अर्थ/व्यापार

आजदेखि आन्तरिक उडान खुला,६४ विमानले उडान भर्ने
अर्थ/व्यापार, समाचार

आजदेखि आन्तरिक उडान खुला,६४ विमानले उडान भर्ने

दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान आजदेखि सञ्चलानमा आएको छ । कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो । मन्त्रिपरिषद्‌को असार ७ को  निर्णयानुसार आन्तरिक उडानका लागि चारवटा वायुसेवाका  दैनिक ६७ उडानलाई अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । तर देशका अधिकांश स्थानमा भारी वर्षा भएकाले आजको उडान निर्धारित समयानुसार नभएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, ...
मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता
अर्थ/व्यापार, समाचार

मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता

-डा.डिआर उपाध्याय, नेपाल कृषिप्रधान देश हो । तर हामी अझै कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । किसानहरु बर्ष भरी काम गरेर उनीहरुलाई छ महिना खान पुग्दैन । किसानका समस्या धेरै छन । यो पेसा श्रमको पेसा हो । श्रम नगरी खान पुग्दैन । पछिल्लो समयमा आएर किसान व्यावसायिक बन्न खोज्दैछन्। कुनै ठाउँमा किसानले उत्पादन गरेको चिजले बजार पाउँदैन । बजार नपाए पछि किसान मर्कामा पर्छन । धेरै जसो पहाडी भेगमा यो समस्या छ । कहिले बीउ त कहिले मलको अभाव झेल्ने गरेका छन किसान । किसानका यी समस्या सरकारले बुझनु पर्छ । उत्पादन समयमा बिक्री गर्न नपाउँदा किसान चिन्तित बनेका हुन्छन । अहिले धान रोप्ने बेला हो किसानलाई मलको अभाव छ । किसानले खोजे जति मल पाउन सकेका छैनन् । यो समस्या अहिले देखिएको छ । पछिल्लो समय मल हाल्नु किसानका लागि रहरभन्दा बाध्यता भएको छ । उत्पादन धेरै गर्न मलको आबश्यक हुन्छ । मल बिना उत्पादन कम हुन्...
ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग
अर्थ/व्यापार, समाचार

ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

ईश्वरलाल प्रतिष्ठानले काठमाडौं शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो ।प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् । प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोषण युक्त दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।...
साल्ट ट्रेडिङ कर्पोरेशनबाट बालबालिकालाई खाद्यान्न सहयोग
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङ कर्पोरेशनबाट बालबालिकालाई खाद्यान्न सहयोग

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । कर्पोरेशनले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । कर्पोरेशनका तर्फबाट प्रज्वल प्रधानले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल,नून लगायतका खाद्यान्न सामाग्रीहरु छन् । कर्पोरेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।...
नेपाललाई मागेजति मल भारतले नदिने
अर्थ/व्यापार, समाचार

नेपाललाई मागेजति मल भारतले नदिने

भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी दिएको हो ।भारतसँग जीटुजीमार्फत मल खरिद गर्न भनि मन्त्रिपरिषद्ले कृषि  मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएपछि सम्झौताका लागि भारतलाई अन्तिम मस्यौदा  पठाएको  थियो । परराष्ट्र मन्त्रालयमार्फत  पठाएको सो पत्रको जवाफ आइसकेको  कृषि  मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले भारत सरकारसँग जीटुजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागेको हो ।कृषि  मन्त्रालयका  प्रवक्ता  श्रीराम  घिमिरेका अनुसार पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा  ...
श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने
अर्थ/व्यापार, समाचार

श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने

श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदी अरब र मलेसियामा रहेका नेपालीलाई स्वदेश आउन समस्या भएको छ । अन्य देशबाट भने अत्यावश्यक उडान भइरहेको छ ।वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उद्धार गर्नुपर्ने समस्या मलेसिया र साउदी अरबमा भएकाले त्यहाँको अवस्थाबारे सीसीएमसीलगायत सबै सरोकारवालालाई जानकारी गराइसकिएको जानकारी दिनुभयो । “बोर्ड सहयोग गर्न तयार छ, हामीलाई आदेश चाहियो”, उहाँले थप्नुभयो ...
महिला चेम्बरको आयोजनामा‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला
अर्थ/व्यापार, समाचार

महिला चेम्बरको आयोजनामा‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला

काठमाडौं-नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ । शनिवार वेमिनार मार्फत आयोजित उक्त कार्यशाला जि वि जिको सहयोगमा आयोजनामा आएको हो । कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई अझ लाभदायिक हुने राय पेश गर्दै बेब साइटबाट मात्र नभई फेसबुक, टिकटक, टुइटर, युटुयुब लगायतका सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने बताए । निरौलाले ब्रान्डिङले उत्पादनको प्रबर्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै के देखाएर के बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने र त्यसका लागि सोसल इण्टरप्रेनरशिप बढाउन फोटोग्राफी, शब्द, ग्राफिक्स्, इमोसनल भ्यालु, अर्जेन्सी, ट्रस्ट आदी बिषय माथि ख्याल राख्नुपर्ने उल्लेख गरे । डिजिटल मार्केटिङका क्रममा विज्ञापन र डेलिभरी दिने बाहय कम्पनीहरुको उपयोगसँगसँगै मुल्य भार बढेता पनि समग...
पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी
अर्थ/व्यापार, समाचार

पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी

पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन्। पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ। खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ। खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ। खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ। गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो। नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने...
निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय
अर्थ/व्यापार, समाचार

निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय

सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति विश्लेषण गरेर निर्माण क्षेत्र र उद्योग खुला गरेर जानेमा सरकार पुगेको छ । समितिको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । बैठकले गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाड...
चलखेलको आरोपमा ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि सिबिफिनको आपत्ती
अर्थ/व्यापार, समाचार

चलखेलको आरोपमा ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि सिबिफिनको आपत्ती

सेयर बजारमा चलखेल गरेको आरोपमा धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ती जनाएको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै परिसंघले नियामक निकायको काम बजारमा अवाञ्छित क्रियाकलाप हुन नदिनु र त्यसलाई नियमन तथा नियन्त्रण गर्नु बोर्डको कर्तव्य भएपनि कम्पनीको पहिचान र प्रतिष्ठामाथि नै आच पु¥याउने काम गर्नु नभएको भन्दै विरोध जनाएको हो ।पछिल्लो पटक धितोपत्र बोर्ड मार्फत सार्वजनिक भएका ५१ कम्पनीहरुले अहिले सोही नियति व्यहोरिरहेको र सो प्रति परिसंघको गम्भिर ध्यानाकर्षण भएको सिबिफिनले जनाएको छ । यसले सेयर बजारको सन्तुलन र आम लगानीकर्ताहरु समेत प्रभावित भएको भन्दै परिसंघले नियामक निकाय धितोपत्र बोर्डलाई संयमित हुन आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डले गत मंगलबार सेयर बजारमा चलखेल गरेर कम्पनीको सेयर मूल्य बढाएको आरोप लगाउदै ५१ कम्पनीको ना...