कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति


पछिल्लो समय कोभिड १९ को उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न सरकारले एक भारतीयसहित तीन वटा कम्पनीलाई अनुमति दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा नेपालका दुई कम्पनी यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेड छन् ।

कोभिड १९ को उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्ययस्था विभागले सूचिकृत गरेको कम्पनीबाट सहज रुपमा खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *