..आफन्त र समाजमा उनको लागि उ एक्लै भिडेको थियो …जे गर्नु पर्ने सव उसले गरेको थियो र पनि उनले उसलाई छल गरिन्, उनी संग टाढिइन्, अर्कै बाटो मोडिइन् । https://youtu.be/SWYYQPs648c ...
ललितपुरमा स्थानीय स्काउट परिषद्को बैठक सम्पन्न
समाचार, समाज

ललितपुरमा स्थानीय स्काउट परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट, स्थानीय स्काउट परिषद्को बैठक शुक्रबार सम्पन्न भएको छ। ललितपुरको धोबिघाटस्थित सिद्दार्थ कटेजमा आयोजित बैठकमा स्थानीय स्काउट परिषद्का पदाधिकारी, सदस्यहरू , प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो साथै उक्त परिषद बैठकमा पदेन सदस्यका रुपमा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरि, ट्राफिक प्रहरी, नगर प्रहरी आदिको पनि उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता परिषद्का अध्यक्ष एब्म ललितपुर महानगर उप-प्रमुख मञ्जली शाक्य बज्रचार्यले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा ललितपुर महानगर स्काउटका सम्रक्षक एब्म नगर प्रमुख चिरिबाबु महर्जन , विशिष्ट अतिथिका रूपमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरे सहभागी भएका थिए। बैठकमा शिक्षा निर्देशक, स्काउट पदाधिकारी तथा सदस्यहरूले आ...
‘फेयर ईन्टरनेशल एजुकेशन अवार्ड’को घोषणा
शिक्षा, समाचार

‘फेयर ईन्टरनेशल एजुकेशन अवार्ड’को घोषणा

फेयर एक्सप्रेस मिडिया प्रालीले ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२५’ काे घोषणा गरेकाे छ। माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको आठौँ वार्षिकोत्सवसमारोह कार्यक्रमकाबीच अवार्डकाे घोषणा गरिएको हाे। शैक्षिक क्षेत्रमा विगत आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तीहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको हो। समारोहमा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ,वरिष्ठ शिक्षाविद प्रा.डा.विश्वनाथ कोईराला,वरिष्ठ शिक्षाविद एवं मपविविका पूर्वउपकुलपति नन्द बहादुर सिंह ,फेयर एक्सप्रेसका प्रकाशक एवं प्रधान सम्पादक विपिन पोखरेल तथा फेयर एक्सप्रेसका प्रबन्ध निर्देशक राजेन्द्र लुईटेलले अवार्ड प्रदर्शन गर्दै फेयर ईन्टरनेशल एजुकेशन अवार्डको घोषणा...
एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा, ४७ देशका ९८ चलचित्रहरु सहभागी
मनोरन्जन, समाचार

एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा, ४७ देशका ९८ चलचित्रहरु सहभागी

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् । महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल द...
सुमन र युनिताको झुपडी महल भयो (भिडियो)
मनोरन्जन, समाचार

सुमन र युनिताको झुपडी महल भयो (भिडियो)

काठमाडौँ । गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत झुपडी महल भयो सार्वजनिक भएको छ ।  कुन्सांग बोम्जन र युनिता खत्रीको अभिनय रहेको भिडियो रिकेश गुरुङको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमलाई निखार्दै बनाइएको गीतमा मोडलद्वयको अभिनयले जीवन्तता प्रदान गरेको छ । पछिल्लो समयमा म्युजिक भिडियोमा व्यस्त मोडल युनिताको अभिनयमा ३ महिनामै यो दोस्रो भिडियो रिलिज भएको हो ।  रिकेश गुरुङ किजकै शब्द सङ्गीत रहेको गीतलाई छोटो समयमै दर्शकले रुचाएका छन् । https://www.youtube.com/watch?v=kPCRZj5MM4I...
कथन नेपालको ‘उडायो’(भिडियो)
मनोरन्जन, समाचार

कथन नेपालको ‘उडायो’(भिडियो)

