समाचार

ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण
खेलकुद, समाचार

ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण

ओलम्पियन दीपक विष्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तेक्‍वान्दोका कीर्तिमानी खेलाडी विष्टले बिहीबार फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । यसअघि उनको परिवारका ६ जनामा कोरोना संक्रमण देखिए पनि उनीहरु हाल निको भइसकेका छन् । ‘‘कोरोना संक्रमणको महामारी हाम्रो घरमा पनि पसेरै छाड्यो । ६ जनामा अब कोरोना संक्रमणबाट मुक्त हुन बाँकी म मात्र छु । तपाईहरुको शुभेच्छाले म पनि चाँडै निको हुने विश्वासमा छ । स्वास्थ्य मापदण्डमा पूरा गर्ने कोसिस गर्दा गर्दै सायद आफ्नै कमजोरीले संक्रमण भयो । सकेसम्म संक्रमण हुन नदिन शारीरिक दूरी कायम गर्ने, मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुहोला,” उनले फेसबुकमा लेखेका छन् ।...
नेपाली अभिनेत्री नितु कोईराला ‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्समा सम्मानित
मनोरन्जन, समाचार

नेपाली अभिनेत्री नितु कोईराला ‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्समा सम्मानित

भारतको मुम्बईमा मंगलबार राति एक अवार्ड वितरण समारोहमा नेपाली अभिनेत्री तथा मोडल नितु कोईराला सम्मानित भएकी छिन । कोरोना महामारीको जोखिमबाट बच्दै तथा स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गर्दै ‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्स २०२०’ सम्पन्न भएको हो ।बलिउडसहित सानो पर्दामा अभिनय गर्ने लोकप्रिय अनुहारहरु पुरस्कृत भएको उक्त समारोहमाभारतका थुप्रै लोकप्रिय कलाकारहरुको सहभागि बीच आफूलाई नेपाली कलाकारको रुपमा स्टेजमा बोलाएर गरिएको सम्मानलाई नेपालकै सम्मानको रुपमा ग्रहण गरेको सम्मानित कोईरालाले खुशी हुदै बताईन । भारतका विभिन्न ठूला कार्यक्रमहरु पटक पटक सम्मानित भैसकेकी अभिनेत्री कोईरालाले यस सम्मानले नेपाल र भारत सांस्कृतिक आदान प्रदानमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन । हरेक वर्ष वितरण गरिँदै आएको उक्त अवार्डबाट यो वर्ष भारतीय टेलिभिजन च्यानलबाट प्रसारण भैरहेका लोकप्रिय कार्यक्रमका कलाकार...
संसारकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज रेकर्डमा ४ नेपालीको विश्वरेकर्ड
मनोरन्जन, समाचार

संसारकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज रेकर्डमा ४ नेपालीको विश्वरेकर्ड

 नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक  भिडियो हाम्रो साझा हिमाललाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई । लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले। नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको...
थप १६१४ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १४ सय नाघ्यो
समाचार, स्वास्थ्य

थप १६१४ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

बिहिबार नेपालमा थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४१२ पुगेको छ। यस्तै हालसम्म ६८० जना क्वारेन्टिनमा रहेका छन् ।...
नेकपाभित्रको किचलो र कलह झन्झन् चर्किंंदै
राजनीति, समाचार

नेकपाभित्रको किचलो र कलह झन्झन् चर्किंंदै

डा.डिआर उपाध्याय अहिले सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको झगडा पुनः बाहिर छताछुल्ल भएर पोखिएको छ । अहिलेको विवादको मूल जरो भनेको नेताहरूको सत्तामोह र व्यक्तिगत स्वार्थ हो । यसमा अरु केहि छैन । नेकपामा नीतिगत विषयमा बहस हुन सकेको छैन । सत्ता र भागबण्डाको किचलोले नेकपा गम्भिर संकटमा फसेको छ । देशको आर्थिक विकासका विषयमा गम्भीर चिन्तन हुनुपर्ने थियो ।त्यो बिषमा कुनै चासो नै छैन । सत्तारुढ दलले चासो राख्नुपर्ने थियो तर राखेको छैन । नेताहरु सत्तास्वार्थ बाहेक अरु सोंच्नै भ्याएनन् । यो नै समस्या हो । अहिले कोरोना महामारीले देशको आर्थिक अवस्था नाजुक छ । महामारीबाट देश विदेशमा रहेका लाखौँ नेपाली प्रभावित भएका छन् । सरकार पहिला अत्तालियो र जनताले आफ्नो उपचार खर्च आफैँ बेहोर्न उर्दि दियो । त्यसको सर्वत्र आलोचना भएपछि सरकारले नै बेहोर्ने भयो । सत्तारुढ दलका नेता चिन्तनशील र जिम्मेव...
काठमाडौं आइपुगे भारतीय विदेश सचिव
राजनीति, समाचार

