मनोरन्जन

इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न
मनोरन्जन, समाचार

इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न

बाली, इन्डोनेसिया | निकिला मिडिया नेटवर्कद्वारा आयोजना गरिएको `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५ ´इन्डोनेसियाको बालीमा भव्य रूपमा सम्पन्न भएको छ। बाली पेजेन्ट्स को सहकार्यमा सम्पन्न यस कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। यसअघि पहिलो अन्तर्राष्ट्रिय उपलब्धि पुरस्कार थाइल्याण्डको बैंकक सहरमा सम्पन्न गरिएको थियो। इन्डोनेसियामा आयोजित उक्त अवार्ड सेरेमोनिमा अभिनेता शिव हरि नेपाल (बैरागी), व्यवसायी बद्री प्रसाद उप्रेती, कानुन व्यवसायी कलम बहादुर खत्री, साहित्यकार राधा देवी पराजुली (भण्डारी), सामाजिक कार्यकर्ता निशा लामा, उद्यमी शलिना लामा, सामाजिक अभियन्ता फुर्साङ लामा तामाङ, बैंकर कृष्ण केसी, व्यवसायी निरञ्जन भण्डारी, उद्यमी भैरव कुमार तामाङ तथा युवा उद्यमी एलीजा गौतमलाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, चलचित्र लेखक...
थाईलैण्डमा राजेन्द्र लुईटेललाई ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड
मनोरन्जन, समाचार

थाईलैण्डमा राजेन्द्र लुईटेललाई ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड

थाईलैण्ड । संचारकर्मी एवं म्यूजिक भिडियो निर्देशक राजेन्द्र लुईटेल (राज)ले थाईलैण्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशककको अवार्ड जित्न सफल भएका छन । बैंककस्थित प्रिन्सटन होटलमा आयोजित भव्य समारोहमा विश्वकिर्तिमानी निर्देशक राजलाई माया मार्यौ बोलको गीतको म्यूजिक भिडियोबाट उक्त अवार्ड प्रदान गरिएको हो । हिमालयन ईन्टरनेशनल अवार्ड समारोहमा थाईलैण्डका प्रतिष्ठित व्यक्तित्वहरुको हातबाट उनले सो अवार्ड प्राप्त गरेका थिए । केहि समय अधि मात्र पनि नेपालमा सम्पन्न जिनियस म्यूजिक अवार्डमा समेत सोही गीतको भिडियोबाट उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारेका राज पछिल्लो पटक भिडियो निर्माणमा समेत व्यस्त छन । सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरि गिनिज बुकमा नाम लेखाउन सफल राजले केहि महिना अघि मात्र भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका राज लाई झण्डै...
कृष्ण बस्नेतको शव्द तथा प्रदिप श्रेष्ठको निर्देशनमा ‘नरोउ भने’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कृष्ण बस्नेतको शव्द तथा प्रदिप श्रेष्ठको निर्देशनमा ‘नरोउ भने’ सार्वजनिक(भिडियो)

काठमाडौं । निर्देशक प्रदिपमान श्रेष्ठ निर्देशित ‘ नरोउ भने भित्र भित्रै’  बोलको गीतको नयां म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार कृष्ण बहादुर बस्नेतको शव्दमा तयार भएको गीतलाई स्वर नेपाल आईडल विजेता करन परियारले दिएका छन भने संगीत विपेन सुब्बाको रहेको छ । https://youtu.be/zaVLpKEXz9o विसेन मानन्धरको एरेन्ज रहेको गीतलाई स्टुडियो रिगंमा रेकर्ड गरिएको हो । निकै मार्मिक रहेको गीतको भिडियोमा मोडल बिकास लामीछाने र साक्षी लम्साल,रोजीना थापा र रेश्मा महर्जन फिचर्ड रहेका छन । ओसआर डिजिटलबाट सार्वजनिक भिडियोलाई लुज सिंहले छायांकन र सम्पादन गरेका हुन ।...
साँस्कृतिक विविधता र आधुनिकताको समिश्रणमा फेसनमय अनुकल्पित प्रभानम्
मनोरन्जन, समाचार

