अर्जुन र यमुनाको स्वरमा’अपमान’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

अर्जुन र यमुनाको स्वरमा’अपमान’ सार्वजनिक(भिडियो)


यमुना सुनार र अर्जुन घमालको स्वरमा ‘अपमान’ बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । डिजिटल स्टार पोखराको प्रस्तुती रहेको भिडियोलाई ‘डिजिटल स्टार’ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । तारानाथ आचार्यको शव्द रहेको गीतको एरेन्ज पनि उनले नै गरेका हुन । तारापती सुवेदीको संगीत रहेको गीतको टाईटल अर्जुन घमालको रहेको छ । यो उनको स्वरमा रहेको पहिलो गीत रहेको छ ।

जातिय विभेद सम्बन्धि निकै मार्मिक रहेको गीतको भिडियोमा जीवन सहनी र सरिता धनकुटीको अभिनय रहेको छ भने भिडियोलाई शिवराजा भुर्तेलले निर्देशन, सम्पादन तथा छायांकन गरेका हुन । पोखराका रमणीय स्थानहरु समेटिएको भिडियोलाई सुरेश भुर्तेलले छायांकनमा साथ दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *