समाजसेवी सुवेदीको अध्यक्षतामा ‘स्याडो सपोर्ट फाउण्डेसन’ गठन
समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट फाउन्डेसनको औपचारिक उद्घाटन गरिएको छ ।
संस्थाका संस्थापक अध्यक्ष सुवेदीले विभिन्न कार्यक्रमहरूबारे प्रकाश पार्दै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको जीवन सुधार गर्ने योजनाहरू प्रस्तुत गरेका थिए । फाउन्डेसनले समाजमा सकारात्मक प्रभाव पार्ने र मानिसहरूको दैनिक जीवन तथा ब्यवसायलाइ मजबुत बनाउने लक्ष्य राखेको बताएका छन् ।कार्यक्रममा संस्थाका सह- संस्थापक तथा निर्देशक मण्डलका सदस्य चरण सुवेदीले” श्याडो सपोर्ट फाउन्डेसनको लक्ष्य, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका छन् । सुवेदीले फाउन्डेसनले समाजका कमजोर वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै उनीहरूको जीवनमा आशा तथा अवसरको उज्यालो ल्याउने प्रतिबद्धता जनाएका छन् ।
निर्देशक मण्डलका सदस्य नारायण भारतीले कार्यक्रममा आएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए भने संस्थाका कार्...