साँस्कृतिक विविधता र आधुनिकताको समिश्रणमा फेसनमय अनुकल्पित प्रभानम्

काठमाडौं ।  अनुकल्पित प्रभानम् शीर्षकमा नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएशन फेशन शो, एउटा अत्यन्तै सृजनात्मक र सम्झिन लायकको कार्यक्रमको रूपमा सम्पन्न भयो । २०२५ मार्च २८ शुक्रबारको साँझ ललितपुरको झम्सीखेल स्थित द प्लाजा नेपालमा आयोजित यो कार्यक्रम केवल एउटा फेशन शोको रुपमा मात्र देखिएन, यो कार्यक्रम मौलिक परम्परा र आधुनिकताको समागम, सांस्कृतिक धरोहर र नवाचारको संगमका रुपमा अनुभव गर्न पाइयो । यस कार्यक्रममा ८८ जना स्नातक विद्यार्थीहरूको विभिन्न डिजाइन संग्रहहरूको प्रस्तुतिको माध्यमबाट, नेपाली फैशनको उज्ज्वल भविष्य र संभावनाको एक झलक देख्न पाइयो । शोमा नौ वटा प्रमुख संग्रहहरू प्रस्तुत गरिए, जसले प्रत्येक डिजाइनरको व्यक्तिगत दृष्टिकोण, सृजनात्मकता र सांस्कृतिक जडत्वलाई प्रतिनिधित्व गरेको थियो । यी संग्रहहरू न केवल डिजाइन र फैशनको दृष्टिकोणबाट, तर तिनका विषयवस्तु र समकालीनता...
अभ्या आचार्य, दिया तामाङ, र आस्तिक कर्ण भए ‘लिटिल स्टार नेपाल २०२५ का विजेता
मनोरन्जन, समाचार

अभ्या आचार्य, दिया तामाङ, र आस्तिक कर्ण भए ‘लिटिल स्टार नेपाल २०२५ का विजेता

काठमाडौं– लिटिल स्टार नेपाल २०२५ (सिजन ६) को भव्य फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ। नृत्य र गायन विधामा उत्कृष्ट प्रतिभाशाली बालप्रतिभाहरू चयन गरिँदै प्रतियोगिताले नयाँ विजेताहरूलाई सम्मान गरेको छ। नवप्रतिभाहरूको उत्साह, मेहनत, र कलात्मक क्षमतालाई उजागर गर्ने यो बहुप्रतीक्षित प्रतियोगितामा गायक-गायिका र नृत्य विशेषज्ञहरू सम्मिलित रहे। यस वर्षको निर्णायक मण्डलमा धानु ज्ञ्ाङ्मी मगर, सुमी पराजुली, अजय योन्जन, र सम्पदा अम्गाईजस्ता प्रतिष्ठित व्यक्तित्वहरू रहेका थिए। नृत्य प्रतियोगितामा, जुनियर ग्रुपतर्फ अभ्या आचार्य पहिलो स्थानमा रहँदै विजेता बने। एरन रिजाल फर्स्ट रनरअप तथा दिक्ष्या तामाङ सेकेन्ड रनरअप घोषित भए। अन्य उत्कृष्ट प्रतिभाशाली प्रतिस्पर्धीहरूमा रोशिका बज्राचार्य (थर्ड रनरअप), सान्वी ढकाल (फोर्थ रनरअप), सुरुचि पौडेल (फिफ्थ रनरअप), र आज्ञ्ा पन्त (सिक्स्थ रनरअप) रहे। सबैभ...
‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय’सम्पन्न
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय’सम्पन्न

भक्तपुर । भक्तपुरमा एपी व्यूटि पार्लरको आयोजनामा ‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय नेपाल’को दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगीतामा जुनियर मिस्टर तर्फ लिविस किसीले उपाधी हात पार्न सफल भए भने मिस तर्फ अभिषा ढकालले उपाधी जितेकी थिईन । यसैगरि सो प्रतियोगीतामा दिपिका क्षेत्री फस्ट रनर अप साशा श्रेष्ठ सेकेण्ड रनर अप र प्रज्ञा श्रेष्ठ थर्ड रनर अप भएका थिए ।पूर्व मिस नेपाल नम्रता श्रेष्ठ,नायक सलोन बस्नेत,शिक्षाकर्मी मन कुमारी पोखरेल तथा मेकअप आर्टिष्ट टेकराज पाण्डे निणार्यक मण्डलमा रहेर निर्णय गरेका प्रतियोगीतामा मिस हिमालय नेपालको दोश्रो संस्करणकी उपाधी कल्पना बुढाथोकीले जित हात पार्न सफल भएकी थिईन भने फस्ट रनर अपमा बिनिता मानन्धर सेकेण्ड रनर अपमा प्रतिक्षा र थर्ड रनर अपमा सम्पदा खवासल...
ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न
मनोरन्जन, समाचार

