अमेरिकी राष्ट्रपतिलाई बर्खास्त गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित - राष्ट्रपत्र
बिहिबार, बैशाख ६, २०८१

अमेरिकी राष्ट्रपतिलाई बर्खास्त गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संविधानको २५ औं संशोधन प्रयोग गरेर बर्खास्त गर्न उपराष्ट्रपतिलाई पठाउने प्रस्ताव अमेरिकाको प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । अमेरिकी संसदमा गत हप्ता भएको हिंसाको जिम्मेवार राष्ट्रपति भएको ठहर गर्दै प्रतिनिधिसभाले उनलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव पारित गरेको हो । मेरिल्याण्डकी डेमोक्रेटिक सांसद जेमी रास्किनले प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन् ।

उपराष्ट्रपति माइक पेन्सले भने आजै प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई एक पत्र पठाउँदै राष्ट्रपतिलाई २५ औं संशोधन प्रयोग गरेर बर्खास्त गर्न अस्वीकार गरेका छन् । यससँगै अब सांसदहरुले राष्ट्रपतिलाई दोस्रो पटक महाअभियोग लगाउनेतर्फ अघि बढ्नुपर्नेछ । प्रतिनिधिसभामा महाअभियोगको प्रस्तावमाथि नेपाली समयअनुसार आजै राति मतदान गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *