समाचार

चलखेलको आरोपमा ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि सिबिफिनको आपत्ती
अर्थ/व्यापार, समाचार

चलखेलको आरोपमा ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि सिबिफिनको आपत्ती

सेयर बजारमा चलखेल गरेको आरोपमा धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ती जनाएको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै परिसंघले नियामक निकायको काम बजारमा अवाञ्छित क्रियाकलाप हुन नदिनु र त्यसलाई नियमन तथा नियन्त्रण गर्नु बोर्डको कर्तव्य भएपनि कम्पनीको पहिचान र प्रतिष्ठामाथि नै आच पु¥याउने काम गर्नु नभएको भन्दै विरोध जनाएको हो ।पछिल्लो पटक धितोपत्र बोर्ड मार्फत सार्वजनिक भएका ५१ कम्पनीहरुले अहिले सोही नियति व्यहोरिरहेको र सो प्रति परिसंघको गम्भिर ध्यानाकर्षण भएको सिबिफिनले जनाएको छ । यसले सेयर बजारको सन्तुलन र आम लगानीकर्ताहरु समेत प्रभावित भएको भन्दै परिसंघले नियामक निकाय धितोपत्र बोर्डलाई संयमित हुन आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डले गत मंगलबार सेयर बजारमा चलखेल गरेर कम्पनीको सेयर मूल्य बढाएको आरोप लगाउदै ५१ कम्पनीको ना...
चलचित्रकर्मी तथा समाजसेवी राजेश महर्जनद्वारा राहत वितरण
समाचार, समाज

चलचित्रकर्मी तथा समाजसेवी राजेश महर्जनद्वारा राहत वितरण

लाजिम्पाट टोल सुधार समितिका अध्यक्ष,संचार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको चलचित्र जाँच समितिका सदस्य तथा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय सदस्य राजेश महर्जनले कोरोनाको माहोलले दैनिकी जीवनयापन गर्न पनि कठिन अवस्थामा रहेका बिपन्न वर्गका लगभग २०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।व्यक्तिगत खर्च,साथीभाई र विभिन्न संघसंस्थाको सहकार्यमा सहयोग गरिएको जानकारी महर्जनले दिएका छन् ।विपन्न वर्गका लागि स्वास्थ्य संस्थाका अध्यक्ष रत्न थापा,सामाजिक अभियन्ता निर्मल नकर्मी ,पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठ लगायतले सहयोग गर्नुभएको छ भने राहत वितरण कार्यक्रममा स्वास्थ्यकर्मी सिकृता वस्ती(ढकाल)र हाँस्यकलाकार गोपाल ढकाल छन्देको पनि उपस्थिति रहेको थियो ।सेवा नै धर्म हो र आफू पनि बाँचौँ,अरुलाई पनि बचाऔँ भन्ने सकारात्मक सोचका धनि,समाजसेवी राजेश महर्जनले सहयोग निरन्तर जारी र...
कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल
अर्थ/व्यापार, समाचार

कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल

-डा.डिआर उपाध्याय, यति बेला मुलुक कोरोना भाइरसको फैलँदो संक्रमणको कारण गम्भिर संकटमा छ । देशको अर्थतन्त्र डामाडोल छ । कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्नको लागि पर्याप्त तयारी हुन नसक्दा यो अवस्था सिर्जना भएको हो ।अस्पतालमा बेड नपाएर वरन्डाहरूमा राखेर बिरामीहरूको उपचार गर्नु पर्ने अवस्था उत्पन्न भयो । देशभरका अस्पतालहरू भरिभराउ भए । अक्सिजनको हाहाकार भयो । उपचार नपाएर मृत्यु हुनेहरूको दर बढ्दो छ । कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल गरिरहेको छ। कतिपय ठाउँमा भोकमरी सिर्जना भइसकेका छन्।कुनै पनि नेताहरूले यस्तो महामारीको बेलामा देशमा परेको संकटबाट जनतालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा खासै चासो दिएको देखिएको छैन। यो महामारी र संकटको बेला हो। यो बेला सकारात्मक सोच र जनताको पिर मर्कामा साथ दिने बेला हो ।अहिलेको महामारी नियन्त्रण र रोकथाममा संघीय सरकार देख...
२४ घण्टामा २ हजार ७४५ संक्रमित थपिए, ४१ जनाको मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा २ हजार ७४५ संक्रमित थपिए, ४१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४४९ जनाको पीसीआर परीक्षणबाट १ हजार ६८१ र  ५ हजार ८४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ६४ जना गरी २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार १८७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।...
कोभिड बिरामी सहयोगार्थ अभियानमा ८ लाख ३४ हजार, १ सय ४० रुपैया संकलन
समाचार, समाज

