रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा सन्ध्या सानु चयन
काठमाडौं । मोडल सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन भएकी छिन । उत्तम पौडेल नेतृत्वको नयाँ कार्यसमिति उनलाई सो पदमा चयन गरिएको हो । समाजको शुक्रवार १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन काठमाडौँको कोटेश्वर स्थित् सुनुवार सेवा समाजको भवनमा भएको थियो |
रामेछाप जिल्लाका कलाकारहरु जसले कलाकरिताको बिभिन्न क्षेत्रमा रहेर काम गरि समाज, जिल्ला, देश र राष्ट्रलाइ नै चिनाउने बाटोमा हिडेका छन् ती सबै कलाकारलाई थप सहयोग गर्न, एक जुट भएर कार्य गर्न, परेको बखत कलाकारको संगठनले समाजसेवाका समेत कार्य गर्ने भनि रामेछाप कलाकार समाजको परिकल्पना गरि निरन्तर संचालनमा हाल वरिष्ठ उपाध्यक्ष भएकी सानुले बताईन ।
लामो समयदेखि कलाकारितामा सक्रिय सानु राजधानीमा रहि नृत्य प्रशिक्षण गराउनुका साथै सौन्दर्यकलाको तालिम समेत प्रदान गर्दै आएकी छिन । राजनीति तथा समाजसेवामा ...










