प्रमुख सहरमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न व्यवसायीको माग
काठमाडौँ– ट्रान्सपार्ट व्यवसायीहरूले देशभरका प्रम्ुख सहरहरूमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभाको अवसरमा राजनधानीमा आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरूले सरकारले यस व्यवसायलाई व्यवस्थित गर्न सरकारले जग्गा उपलब्ध गराएर ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न माग गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख अथिति एवं सामान ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष विश्वनाथ खनालले विभिन्न कालखण्डमा यस व्यवसायले चु्नौतिको सामना गर्दै अघि बढ्नुपरेको र राज्यले यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा ध्यान नदिएको बताएका छन्।
उनले भने,‘यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा राज्य जिम्मेवार हुनुपर्छ। यस क्षेत्रमा व्यवसायीहरूबीच एकताको आवश्यकता छ। नेपाल सरकारले ढुवानीमा मूल्य अभिवृद्धि करको व्यवस्था गरेको थियो। व्यवसायीकै जोडबलपछि यस...










