Author: admin

दार्चुलामा ३० वर्षीय कोरोना सङ्क्रमित युवाको मृत्यु
समाचार, समाज

दार्चुलामा ३० वर्षीय कोरोना सङ्क्रमित युवाको मृत्यु

दार्चुलामा अस्पताल लैजाँदै गर्दा बाटोमै एक कोरोना सङ्क्रमित युवाको मृत्यु भएको छ । दुहु गाउँपालिका २ का ३० वर्षीय पद बडालको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मोहनसिंह महराले जानकारी दिए । मृतक बडालाई श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना भाइरस रहेको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले बताए । यससँगै जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ । ...
नेवार समुदायका केही समूहले आज लगाउँदै भाइटीका
समाचार, समाज

नेवार समुदायका केही समूहले आज लगाउँदै भाइटीका

नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बहुसंख्यक नेपालीले भने सोमबार नै मनाएका छन् । आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएका हुन् । सरकारले भाइटीका (किजापूजा)का लागि सार्वजनिक बिदा दिएको छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । आज बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म खुल्ने जनाइएको छ ।...
क्रिसमसभन्दा अगाडि कोरोनाको खोप बजारमा ल्याउने बेलायतको घोषणा
अन्तर्राष्ट्रिय, समाचार

क्रिसमसभन्दा अगाडि कोरोनाको खोप बजारमा ल्याउने बेलायतको घोषणा

बेलायतले आगामी क्रिसमसभन्दा अगाडि कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ। सोमबार कोरोना भाइरसविरुद्ध प्राप्त यो दोस्रो खुशीको खबर हो। बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा आगामी क्रिसमसभन्दा पहिला कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने बताएका हुन्। बीबीसीसँगको कुराकानीमा उनले अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप बजारमा ल्याउन घोषणा गरेका हुन्। यसअघि सोमबार नै अमेरिकी कम्पनी मड्रेनाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी रहेको खबर आएको थियो। मड्रेनाले विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीले विकास गरेको खोप ९५ प्रतिशत सफल देखिएको जनाउँदै सोमबारको दिनलाई एक महान दिन भनेको थियो। यसअघि फाइजरलेपनि आफूले विकास गरेको खोप ९० प्रतिशत सुरक्षित रहेको बताएको थियो। मड्रेना र फाइरजले अत्याधुनिक प्रविधिको प्रयोग गरेर खोप विकास गरेको जनाएका छन्। तर, फाइजरभन्दा मड्रेनाक...
महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः

 विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ ।...
देशभर ११९७ जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १२३० पुग्यो
समाचार, स्वास्थ्य

देशभर ११९७ जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १२३० पुग्यो

पछिल्लो २४ घण्टामा थप १ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार३७९ रहेको छ । पछिल्लो २४ घण्टामा २९ सय ३४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २३० पुगेको छ।...
दुईजना वरिष्ठ चिकित्सकहरुको कोरोनाका कारण निधन
समाचार, स्वास्थ्य

दुईजना वरिष्ठ चिकित्सकहरुको कोरोनाका कारण निधन

 कोरोना संक्रमणका कारण दुईजना वरिष्ठ चिकित्सकहरुको निधन भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनील झाको आइतबार राति कोरोनाका कारण निधन भएको जनाएको छ।यस्तै नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा.नारायणबहादुर थापाको निधन भएको छ। दुबैजना कोरोनाका विरामीको उपचार गर्दागर्दै आफै संक्रमित बन्न पुगेका थिए। स्वास्थ्य मन्त्रालयले दुई चिकित्सकको मृत्युले राष्ट्रलाई अपुरणीय क्षति भएको जनाएको छ।...
सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन

न्युजिल्यान्डकी क्रिकेटर सोफी डिवाइन बिग बास लिगमा सय छक्का प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । उनले महिला बिग बाश लिग अन्तर्गत शनीवार मेलबर्न रेनेगेड्स विरुद्व भएको खेलमा यो किर्तिमान पुरा गरेकी हुन । सोफीले उक्त खेलमा अविजित ७७ रनको पारी खेल्दै पर्थ स्कोचर्सलाई ९ विकेटले जित दिलाईन । पर्थ स्कोचर्सले उक्त खेल ३१ बल बाँकि रहदै जितेको थियो । आफ्नो ७७ रनको पारीमा सोफीले ३ छक्का प्रहार गरेकी थिईन । देब्रे हाते खेलाडी सोफीले अहिले सम्म महिला बिबिएलमा ७४ खेल खेलेकी छिन र १०१ छक्का प्रहार गरेकी छिन । उनले महिला बिबिएलमा ३९.८८ को औसतमा २ हजार ४ सय ३३ रन बनाएकी छिन । यसक्रममा उनको अधिकतम स्कोर अविजित १०३ रन रहेको छ । उनले अहिले सम्म महिला बिबिएलमा १५ पटक ५० भन्दा बढी रन बनाएकी छिन । साथै जारी प्रतियोगितामा उनले २ सतक पनि प्रहार गरेकी छिन ।...
बाबुराम दम्पत्तिको कोरोना रिपोर्ट फेरि पोजेटिभ
राजनीति, समाचार

बाबुराम दम्पत्तिको कोरोना रिपोर्ट फेरि पोजेटिभ

लामो समयदेखि कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको छ। डा. भट्टराईले ट्वीट गर्दै स्वास्थ्य सुधारोन्मुख भए पनि फेरि आइसोलेशनमै बस्नुपर्ने रिपोर्ट आएको बताएका छन्। यसअघि पनि दुबैजनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना संक्रमण भएको पुष्टि भएपछि दुई पटक गरिएको परीक्षणमा पनि दुबैजनाको रिपोर्ट पोजेटिभ आएको हो। डा. भट्टराई कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेका बेला तराईका जिल्लामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सहभागी हुँदाहुँदै उनलाई कोरोना संक्रमण भएको थियो।...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३० हजार ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।...
आज यमपञ्चकको पाँचौंँ मुख्य दिन भाइटीका पर्व
समाचार, समाज

आज यमपञ्चकको पाँचौंँ मुख्य दिन भाइटीका पर्व

 हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन सोमबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन भाइटीका पर्व, दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए ।‘ भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भ...