राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न
काठमाडौं। ‘कर्मअनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो स्थापनाको १४औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार, नेपाली मौलिक परम्पराअनुसार खीर खाने दिनको अवसर पारेर काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा चलचित्र, स्वास्थ्य, शिक्षा, व्यवसाय, सौन्दर्य, पर्यटन, पत्रकारिता, गीत–संगीत, साहित्य, समाजसेवा तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका ५० जना व्यक्तित्वलाई दशक सम्मान, विशेष सम्मान तथा प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमम...