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

भारतीय विदेश सचिव हर्ष वद्र्धन श्रृंगला काठमाडौं आइपुगेका छन्। उनी १० बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ। विमानस्थलबाट श्रृंगला सिधै याक एण्ड यति होटलमा पुगेको स्रोतले बताएको छ।  दुई दिने भ्रमणका लागि नेपाल आएका श्रृंगलाको यो शिष्टाचार भ्रमण हो। काठमाडौंमा रहँदा श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालबीच द्विपक्षीय वार्ता हुनेछ। त्यस्तै श्रृंगलाले प्रधानमन्त्री केपी शर्मासँग शिष्टाचार भेट गर्नेछन्। उनले अन्य उच्च राजनीतिक भेट पनि गर्ने छन्।  नक्सा विवादका कारण गत वर्षदेखि नेपाल र भारतबीच कूटनीतिक मौनाता रहेको बेला भारतीय विदेश सचिवको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यो भ्रमणपछि राजनीतिक तहमा वार्ताको ढोका खुल्ने विश्वास गरिएको छ।...
गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग
अर्थ/व्यापार, समाचार

गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग

गोरखा, ११ मंसिर- ग्लोबल गोरखा समाज अन्तरास्ट्रिय समन्वय परिषदले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको छ । समाजले बुधवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच सो सहयोग सामाग्री हस्ताण्तरण गरेको हो । उक्त सामग्री संस्थाका नेपाल संयोजक बिनोद पोखरेलले जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङलाई हस्तान्तरण गरेका हुन् । जिल्लाका सबै स्थानिय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको छ । त्यस्तै गरी समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र सुरक्षा ...
कप्तानलगायत तीन खेलाडीलाई कोरोना भएपछि अन्य पाँचजनालाई बन्द प्रशिणका लागि बोलाइयो
खेलकुद, समाचार

कप्तानलगायत तीन खेलाडीलाई कोरोना भएपछि अन्य पाँचजनालाई बन्द प्रशिणका लागि बोलाइयो

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारदेखि शुरु हुने भनिएको बन्द प्रशिक्षणका लागि खेलाडीको कोरोना परीक्षण गर्दा तीनजना खेलाडीमा कोरोना संक्रमण देखिएपछि अन्य पाँचजना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ। यसअघि क्यानले बोलाएको २२ जनामा नपरेका थप पाँचजनालाई प्रशिक्षणका लागि बोलाइएको हो। मंगलबार गरिएको कोरोना परीक्षणको बुधबार आएको रिपोर्टमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र अलराउण्डर रोहित पौडेल संक्रमित भएको पुष्टि भएको थियो। क्यानले विक्रम सोब, अनिल शाह, कुसल भुर्तेल, रित गौतम र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।...
दिप्ता थापाको स्वरमा ‘यो जिन्दगी’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

दिप्ता थापाको स्वरमा ‘यो जिन्दगी’सार्वजनिक (भिडियो)

बेलायत निवासी दिप्ता थापाको स्वर रहेको गीत ‘यो जिन्दगी…’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसमेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदी ‘दुबसु’ले एक समारोहबीच सार्वजनिक गर्नुभएको हो । https://youtu.be/ANBQ7fVCR6k शिखर सन्तोषको सङ्गीत रहेको गीतमा सन्जित देउजाको शब्द छ । गीतको भिडियो पनि गायिका दिप्ता नै देखिनुभएको छ । जसको कोरियोग्राफी उहाँकै आमा सुनिता गौतमले गर्नुभएको छ । भिडियोमा छायाँकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको छ । गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीत सङ्गीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास आफूमा रहेको गायिका दिप्ताले बताउनुभयो ।...
सजग भयौं भने सङ्क्रमणबाट बँच्न सकिन्छ:डा.डिआर उपाध्याय
समाचार, स्वास्थ्य

सजग भयौं भने सङ्क्रमणबाट बँच्न सकिन्छ:डा.डिआर उपाध्याय

कोराना नियन्त्रणका लागि सहकार्य गरौं कोराना सङ्क्रमण (कोभिड–१९) नियन्त्रणका लागि सबै पक्ष मिलेर जानु पर्ने आवश्यकता देखिएको छ । अव सरकारको मात्र मुख ताकेर बस्नु हुदैन । यसको नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी छ । सरकारको प्रयासले मात्र कोराना सङ्क्रमण (कोभिड–१९) नियन्त्रण गर्न सम्भव छैन । यति बेला कोराना सङ्क्रमण बढिरहेको छ । अव जाडो मौसम सुरु हुन थाल्यो । यो जाडो मौसममा सङ्क्रमण अझै बढने चिकित्सकले बताउँदै आएका छन । त्यसैले कोराना नियन्त्रणका लागि सबै पक्ष तथा सरोकारवाला निकायबीच सहकार्य हुनुपर्ने जरुरी देखिएको छ । कोराना सङ्क्रमणबाट जोगिनका लागी सबैभन्दा पहिला तपाई हामी आफैँ संवेदनशील र होसियार बनौं । सङ्क्रमण हुन नदिन र भइहालेमा त्यसबाट आफू तथा आफ्ना सम्पर्कमा आउनेलाई बचाउने पहिलो दायित्व भनेकै तपाई हाम्रो हो । कतिपय सङ्क्रमित खुलेआम बाहिर हिँडडुल गर्ने गरेका जानकारी पनि आएका छन ...