निर्यातमूलक उद्योगको आयकरमा छूटको माग
निर्यातमूलक उद्योगको आयकरमा छूट हुनुपर्ने र एकीकृत भन्सार जाँचचौकी (आईसीपी)बाट हुने आयात निर्यातमा पूर्वाधारको अभावमा भइरहेको विलम्ब तत्काल हटाइनुपर्ने माग उद्योगी व्यवसायीले गरेका छन् । बुधवार विराटनगरमा आयोजित ‘निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण’ अन्तरक्रियामा यस क्षेत्रका उद्योगीहरूले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले निर्यातमूलक उद्योगलाई आयकरमा विशेष छूट र न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनुपर्ने माग गरे । ‘ड्युटी ड्र ब्याक’ सुविधा सम्बन्धित भन्सार कार्यालयबाटै उपलब्ध गराउनुपर्ने, भ्यालू एडिसनको आधारमा निर्यात अनुदान कायम गरी अनुदानको दायरा बढाउनुपर्ने, अन्तरराष्ट्रस्तरको गुणस्तर मापदण्ड र मान्यताप्राप्त व्यापार सहजीकरण निकायको व्यवस्थापन गरिनुपर्ने र निर्यात प्रवद्र्धन तथा विकासका लागि अध्ययन एवं नियमन निकायलाई सक्रिय बनाउनुपर्...










