Author: admin

हुम्लामा जिप दुर्घटना चारको मृत्यु, एक बच्चासहित सात घाइते
समाचार, समाज

हुम्लामा जिप दुर्घटना चारको मृत्यु, एक बच्चासहित सात घाइते

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन्। सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिए। दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन्। घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चाल...
नेकपा भित्र अन्तरविरोध बढ्दो
राजनीति, समाचार

नेकपा भित्र अन्तरविरोध बढ्दो

डा.डिआर उपाध्याय यति बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले सवैको ध्यान तानेको छ । पात्र फेरिए तर प्रवृत्ति फेरिएन । किसान, मजदुर र गरिबको हिजो जस्तो अवस्था थियो आज पनि त्यस्तै छ । लोकतान्त्रिक गणतन्त्रकालमा सर्वसाधरण जनताले फरक महसुस केही पाएका छैनन् यो भन्दा बिडम्वना के हो ? । मजदुर, किसान, श्रमजीवी, शोषित पीडित, गरिब जनताको समस्या दिनहँु बढदै गएका छन । नेताहरु एक आपसमा लडेर तमसा देखाइरहेका छन । महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम र सबै उत्पीडित जाति र पिछडिएका क्षेत्रका जनताले आफना अधिकारका कुरा उठाइरहेका छन । सबै वर्ग, तह र समुदायका जनतालाई समानरूपमा अधिकारसम्पन्न बनाई राष्ट्रिय एकता सुदृढ पार्नु नै आजको आबश्यकता हो । तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र बन्दै जाँदा यो पार्टी विभाजन हुनेसम्मका चर्चापरिचर्चा भइरहेका छन्। यो मुलुकका ल...
कोरोनाबाट २४ घण्टामा १६ जनाको मृत्यु, १२७२ संक्रमित
समाचार, स्वास्थ्य

कोरोनाबाट २४ घण्टामा १६ जनाको मृत्यु, १२७२ संक्रमित

 शुक्रबार नेपालमा थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५७५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५६७ पुगेको छ। यस्तै हालसम्म ५३७ जना क्वारेन्टिनमा रहेका छन् ।...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास…’ सार्वजनिक भएको छ । उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा समावेश भएको गीत ‘रचे इतिहास…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । हुलाक टिकटमा समाबेश गरिएको बिशिस्ट ब्यक्तिहरूको नाम राखी बनाइएको यो गीतले केही समय अघि बिश्व रकर्ड राख्न सफल भएको थियो । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । https://youtu.be/DRcnNysrOs...
आफनो घरको समस्या आफै समाधान गरौं :डा.डिआर उपाध्याय
राजनीति, समाचार

आफनो घरको समस्या आफै समाधान गरौं :डा.डिआर उपाध्याय

अहिले पछिल्लो समयमा देशका विभिन्न सहरमा राजावादीहरु नारा जुलुस प्रदर्शन गरिरहेका छन । राजावादीहरु उत्साहित देखिन्छन । तर यो उत्साहको कुनै अर्थ छैन । राजतन्त्रका पक्षमा जति सुकै चर्को नारावाजी गरे पनि राजतन्त्र फर्किनेवाला छैन । लामो त्याग ,तपस्या र बलिदानवाट प्राप्त अहिले सम्मका उपलव्धिहरु जनताले गुम्न दिने छैनन् । राजा समर्थकहरूले हिन्दु धर्म र राजतन्त्रलाई जोड्ने गरेका छन् । साथै, प्रदर्शनकारीले संघीयताका विरुद्ध पनि आवाज उठाएको देखिन्छ । अप्रत्यक्षरूपमा जनमत तयार गर्ने प्रयत्न राजावादीहरुले गरेका छन । दोस्रो जनआन्दोलनका सबै उपलब्धि जोगाउँन लोकतन्त्रवादी शक्तिहरु सचेत रहन भने जरुरी छ । लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो पक्षमा जनमत बनाउन शान्तिपूर्ण सभा , जुलुश गर्ने अधिकार सवैलाई हुन्छ । तर देशको हित बिपरित गतिविधि बढाउन भने कसैलाई छुट छैन । नेपालको संविधानले पनि यस्तो अभ्यास गर्ने स्वत...
कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो
समाचार, स्वास्थ्य

कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

 विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । कोरोना संक्रमितको मृत्युमा दिनदिनै नयाँ रेकर्ड कायम भइरहदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो । पछिल्लो २४ घण्टामा  १२ हजार ४४३ संक्रमितको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।यसअघि बिहिबार (१८ मंसिरमा) एकैदिन १२ हजार ३९८ संक्रमितको मृत्यु भएको थियो । यो समाचार तयार पार्दासम्म विश्वभर १५ लाख १० हजार २९६ जनाको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४८९ जनाको मृत्यु भएको छ ।युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ६० हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ४१४ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ६० हजार ११३ पुगेको छ । जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेल...
भारतमा १ लाख ३९ हजारभन्दा बढी संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा १ लाख ३९ हजारभन्दा बढी संक्रमितको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ४४५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १०२ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार ९४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ६४ हजार ५६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९० लाख ८ हजार २४७ जना संक्रमणमुक्त भएका छन् ।...
कक्षा ११ को परीक्षा विद्यालयबाटै
शिक्षा, समाचार

कक्षा ११ को परीक्षा विद्यालयबाटै

 राष्ट्रिय परिक्षा बोर्डले यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएको छ । कोरोना सङ्क्रमणका कारण यस पटकबाट कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार विद्यालयलाई दिइएको भए पनि अब त्यो अधिकार सधैँका लागि विद्यालयलाई नै हस्तान्तरण गरिएको जानकारी बोर्डले दिएको छ । यसअघि कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रियस्तरमा नै बोर्डले नै सञ्चालन गर्ने गरेको थियो ।ग्रेडवृद्धिको परीक्षा चल्दैयसका साथै कक्षा ११ मा ग्रेडवृद्धिको परीक्षासमेत हाल विद्यालयहरूले सञ्चालन गरिरहेका छन् । केही विद्यालयले भने यसअघि नै परीक्षा लिई सकेको पाइएको छ । ललितपुर, काठमाडौँ र भक्तपुरका धेरै विद्यालयले संयुक्त रूपमा मङ्सिर २१ गतेदेखि सञ्चालन गर्दैछन् । ती विद्यालयले नियमित र ग्रेडवृद्धिका विद्यार्थीको परीक्षा एकै पटक सञ्चालन गर्न लागेका हुन् । कक्षा ११ को परीक्षा तीन घण्टाकै स...
त्रिविका परिक्षा २८ गतेदेखि भौतिक उपस्थितिमा नै
शिक्षा, समाचार

त्रिविका परिक्षा २८ गतेदेखि भौतिक उपस्थितिमा नै

 त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिए। कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन । २८ गतेदेखि परीक्षा यसैगरी, त्रिविले यही मंसिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने बताएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको छ । परिक्षा तालिका अनुसार मंसिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । त्यस्तै, स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने हुने जनाइएको छ ।...
कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै गर्न बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन
अर्थ/व्यापार, समाचार

कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै गर्न बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

 बीमा समितिलाई कोरोना बीमा रकम ३ दिनभित्रै भुक्तानी दिन अर्थ मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले भेरीफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन ३ दिनभित्रै सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएको हो । कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो । हाल कुनकुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन अर्थमन्त्रालयद्वारा जारी पत्रमा भनेको छ । पत्रमा भनिएको छ ‘कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्...