गायन र मोडलिङ्गमा लोकप्रियता कमाउदै मन्जु थापा
पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालीका १० मा बुबा गणेशबहादुर बस्नेत र आमा चित्रकुमारी बस्नेतको कोखबाट २ छोरा र २ छोरीमध्य कान्छी छोरीको रुपमा जन्मीएकी मन्जु थापा बाल्यकालदेखिनै सरल स्वभावकी थिईन् , गीत, संगीत भनेपछि हुरुक्कै हुने मन्जुले स्कुलहरुमा हुने कार्यक्रममा भाग लिएर धेरै पुरस्कारहरु जितेर सानै उमेरमा सबैको मन जितेकी थिईन् ।
सन् २००४ देखि निरन्तर हंगकंगमा बस्दैआउनुभएकी मन्जुलाई हंगकंग आईडी अनि व्यवसायको ब्यस्तताले गीत, संगीतलाई केहीपछि पारेको महसुस भएपनि कला कहिल्यै मर्दैन भन्ने उदाहरणको लागि मन्जु थापाले नेपाल आएको समयमा साथै बिदेशमा बसेरै भएपनि आफ्नो कला र गलालाई निरन्तर दर्शकसामु पस्किरहेकीछिन् ।
“भाछु मरितुल्य”, “फूलजस्तै उमेर” लगायत दर्जनौँ गीतमा आफ्नो स्वर दिइसक्नुभएकी र मोडल बनिसक्नुभएकी गायिका तथा मोडल मन्जु थापाले हंगकंग, कोरिया, सिंगापुर, मकाउ, चीन लगायतका देशहरुम...










