मनोरन्जन Archives - Page 2 of 38 - राष्ट्रपत्र
मङ्लबार, माघ ४, २०७८

मनोरन्जन

मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सौरभ र आहना
मनोरन्जन, समाचार

मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सौरभ र आहना

 काठमाडौं| सौरभ बिक र आहना श्रेष्ठ मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेका छन् । सौरभले पुरुष समुह अन्तर्गतको मिस्टर टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेका हुन भने आहनाले मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी हुन । उपाधीसँगै उनीहरुले एक लाख बराबरको पुरस्कार राशी जितेका छन्, जसमा थाइल्याण्ड टुर प्याकेज, म्युजिक भिडियोमा अभिनयको अवसर, निशुल्क फोटो एवम् भिडियो शुट आदी सुविधा समावेश छ । साथै एक बर्षका लागि उनीहरु आयोजक कम्पनीको ब्राण्ड एम्बेसडर चयन भएका छन् । यसका अलवा उनीहरुले विभिन्न गिफ्ट् हाम्पर समेत प्राप्त गरेका छन् । मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेसँगै उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस टिन इन्टरनेशनलमा सहभागीता जनाउन पाउनेछन् । त्यस्तै प्रतियोगिता अन्तर्गत फर्स्ट रनर अपमा एरिक श्रेष्ठ ...
”फतौरि कान्छि” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

”फतौरि कान्छि” सार्वजनिक(भिडियो)

तामाङ गीत संगित युट्युब तथा टिकटक मार्फत बजारमा आउने क्रम बढ्दो छ । यहि क्रम संगै अहिलेका चर्चित गायक तथा संगितकार बिशाल काल्तान र गायिका जितु लोप्चनको स्वरमा रहेको गित ” फतौरि कान्छि ” तामाङ गीत म्युजिक भिडियोका साथ युट्युबमा रिलिज भएको छ । अंग्रेजि नयां बर्ष २०२२ को अबसर पारेर रिलिज गरेको गितको म्युजिक भिडियो भने कतारमा छयांकन गरेको हो । https://youtu.be/UV_zcD6oVKs तामाङ चलचित्रका एक समयका चर्चित नायक जंगे लोप्चनले यस गित लाई निर्देशन गरेका छन । नायक लोप्चन हाल कतारमा छन । कतारको बिभिन्न रमणीय ठाउंहरुमा छयांकन गरेको यस गितमा कलाकार भबिन्द्र तामाङ , उर्मिला तामाङ , गणेश तामाङ, सृष्टि तामाङ लगायत साथिहरुको अभिनय रहेको छ । समिर तामाङ र सम्झाना तामाङ निर्माता रहेको यस गितको शब्द संगित बिशाल काल्तानकै रहेको छ भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गितको एरेन्ज चांद सिं र मिक्सिङ दिप...
गायिका रेश्माको ‘मूंगाको माला’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका रेश्माको ‘मूंगाको माला’ सार्वजनिक(भिडियो)

गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली ‘मूंगाको माला’ सार्वजनिक भएको छ । विशेष गरी सेलो गीत संगीतको क्षेत्रमा निरन्तर लाग्दै आएकी गायिका बोम्जनको यसअघिका सेलो कोसेलीहरु पनि श्रोता दर्शक माझ चर्चित छन् । उनीको स्वरमा अन्य गीतहरु तामाङकी चेली, डम्फु र सेलो, टुङ्नाको मीठो धुन” निकै चर्चामा छन् । https://youtu.be/pIZqHw9LefY मूंगाको मालामा शब्द कुमार स्याङ्बा, संगीत चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियोतर्फ युवराज वाईबाको निर्देशनमा सागर प्रधानले खिचेका हुन् भने विकेश दहालले सम्पादन गरेका छन् । त्यस्तै अभिनयमा निरान्जली, कुन्साङ र रजनीलाई देख्न सकिन्छ । ...
अर्जुन र यमुनाको स्वरमा’अपमान’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अर्जुन र यमुनाको स्वरमा’अपमान’ सार्वजनिक(भिडियो)

यमुना सुनार र अर्जुन घमालको स्वरमा ‘अपमान’ बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । डिजिटल स्टार पोखराको प्रस्तुती रहेको भिडियोलाई ‘डिजिटल स्टार’ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । तारानाथ आचार्यको शव्द रहेको गीतको एरेन्ज पनि उनले नै गरेका हुन । तारापती सुवेदीको संगीत रहेको गीतको टाईटल अर्जुन घमालको रहेको छ । यो उनको स्वरमा रहेको पहिलो गीत रहेको छ । https://youtu.be/H8cxrpt8my4 जातिय विभेद सम्बन्धि निकै मार्मिक रहेको गीतको भिडियोमा जीवन सहनी र सरिता धनकुटीको अभिनय रहेको छ भने भिडियोलाई शिवराजा भुर्तेलले निर्देशन, सम्पादन तथा छायांकन गरेका हुन । पोखराका रमणीय स्थानहरु समेटिएको भिडियोलाई सुरेश भुर्तेलले छायांकनमा साथ दिएका छन । ...
अनुजा मिडियाबाट सक्सेस अचिभर्स अवार्ड २०२१ प्रदान
मनोरन्जन, समाचार