काठमाडौं । नेपालको सबैभन्दा जेठो म्युजिक कम्पनी म्युजिक नेपालले नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली संगीत बजारमा परिचय गराउने कार्यहरु गर्दै आइ रहेको छ । यसै क्रममा नयाँ साँगीतिक ब्याण्ड कथन नेपालको नयाँ गीत सार्वजनिक गरेको छ । https://youtu.be/ZvUMFlZ8Qv8 लाखे प्रोडक्सनले निर्माण गरेको ‘उडायो’ बोलको सार्वजनिक गीतको भिडियोमा चित लामाको निर्देशन रहेको छ । भिडियोमा अरुण अमात्य,रियान बागवानी, आबिस्कार शर्मा, उत्सव लामिछाने, जमुना रिजाल फिचर्ड छन् । सुनेश श्रेष्ठ (अस्ट्रेलिया) र अमृत सुनुवार (नेपाल) डिओपी रहेको भिडियोको सम्पादन मदन घिमिरेले र कलर चानस पुन मगरको रहेको छ । नेपाल रहदा पनि नेपाली गीत संगीतमा लगाव भएका र हाल प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा केही गर्छु भन्ने गायक संगीतकारहरुलाइ प्रोत्साहन गर्न म्युजिक नेपालले यस्ता प्रोजेक्टहरु निरन्तर गर्ने बताएको छ । “उडायो” बोलको भिडियो...
लिटिल च्याम्पियन्स नेपाल भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

लिटिल च्याम्पियन्स नेपाल भव्य रुपमा सम्पन्न

ललितपुर ।  लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न भएको छ । बाक्लो दर्शकहरुकोवीच आयोजित सो प्रतियोगिताकोग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा सम्पन्न भएको हो । प्रतियोगितामा जुनियर नृत्य तर्फ ग्रीष्मा थापा मगर,सिनियर नृत्य तर्फ प्रिया जिरेल र गायन तर्फ शृञ्जोय मित्र विजयी बन्न सफल भएका थिए । यसै गरि पब्लिक च्वाइस बिजेता जुनियर नृत्य तर्फ तपोश पौडेल , सिनियर नृत्य तर्फ एन्जल झा र गायन तर्फ अक्ष्यज पाठक बन्न सफल भएका थिए । उक्त कार्यक्रमको निर्णायक मण्डल मा नृत्य तर्फ बरिस्ठ नृत्य निर्देशक प्रेम लाल श्रेष्ठ, एमएस ईन्टरनेशनल तथा डान्सर सीता सुवेदी, कलाकार तथा मोडल उषा सुवेदी थिए भने गायन तर्फ गायक तथा संगीतकार जीवन चौलागाईं (सम्राट),गायक तथा संगीतकार जय बहादुर देवकोटा, र गायिका तृप्ती खड्का ‘गुरुङ’ रहेका थिए । जुनियर डान्स , सिनियर डान्स र गायन गरेर ३ ...
लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न
मनोरन्जन, समाचार

लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न

काठमाडौं । लिटिल प्राइड अफ नेपाल २०२५ (सिजन ६) को भव्य समापन १३ जनवरीमा काठमाडौंमा सम्पन्न भयो। एएनपी मिडिया हाउसद्वारा आयोजित यो प्रतिष्ठित कार्यक्रमले नृत्य र गायनमा युवा प्रतिभाहरूलाई सम्मानित गर्दै नेपालभरिका उत्कृष्ट कलाकारहरूको प्रतिभा उजागर गर्‍यो। यस प्रतियोगिताले नेपालका उदाउँदा कलाकारहरूलाई पहिचान गराउने महत्त्वपूर्ण मञ्चका रूपमा आफूलाई स्थापित गरिसकेको छ। तीन विधामा प्रतिस्पर्धा गराइयो: डान्स (जुनियर ग्रुप), डान्स (सिनियर ग्रुप), र सिङ्गिङ। हरेक विधामा उत्कृष्ट प्रस्तुतिहरू प्रस्तुत गरिए, जसले नेपालका किशोर-किशोरीहरूको क्षमता र लगनशीलता प्रमाणित गर्‍यो। निर्णायक मण्डलमा गायन तर्फ बरिष्ट गायक डेविड शंकर तथा बरिष्ट कम्पोजर, गायक, एरेन्जर राजेन्द्र बजगाइ र नृत्य तर्फ राज टाइगर तथा पबीत्रा कर्माचाय हुनु हुन्थ्यो । कार्यक्रमा बरिष्ट गायक डेबिट शंकरले पहिले नम्बरमा र दर्शन...