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा मिस ग्रेस एयर होस्टेस सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक सुरज थापाले गरेका थिए । नेपालका लोकप्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको कार्यक्रम चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको थियो । अष्ट सम्मान २०८१ का मुख्य व्यक्तित्वहरूः अष्ट सम्मान २०८१ ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । सो सम्मान पाउनेमा प्रसिद्ध सामाजिक अभियन्ता­ अनुराधा कोइराला, प्रसिद्ध गायक­ आनन्द कार्की, विमान विज्ञ­ भावना पन्त, संचारकर्मी­ जगदीश खरेल, नेपालकी पहिलो एक खुट्टा नर्तकी­ रोमा न्यौपाने, वाताबरण संरक्षक­ राजेश कटवाल, युवा...
सौगातजंग थापाको “बाँचेकै छ भनिदिनु”(भिडियो)
मनोरन्जन, समाचार

सौगातजंग थापाको “बाँचेकै छ भनिदिनु”(भिडियो)

कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीतमा “बाँचेकै छ भनिदिनु” सार्वजनिक भएको छ। कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सौगात जंग थापाको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्। https://youtu.be/2sBfYTlQCvo युबराज खत्रीको निर्देशन रहेको उक्त भिडियोमा सौगात जंग थापा,रोशन श्रेष्ठ र अर्जुन थामीको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई युबराज खत्रीले सम्पादन,कलर गरेका हुन्। सौगात जंग थापाको प्रस्तुती रहेको “बाँचेकै छ भनिदिनु” म्यूजिक भिडियो Saugat Jung Thapa युट्युब च्यानल मार्फत् बजारमा आएको छ।...
चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न
मनोरन्जन, समाचार

चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी ल्यान्ड नेपाल को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई सयानम अधिकारी ले लेखन तथा निर्देशन गरेका छन् । ३५ दिन को अवधिमा सम्पन्न गरिएको यसको छायाङ्कन काठमाडौं, ललितपुर, भक्तपुर, र पर्साको ठोरी क्षेत्रमा गरिएको हो । यसको कथा काठमाडौंको अँध्यारो पक्ष, मानव तस्करी, हत्या, अपहरण र अपराधका कथालाई उजागर गर्ने खालको रहेको निर्देशक अधिकारीले बताए । “एक दाजुले आफ्नी १९ बर्सिया बहिनीको खोजीमा अपराधीहरूसँगको सङ्घर्ष गर्ने कथावस्तुमा आधारित ‘कालमाण्डू’ एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ,” निर्देशकले भने । यस चलचित्रमा गजित बिस्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, अलिशा बास्तोला, रोशनी कार्की, ललना चिमारिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, र शिव ...
गीतकार केदार उप्रेतीको ‘नींद न आइ’मा लक्षु शर्मा (भिडियो)
मनोरन्जन, समाचार

गीतकार केदार उप्रेतीको ‘नींद न आइ’मा लक्षु शर्मा (भिडियो)

काठमाडौं ।  ‘भ्यालेन्टाइन डे’को अवसर पारेर गीतकार केदार उप्रेतीले नयाँ रोमान्टिक गीत ‘नींद न आइ’ सार्वजनिक गरेका छन् । अनु चौधरी र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । https://youtu.be/gzPzHz2l_c8 क्रियटिभ युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा गीता ढुंगाना र लक्षु शर्मा फिचर्ड छन् ।उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रिस्टल क्रियसन ”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अमेरिकाको पेन्सलभेनिया निवासी गीतकार उप्रेतीको यसअघि पनि धेरै गीत ,साहित्यिक रचनाहरु आइसकेका छन् ।...