कोभिड बिरामी सहयोगार्थ अभियानमा ८ लाख ३४ हजार, १ सय ४० रुपैया संकलन

कोरोना भाईरसको संक्रमणका कारण विश्व नै आक्रान्त छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोनाको नयां भेरियन्टले पछिल्लो पटक नेपालमा समेत ठूलो असर गरिरहेको छ । दैनिक संक्रमण वृद्धि हुनुको साथै मृत्यृदरको अवस्था पनि भयावह वन्दै गईरहेको अवस्थमा देशभरका अस्पतालमा भरिभराउ हुदै गयो र अस्पताल कोभिड बिरामीको चाप बढेसंगै अक्सिजनको अभाव बढेर गयो भने अक्सिजनको अभावमा थुप्रै बिरामीको मृत्यु समेत हुन थाल्यो । नेपाल सरकारले समेत अक्सिजनको सहयोगका लागी विश्वभर आव्हान गर्यो । तर पनि अवस्था सामान्य हुन सकेन ।देशमा अक्सिजन अभावलाई नजिकबाट हेरिरहेका प्रवासीहरुको लागि यो पिडाकै विषय अवश्य बन्ने नै भयो । अझ, लामो समयदेखि युएईमा बसेर कलाकारिता र समाजसेवामा सक्रिय आशिष पुरुषका लागी त असह्य हुने नै भयो । प्रवासमा वसेर नेपालीहरुका लागी समाजसेवामा निरन्तर लागि पर्दै आएका मनका धनी आशिष आफु एक्लैले मात्र चाहेर पनि ने...
ईन्ट्रा फाउण्डेसनको सहकार्यमा दैनिक खाना सहित स्वास्थ्य सामाग्री वितरण गर्दै कलाकर्मी तथा समाजसेवी
समाचार, समाज

ईन्ट्रा फाउण्डेसनको सहकार्यमा दैनिक खाना सहित स्वास्थ्य सामाग्री वितरण गर्दै कलाकर्मी तथा समाजसेवी

‘कोहि पनि भोका नबसुन’ भन्ने नारा बोकेर स्थापना भएको सामाजिक संस्था ईन्ट्रा नेशनल वेलफेयर सर्पोट फाउण्डेशन अफ अमेरिकाका महानिर्देशक रुद्र बानिया तथा नेपालका लोकप्रिय नायक एवं फाउण्डेसनका नेपाल संयोजक दिलिप रायमाझीको अगुवाईमा राजधानी लगायत देशका विभिन्न स्थानमा राहत वितरण कार्य भैरहेको छ ।हाल नेपालमै रहेका समाजसेवी बानिया तथा नायक रायमाझीले कोरोना रोकथाम र न्यूनिकरणका लागी नेपाल सरकारले लागू गरेको लकडाउनको शुरुवाती चरणदेखि नै विपन्न परिवार र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएका परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आईरहेका छन । अहिलेको विषम परिस्थितीमा कोही नागरिक भोका रहन हुन्न भनेर उक्त फाउण्डेसनका नेपाल सहकर्मीहरु नायक संजित भण्डारी, समाजसेवी बिमला श्रेष्ठ,मोडल निक शर्मा ,नव नायक ओजस थापा,वब श्रेष्ठ तथा भ्वाईस अफ नेपालका बलिया प्रतिस्पर्धी किरण गजमेरको टिमले प्रत्येक दिन राजधानी...
“अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदै
मनोरन्जन, समाचार

“अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदै

काठमाडौँ — जेष्ठ ३१, २०७८। कला प्रेमीहरुको लागि खुशीको खबर र अवसर आएको छ । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजना हुने भएको छ । आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष केडी भट्टराईले दिएको जानकारी अनुसार असार १ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहने छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रास र खतराको बीचमा पनि मनोरंजन दिने र नया प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजन गरिएको हो । आयोजक पक्षले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्ने छ। प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक गोबिन्द राई, वरिष्ठ अभिनेत्री मौषमी मल्ल र मोडल तथा एक्टर एसराज गराच रहेका छन । सम्पूर्ण अभिनय प्रेमीहरुलाई लकडाउनको समय सदुपयोग गर्दै प्...
युवा नउठे को उठने ?
राजनीति, समाचार

युवा नउठे को उठने ?

-डा.डिआर उपाध्याय, बिश्वमा सवै भन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नु पर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत राजनीतिलाई चिरेर युवा अघि बढनु पर्छ । कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथजस्ता युवानेता जुरर्मुराउनु पर्छ । यो समयको माग पनि हो । युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन्। समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन्। नागरिकको अबको एक मात्र सपना समृद्धि हो। समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा...
अध्यादेश मार्फत गरिएका नियुक्ती रोक्न माग गर्दै सर्वोच्चमा रिट
राजनीति, समाचार

अध्यादेश मार्फत गरिएका नियुक्ती रोक्न माग गर्दै सर्वोच्चमा रिट

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा गरेका नियुक्त रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् । उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्को सचिवालय र सभामुखलाई विपक्षी बनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी थिइन् । उक्त अध्यादेश अनुसार वैशाख २६ गते संवैधानिक परिषदको बैठक बसेर लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । संवैधानिक...
खुकुलो बनाएर उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियाे
राजनीति, समाचार, समाज

खुकुलो बनाएर उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियाे

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। आइतबार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरेको हो। निषेधाज्ञा थपिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। वैशाख १६ गतेदेखि पटक पटक गरि लागु गरिएको निषेधाज्ञाको अवधि सोमबार रातिबाट सकिन लागेको बेला उपत्यकामा तीनै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञा पुनः एक साता थप गरेको हो। अबको निषेधाज्ञामा केही परिमार्जन समेत भएको छ। संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ। अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गरिनेछ। पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन्।...