२४ घण्टामा विश्वभरमा कोरानाका ५ लाख ३४ हजार बढी संक्रमित थपिए
विगत २४ घण्टामा विश्वभरमा कोरानाका ५ लाख ३४ हजार बढी संक्रमितहरु थपिएका छन् भने ९ हजार बढीले ज्यान गुमाएका छन। वल्र्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड १७ लाख ८८ हजार ३२ पुगेको छ। यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको सख्ंया १२ लाख ७८ हजार ४ सय २८ रहेको छ। भने, हालसम्म ३ करोड ६३ लाख ६१ हजार ८ सय ९९ कोरोनाका संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन्।
गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ३३ हजार ३ सय १५ कोरोनाका संक्रमितहरु थपिएका छन। यो सँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या १ करोड ५ लाख ५६ हजार ९ सय २५ पुगेको छ। अमेरिकामा हालसम्म ६५ लाख ९५ हजार ३ सय ३९ कोरोनाका संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन। यस्तै, कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा २ लाख ४५ हजार ७ सय ७७ जनाको ज्यान गएको छ। भने गत २४ घण्टामा मात्र कोरोनाका कारण १ हजार बढीको मृत्यु भ...