अनुजा मिडियाबाट सक्सेस अचिभर्स अवार्ड २०२१ प्रदान

काठमाडौं | अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ । कार्यक्रममा सक्सेस अचिभर्स अवार्ड २०२१ बाट नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल, शिक्षाविद् डाक्टर राजेन्द्र केसी, गायक तथा समाजसेवी निर्णय श्रेष्ठ , चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदुषी राणा, वरिष्ठ पत्रकार ऋषि धमला, ब्यबसायी तथा समाजसेवी रामशरन बस्नेत लगाएत सम्मानित भए । सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सिकाइबाट नै सफलता मिल्ने बताएका छन् । उनले परिवर्तनका लागि निरन्तर खोज, अनुसन्धान र निरन्तर सिकाइ न...
सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । https://youtu.be/zlTls6l0iuQ राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्य...
फेशन फिभर फ़्राइडे नाइट सम्पन्न
मनोरन्जन, समाचार

फेशन फिभर फ़्राइडे नाइट सम्पन्न

फेशन फिभर फ़्राइडे नाइट कार्यक्रम धुमधाम साथ् सम्पन्न भएको छ। क्रिश्मसको अघिल्लो दिन इभ मनाउने हिसाबले आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षकको रुपमा कलाकार मेचु धिमाल थिइन्। कार्यक्रममा रेडियो झापाका एमडी कोशिस सिवाकोटी, सी जी ब्रेव्रिका मेची अफिसर रमेश बानियाको समेत उपस्थिति रहेको थियो। आयोजित कार्यक्रमको सुरुवात स्थानीय गायक सुदेश राइको एकल प्रस्तुतिबाट भएको थियो। कार्यक्रममा फेशन शोका लागि सुस्कृति नेपाली, स्वेता सुबेदी, सम्पना सुन्दास, बिनाम पोमु लिम्बु, आयुष गुरुङ्ग, नतिजा प्याकुरेल लगायतका मोडेलहरु रहेका थिए। कार्यक्रममा मेचु धिमालको स्वागत प्लानेट मल्टिमिडियाका सीइओ मोनित महर्जन, रेड मगका एम ड सबिन राइ, मुकेश शाह र ओशा राइले गरेका थिए। उक्त कार्यक्रममा सम्पूर्ण सहयोगी कम्पनि, मिडिया, मोडेल र प्रायोजक कम्पनिहरुलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रममा मेचु धिमालल...
आशा भारती आईन ‘संघर्ष’ मार्फत भिडियोमा(भिडियो)
मनोरन्जन, समाचार

आशा भारती आईन ‘संघर्ष’ मार्फत भिडियोमा(भिडियो)

मेक्सम खाती र दिपिका भुषालको स्वरमा संघर्षको भिडियो सार्वजनिक भएको छ । सापकोटा प्रडक्सनको प्रस्तुती रहेको गीत नारायण पांडेको संगित संयोजन तथा कमल सौरगले एरेन्ज गरेका हुन ।कृष्ण सापकोटा शव्द रचना तथा निर्देशनमा तयार भएको भिडियो हरिश महराको छायांकन तथा नविन घर्ति मगरको सम्पादन रहेको छ । https://youtu.be/IKYzWnUdb_M नव मोडल आशा भारतीको उत्कृष्ट अभिनय रहेको भिडियोमा उनलाई कृष्ण सापकोटा,सुनील ज्ञवाली तथा बालकलाकार पूर्विता श्रेष्ठले अभिनयमा साथ दिएका छन । भिडियो कृष्ण सापकोटा युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।मोडल आशा यसै गीतबाट डेव्यू मोडलको रुपमा प्रस्तुत भएकी छिन । मोडल आशा यस भिडियोबाट आफुलाई दर्शकले रुचाउनेमा निकै आशावादी देखिएकी छिन । उनका अन्य केहि गीतका भिडियो चाडै सार्वजनिक हुने तयारीमा रहेको छ । संचारकर्मी तथा कार्यक्रम संचालक समेत रहेकी आशा मोफसलमा रहेर मोडलिङ्गमा सक्रिय ...
गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)

वल्र्डवाईड मिडिया नेटवर्कको प्रस्तुती रहेको सर्ट मुभी ‘सागवाली’ सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता तथा निर्देशक लय संग्रौलाको प्रमुख आतिथ्यतामा एक समारोहका वीच उक्त मुभी सार्वजनिक गरिएको हो । संचारकर्मी , गायक तथा कलाकार रामकृष्ण श्रेष्ठको निर्माण रहेको ‘सागवाली’मा मोडल सुनीता श्रेष्ठलाई मुख्य पात्र ‘सागवाली’को रुपमा देख्न सकिन्छ भने ‘सागवाली’मा स्वयं गायक श्रेष्ठकै समेत अभिनय रहेको छ । https://www.youtube.com/watch?v=XzDAy3alLxU नेपालको मुख्य पेशा कृषिलाई पूर्ण व्यवसायिक र देशलाई कृषिमा निर्भर गर्न पर्छ भन्ने सन्देश दिनुका साथै जातीय विभेद अन्त्य सम्बन्धि जनचेतनामूलक कथामा आधारित सागवालीमा अन्य मुख्य कलाकारहरुमा जयराम बर्मा,मनराम केसी,मनोहर कार्की,रामकृष्ण न्याखा, मौसम श्रेष्ठ,सौगात श्रेष्ठ लगायतको अभिनय रहेको छ । सन्देश मुलक हुनुका साथै जातीय विभेदका वारेमा यथार्थ मुलक कथावस्तु व...
शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)
मनोरन्जन, समाचार

शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)

अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्वजनिक भएको ‘भाग्यभित्र जीवन’गीतको पुरुष भर्सन शीव परियारको स्वरमा सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/2R0xYDHeBQc सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो । प्रेममा छुटेपछिको एक युवाको कथालाई गीतमार्फ व्यक्त गर्न खोजिएको छ । रुपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ । ...